Logo

Student Corner

Articles

मलाई मन पर्ने काम
- Soham Shah - 2029039, Grade I ... 28 September, 2020

संसारमा सबै मानिसहरूले विभिन्न काम गर्छन् । कामका प्रकारहरू धेरै हुन्छन् । त्यसमध्ये मलाई सबैभन्दा मन पर्ने काम अभिनय गर्नु हो । अभिभावक दिवसमा म जहिले पनि नाटकमा भाग लिन्छु किनकि नाटकमा सबैजना मिलेर अभिनय गर्न पाइन्छ । अभिनयको माध्यमबाट हामीले भन्न खोजेको सन्देश सबैमा सजिलै  पुर्‍याउन  सकिन्छ । अभिनय एउटा कला हो ।

अभिनयका धेरै प्रकारहरू हुन्छन् । कोही व्यक्तिले आफ्नो अभिनय नाटकमार्फत् गर्दछन् भने कसैले गीत वा चलचित्रमार्फत् पनि गर्दछन् । त्यस्तैगरी कतिपय व्यक्तिले टेलिभिजनमा अभिनय गरी आफ्नो कला प्रस्तुत गर्दछन् । कोही व्यक्तिले विज्ञापनमार्फत् पनि आफूसँग भएको क्षमता प्रस्तुत गर्दछन् ।  अहिलेको समयमा अभिनयबाट पनि मानिसले आम्दानी गरिरहेका हुन्छन् ।


Read More
मेरो विद्यालय
- Shreyasa Dangol - 2029036, Gr ... 27 September, 2020

मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो । याे काठमाडौँको सिफलमा रहेको छ । यस विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ ।  मेरो विद्यालय धेरै राम्रो छ । मेरो विद्यालयमा हरियाली वातावरण छ । मेरो  विद्यालयकाे पाँचओटा भवनहरू छन् । यहाँ खानेपानी र शौचालयको धेरै राम्रो व्यवस्था छ । यहाँ एउटा चमेनागृह पनि छ, जहाँ स्वादिष्ट खानेकुराहरू खान पाइन्छ । मेरो विद्यालयमा अनिवार्य विषयकाे पढाइ हुनुको साथसाथै अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गरिन्छ । विद्यार्थीहरूको भाषा विकासको लागि विभिन्न भाषाको पनि पढाइ हुन्छ । काेभिड - १९ रोगकाे कारण विद्यालयले ‘घरबाटै पढौँ’  भन्ने कार्यक्रमका साथ हामीलाई अनलाइन कक्षा सञ्चालन गराइरहेकाे छ । यस्तो कार्यक्रमबाट हामीले विश्वभर फैलिएको महामारीको समयमा पनि अध्ययन गर्न पाएका छौँ ।


Read More