Logo

Student Corner

Articles

हिमाल
- Haezel Dahal - 33009, Grade I ... 21 December, 2023

नेपाल असङ्ख्य हिमालहरूले सजिएको सुन्दर देश हो । हाम्रो देश हिमालहरूको धनी देश हो । यहाँकाे सबैभन्दा अग्लो हिमाल सगरमाथा हो । सगरमाथा विश्वकै सबैभन्दा अग्लो हिमाल मानिन्छ । अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, मनास्लु, जुगल र गौरीशङ्कर आदि हिमालहरू पनि विश्वमै प्रसिद्ध छन्  । नेपालमा हिमालको सुन्दर दृश्यले जो कोहीको मन पनि मोहित पार्न सक्छ । नेपालमा हिमाल आरोहण गर्न विश्वका विभिन्न ठाउँबाट पर्यटकहरू आउने गर्दछन् । हिमालले नेपालको महत्त्व बढाएको छ साथै विश्वभरि नेपाललाई चिनाएको छ । हिमाल हाम्रो देशको सम्पत्ति हो । यसको हामी सबैले संरक्षण गर्नुपर्छ । हाम्रो नेपालको गाैरव जोगाउन हिमालको महत्त्वपूर्ण भूमिका छ । हिमाल जलसम्पदाको स्रोत पनि हो । हिमालको फेदीबाट बग्ने नदीहरू नेपालको जलसम्पदा हो । जलसम्पदाले नेपाली भूमि हराभरा पार्दछ र कृषि उत्पादनमा सहयोग पुग्दछ । हिमालले धार्मिक महत्त्व पनि बोकेको छ । हिमालले धेरै मानिसलाई आकर्षित गर्दछ । हिमाल र मानिसको जीवनमा निकट सम्बन्ध रहेको छ । हिमाल देशको पहिचान तथा देशको उदाहरण बनेको छ । मलाई पनि हिमाल हेर्न धेरै मन पर्छ ।


Read More
मलाई मन पर्ने पुस्तक
- Nivaan Aryal - 34029, Grade I ... 20 December, 2023

 मलाई मन पर्ने पुस्तककाे नाम ‘पुन्टे घुम्न जाँदा’ हो । याे  पुस्तकका लेखक श्यामकृष्ण खुलिमुली हुन् । यो एउटा कुकुरको छाउरोको कथा हो । कुकुरको छाउरोको नाम पुन्टे हो । एक दिन आमा नभएको बेलामा पुन्टे बाहिर घुम्न जान्छ । उसले एक्लै घुम्दा निकै रमाइलो हुन्छ हाेला भन्ने सोच्छ तर उसलाई एक्लै देखेर सबैले हेप्छन् र गाली पनि गर्छन् । सर्पले झन्डै टोक्न खोज्छ तर त्यति बेला उसकी आमाले बचाउँछिन् । पुन्टेलाई पानीको खाल्डोमा खसेर भिजेपछि अति जाडो हुन्छ । भोक पनि लाग्छ । आमालाई देखेपछि पुन्टे खुसी हुन्छ र पेटभरि दुध खान्छ । पुन्टे आफू एक्लो हुँदा आमालाई एकदमै सम्झन्छ । त्यसैले पुन्टे जस्तै हामीले पनि आमालाई नसोधी बाहिर एक्लै जानुहुन्न । यदि नसाेधी गएमा पुन्टेले जस्तै हामीले पनि दुःख पाउँछाैँ भन्ने सन्देश यस कथाले दिएकाे छ । 


 


Read More
मेरो घरको कुकुर
- Bidhata Dahal - 33007, Grade ... 19 December, 2023

मेरो घरमा एउटा कुकुर छ । उसको नाम मोती हो । मोती सेतो र खैरो रङको छ । मोतीका दुईवटा आँखा, एउटा नाक, दुईवटा कान र एउटा पुच्छर छ । मोतीको एउटा खाने मुख छ । मुखभित्र जिब्राे छ । मोतीका चारवटा खुट्टा छन् । मोतीका नङ्ग्रा लामा छन् । मोती हाम्रो घरमा आफैँ आएको हो । हामी मोतीलाई खान दिन्छौँ । मोतीका आँखा खैराे र कालो रङको छ । मोतीलाई रेबिजको सुई लगाइसकेको छ । मोती हामीसँग खेल्छ । मोतीका दाँत तिखा छन् । मोतीलाई मासुभात खान मन पर्छ । मोतीले हाम्रो घरको हेरचाह गर्छ । मोती शान्त स्वभावको छ । मोतीले नयाँ मान्छेलाई देख्दा भुक्छ । उसलाई हामीसँग खेल खेल्न रमाइलो लाग्छ । मोतीलाई हामी सफा राख्न हप्तामा एकपटक नुहाइदिने गर्छौँ । हामी सबै परिवारले मोतीलाई धेरै माया गर्छौं । मोती पनि हामीलाई धेरै माया गर्छ र हाम्रो अघिपछि घुमिरहन्छ । 


 


Read More