Logo

Student Corner

मेरो मन पर्ने किताब

Written by: Hitaksh Agrawal - 34028, Grade II

Posted on: 06 December, 2023

मलाई मन पर्ने किताबको नाम मेरो कामना हो । यस पुस्तकको लेखक शाश्वत पराजुली हुन् । पुस्तकको चित्र पल्पसा मानन्धरले बनाएका छन् । पुस्तकको चित्रहरू धेरै रङ्गीचङ्गी छन् । किताबमा केटा बिहान असल काम गर्छ । ऊ सबैका लागि प्राथना गर्छ । ऊ गाडा ठेल्ने दाइ, सडकपारिका केटाकेटी, साथीको हजुरबुबा, सडक बढार्ने दिदी, बुढी आमा, हेम दाइ, नयम दाइ, बिना दिदी आदिको भलो चाहन्छ । याे पुस्तकले हामीेले सधैँ अरुकाे भलाे चाहनुपर्छ भन्ने कुरा सिकाएकाे छ ।