Logo

Student Corner

आलु उत्पादन प्रक्रिया

Written by: Sujeev Sapkota - 33056, Grade III

Posted on: 14 September, 2023

आलु एक प्रकारको तरकारी हो । यसको उत्पादन गर्नका लागि जमिन जोतेर मल हाल्नुपर्छ । आलुमा टुसा उमारेर बिउ तयार गर्नुपर्छ । जमिन राम्रोसँग जोतेर माटो खुकुलो बनाउनुपर्छ । माटाेमा आलुको बिउ राखेर राम्रोसँग माटोले छोपेर राख्नुपर्छ । त्यसपछि माटो चिसो बन्नका लागि पानी लगाउनुपर्छ र त्यसमा किरा लाग्न नदिन औषधी पनि हाल्नुपर्छ । लगभग तीन महिनामा आलु खानाको लागि तयार हुन्छ ।