Logo

Student Corner

मेरो देश 

Written by: Aaron K.C. - 2030004, Grade II

Posted on: 24 September, 2020

मेरो देशको नाम नेपाल हाे । मेरो  देश निकै सुन्दर, शान्त र हरियाली छ । मेरो देश हिमाल, पहाड र तराई मिलेर बनेको छ । मेरो देशकाे राजधानी काठमाडौँ हाे । मलाई नेपाली हुनुमा गर्व छ । नेपाल जलस्रोतको दोस्रो धनी देश हो । यहाँ भगवान बुद्धको जन्म भएको थियो । सीताले पनि यही देशमा जन्म लिएकी हुन् । विश्वको अग्लो सगरमाथा यही  देशमा छ । मेरो देश वीर गोर्खालीहरूको नामले पनि विश्वभर चिनिन्छ । मेरो देश चारजात छत्तिस वर्णकाे साझा फूलबारी हो । हिन्दुहरूले पूजा गर्ने विश्व प्रसिद्ध पशुपतिनाथकाे मन्दिर नेपालमा छ ।