Logo

Student Corner

Articles

अनुशासन
- Shiwanshu Kuikel - 2029034, G ... 10 September, 2020

अनुशासन शब्द  अनु र शासन दुईवटा शब्द मिलेर बनेको हो । अनुको अर्थ अनुसरण हो र शासन भनेको आदेशको पालना गर्ने काम हो । नियमकाे पालना गर्नु नै अनुशासन हाे । जीवनको प्रत्येक क्षेत्रमा मानवले नियम र मर्यादाको पालना गर्नुपर्दछ । मानिसको जीवनमा अनुशासनले धेरै महत्त्व राख्दछ । विद्यार्थी जीवनमा पनि यसको महत्व अत्यधिक छ एउटा राम्रो विद्यार्थी नै एउटा असल  नागरिक बन्न सक्छ । अनुशासन छैन भने छात्र छात्राकाे जीवन  नष्ट हुन्छ । अनुशासन भएन भने देशको भविष्य पनि खतरामा पर्न सक्छ । हाम्रो जीवन  अनुशासनले नै चलिरहेको छ । अनुशासन भएन भने हाम्रो भविष्य अँध्यारो हुन्छ ।  हामीले काम गर्दा, पढ्दा र खेल्दा अनुशासनको पालना गर्दै अघि बढ्नुपर्छ ।


Read More