Logo

Student Corner

Articles

मेरो कक्षाकोठा
- Bilakshyan Banjara - 35006, G ... 01 March, 2024

 म कक्षा एकमा पढ्छु । मेरो कक्षाकोठाको नाम कञ्चनजङ्गा हो । मेरो कक्षामा १६ जना विद्यार्थीहरू छन् । मेरो कक्षा सफा छ । मलाई मेरो कक्षा धेरै मन पर्छ। मेरो कक्षामा सिसाकलम, डस्टर, बेन्च, डेक्स, सेताेपाटी आदि छन् । मेरो कक्षाकोठामा टि.भी पनि छ। मेरो कक्षामा १६ वटा कुर्सीहरू छन् । मेरो कक्षामा चारवटा टेबुल छन् । मेरो कक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सेरोफेरो आदिको पढाइ हुन्छ । मेरो कक्षामा एउटा ढोका र दुईवटा झ्याल छन् । मलाई मेरो कक्षामा साथीहरूसँग मिलेर पढ्दा रमाइलो लाग्छ । हामीलाई गुरुआमाहरूले माया गरेर पढाउनुहुन्छ । मलाई मेरो कक्षा प्यारो लाग्छ ।


Read More
मेरो सानो भाइ
- Nivaan Aryal - 34029, Grade I ... 29 February, 2024

मेरो सानो भाइ छ । उसको नाम कुडु हो। ऊ दुई वर्षको भयो । ऊ सानो छ । ऊ बाठो छ। ऊ निकै फुर्तिलो छ। मेरो भाइ कुडु एकदम चकचक गर्छ। ऊ खरायाे जस्तै फुत्रुक फुत्रुक उफ्रेर हिँड्छ। मेरो भाइ ज्ञानी छ  तर मैले गृहकार्य गर्दा जहिले हल्ला गर्छ। मेरो किताबमा काेरिदिन्छ। मेरो भाइले मलाई दादु भनेर बोलाउँछ। मैले उसलाई बुई गर्दा ऊ धेरै रमाउँछ। उसलाई मलाई जस्तै गुलियो खानेकुरा मन पर्दैन तर उसले माम कुपुकुपु खान्छ। उसलाई जुत्ता लगाएर आँगनमा भकुन्डाे खेल्न एकदम मन पर्छ। ऊ खेल्न जान पाएन भने रुन्छ। मलाई मेरो कुडुको कत्ति धेरै माया लाग्छ । कुडुले पनि मलाई धेरै माया गर्छ।


Read More
तिहार
- Prasoya Yadav - 33014, Grade ... 28 February, 2024

तिहार हाम्रो चाडपर्वहरूमध्येको एक महत्त्वपूर्ण चाड हो । यो चाड प्रत्येक वर्ष कार्तिक महिनामा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ । पाँच दिनमा कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइ तिहार पर्दछन् । यस चाडलाई दीपावलीको रूपमा चिनिन्छ । यस चाडमा घर, अफिस, पसल जताततै सरसफाइ गरिन्छ । झिलिमिली बत्ती बालिन्छ । यो चाड खुसीयालीसँग मनाइन्छ । यस चाड हिन्दुहरूले धुमधामसँग मनाउँछन् । गाईतिहारको दिन माता लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजाको दिन केटीहरूले भैलो घरघरमा गएर खेल्छन् । भोलिपल्ट केटाहरूले देउसी खेल्ने गर्दछन् । यो चाड मलाई धेरै मन पर्छ ।


Read More
नेपाल
- Shambhabi Joshi - 33020, Grad ... 26 February, 2024

 पृथ्वीको सात महादेशमध्ये एसिया महादेशमा नेपाल पर्दछ । नेपाल दुई ठुला देश चीन र भारतको बिचमा रहेको छ । नेपालको पूर्व पश्चिम र दक्षिणमा भारत र उत्तरमा चीन पर्दछ । नेपालको क्षेत्रफल १,४७, १८१ वर्गकिलोमिटर छ । नेपालको राजधानी काठमाडौँ हाे । नेपालमा अहिले झन्डै तीन करोड नेपालीहरू बसोबास गर्छन् । नेपालमा ७ प्रदेश र ७७ जिल्ला रहेका छन् । नेपाल विश्वकै सुन्दर देश हो ।  संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमै रहेको छ । भगवान् गौतम बुद्धको जन्म नेपालमै भएको हो । सगरमाथा र भगवान गौतम बुद्ध नेपाल र नेपालीको पहिचान हो । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । राष्ट्रिय जनावर गाई, राष्ट्रिय चरा डाँफे र राष्ट्रिय रङ सिम्रिक हाे । नेपाल तराई, पहाड र हिमाल मिलेर बनेको छ । नेपालमा सबै किसिमका हावापानी पाइन्छन् । सानो देश भएपनि प्राकृतिक सुन्दरताको आधारमा नेपाल विश्वमा विशाल छ । सबै नेपालीहरूकाे सुन्दर पहिचान बनेर नेपाल संसारमा उभिएको छ ।


Read More