Logo

Student Corner

Articles

मेरी आमा
- Niva Shrestha - 2029020, Grad ... 07 September, 2020

मेराे नाम निभा श्रेष्ठ हाे । म नाै वर्षकी भएँ । म कालाेपुलमा बस्छु । मेरी आमाकाे नाम निर्मला श्रेष्ठ हाे । उहाँ पैँतिस वर्षकी हुनुभयो । आमाले मलाई संसार देखाइदिनुभयाे । मलाई सानो छँदा खान खुवाउनुभयो । मलाई लुगा लगाइदिनुका साथसाथै धेरै कुराहरू सिकाउनुभयाे । मलाई बुबु पिलाउनुभयाे । आमाले मलाई हात समाएर अक्षर लेख्न सिकाउनुभयो । मेरी आमा नै मेरो पहिलो गुरु हुनुहुन्छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । उहाँले मलाई बजार घुमाउन लैजानुहुन्छ । मिठाई अनि नाना किनिदिनुहुन्छ । मिठा - मिठा खानेकुरा पकाएर खुवाउनुहुन्छ । मलाई विभिन्न स्थानमा घुमाउन   लैजानुहुन्छ म पनि आमालाई धेरै नै माया गर्दछु  र ठुलो भएर आमाको धेरै  सेवा गर्नेछु। 


Read More
विद्यार्थी जीवन
- Ramit Man Shrestha - 2029026, ... 06 September, 2020

विद्यार्थी भन्नाले त्यस व्यक्तिलाई बुझिन्छ जाे विद्यालयमा गएर विद्या आर्जन गर्दछन् र अनुशासनका कुरा सिक्दछन् । हामी पनि विद्यार्थी हाैँ र हामी विद्यालयमा गएर राम्रा  कुराहरू सिक्छाैँ । मलाई  विद्यालय जान धेरै रमाइलाे लाग्छ । विद्यालयमा मेरा धेरै साथीहरू छन् । गुरु गुरुआमाले हामीलाई नयाँ नयाँ कुराहरू सिकाउँनुहुन्छ । विद्यार्थीहरूका लागि विद्यालय एउटा ज्ञानको मन्दिर हाे, जहाँ किताब पढेर र  ज्ञान गुनका कुराहरू सिक्न पाइन्छ । जीवनमा चाहिने अनुशासनका कुराहरू पनि सिक्छौँ । विद्यालयबाटै हामीले ठुलालाई आदर गर्ने, सानालाई  माया गर्नुपर्छ भन्ने कुरा सिक्छाैँ । पाहुनालाई गरिने सत्कार, सम्मानका कुराहरू पनि विद्यालयबाट नै सिकिन्छ । विद्यालयमा पढेर हामी असल खराब कुराहरू पनि छुट्याउन सक्छाैँ । विद्यार्थीहरू सधैँ अनुशासित हुनुपर्दछ । विद्यार्थी जीवन एउटा सुन्दर र रमाइलाे जीवन हो जसमा हामी विद्यार्थीहरू पढ्छाैँ, खेल्छौँ, सिक्छाैँ र साथीहरूसँग धेरै समय बिताउँछौँ अनि हामी खुसी हुन्छाैँ ।


Read More