Written by: हिताक्ष अग्रवाल - 34028, Grade II
Posted on: 20 September, 2023
मसँग खेल्दा लगाउने जुत्ता थिएन । मलाई नयाँ जुत्ता चाहिएकाे थियाे । त्यसैले म मेरी आमा र दाजुसँग जुत्ता किन्न बजारमा गएँ । त्यहाँ विभिन्न किसिमका जुत्ता थिए । त्यसमध्ये मलाई गोल्डस्टारको हरियाे र खैराे रङ्गको खेल जुत्ता मन पर्याे । जुत्ता किनेर फर्किदाखेरि बाटाेमा झमझम पानी पर्याे । पानी धेरै परेकाेले हामी एकछिन शङ्खपार्कमा बस्यौँ । घर पुगेपछि मेरो नयाँ जुत्ता सबैलाई देखाएँ । सबैलाई राम्रो लाग्यो । म मेराे नयाँ जुत्ता सोमबार विद्यालयमा खेल्दा लगाएँ । मैले नयाँ जुत्ता लगाएर फुटबल खेल्दा जितेँ । मेरो नयाँ जुत्ताले मलाई खुसी बनाएकाे छ । मलाई नयाँ खेल जुत्ता धेरै राम्रो लाग्छ ।