Logo

Student Corner

Articles

कर्णाली पुल
- Siddhartha Malla - 2029038, G ... 16 September, 2020

कर्णाली पुल नेपालकाे सबभन्दा लामो पुलमध्येकाे एउटा पुल हाे । याे कर्णाली नदीमाथि चिसापानी भन्ने स्थानमा छ । यसले कैलाली र बर्दियालाई जाेड्दछ । याे पुल दुईओटा मात्र खम्बाले अड्डिएकाे छ । ठुलाे खम्बामा स्टिलका तारहरू बाँधेर पुललाई थामेकाे छ । यो पुल जापान सरकारको सहयोगमा  निर्माण भएको हाे । यसकाे निर्माण जापानकाे कावासाकी हेवी इन्डस्ट्रिजले गरेकाे हाे । यसकाे उद्घाटन प्रधानमन्त्री गिरिजा प्रसाद काेइरालाबाट वि. सं‍. २०५० साल माघ २८ गते साेमबार सु-सम्पन्न भएकाे हाे । यसको लम्बाई ५०० मिटर  र चौडाई १० मिटर छ । याे पर्यटकीय स्थल पनि हाे । यसकाे अवलाेकन गर्न धेरै पर्यटकहरू आउने गर्दछन् ।


Read More
मलाई मनपर्ने फूल 
- Sambid Dhakal - 2029031, Grad ... 15 September, 2020

फूलबारीमा विभिन्न प्रकारका फूलहरू हुन्छन् । तीमध्ये मलाई मन पर्ने  फूलको नाम सूर्यमुखी हो । सूर्यमुखी पहेलो रङको हुन्छ । सूर्यमुखी फूल  बिहान सूर्य उदयपछि  फुल्दछ । यो सूर्यजस्तै देखिने भएको हुनाले यसलाई सूर्यमुखी भनिएको हो । सूर्यमुखी फूल धेरैजसो तराईमा पाइन्छ । यो फूलबाट तेल उत्पादन गर्न सकिन्छ । यसको तेल चिल्लो कम हुने गर्दछ  । त्यसैले मानिसहरू  यसको तेललाई  मन  पराउँछन्  । यो फूललाई औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । सूर्यमुखी फूल अत्यन्तै राम्रो हुन्छ र यस फूलले हाम्रो वरपरको वातावरणलाई सुन्दर बनाउँछ  ।सूर्यमुखी फूलको अर्को नाम हेलिएन्थस अ्यान्युअस हाे । जतातिर सूर्य उदाउँछ त्यतातिर फर्केर फुल्ने भएको हुनाले यसलाई  सूर्यमुखी फूल भनिन्छ ।


Read More
विजयादशमी
- Radharani Sen - 2030028, Grad ... 14 September, 2020

हिन्दुहरूको महान् पर्व विजयादशमीलाई अर्को शब्दमा दसैँ पनि भनिन्छ । यो पर्व शरद ऋतुमा पर्छ। यो पर्वमा नवदुर्गा भवानीकाे  पूजा आजा गरी मनाइन्छ । दसैँमा टाढा टाढादेखि आफन्तहरू आएर आफूभन्दा ठुलाबडाकाे हातबाट टीका र  जमरा लगाउँछन् । याे पर्व मिठा मिठा परिकारहरू खाएर नयाँ लुगा लगाएर खुसी साथ मनाइन्छ । दसैँमा पिङ पनि खेलिन्छ। दसैँमा खसी, बोका, राँगा,  कुखुरा आदिको बलि दिई मासु खाइन्छ । दसैँमा  विभिन्न देवी, देवताको पूजा गरिन्छ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यस दिनदेखि  जमरा नौ दिनसम्म घर घरमा  राखिन्छ । फूलपातीको दिन घर घरमा फूलपाती भित्र्याइन्छ । दशमीका दिन आफूभन्दा ठुलाबडाका हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिइन्छ। दसैँ रमाईलो चाड हो। मलाई यो चाड धेरै मन पर्छ ।


Read More
गैँडा 
- Raj Manandhar - 2030029, Grad ... 13 September, 2020

गैँडा मलाई मन पर्ने जनावर हो । गैँडा खरानी रङकाे  हुन्छ । यसकाे छाला बाक्लाे हुन्छ । गैँडा पानीमा बस्न मन पराउँछ । याे हिलाेमा पनि बस्न मन पराउँछ । यसलाई हेर्दा याे फाेहाेरी देखिन्छ । गैँडा शाकाहारी जनावर हाे । यसले घाँसपात, फलफूल खान्छ । गैँडाकाे आयु पचास वर्षजति हुन्छ । यसले सुँघेर धेरै कुरा थाहा पाउँछ ।  गैँडाकाे सिङलाई खाग भनिन्छ र याे खाग अति मूल्यवान हुन्छ ।  गैँडा एकसिङ्गे र दुईसिङ्गे गरी दुई किसिमका हुन्छन् । नेपालमा एकसिङ्गे गैँडा पाइन्छ ।  विदेशीहरू नेपालमा एकसिङ्गे गैँडा  हेर्न आउँछन् । नेपालको चितवन एकसिङ्गे गैँडाको लागि प्रख्यात छ ।


Read More