Logo

Student Corner

नेपाल

Written by: Shambhabi Joshi - 33020, Grade III

Posted on: 26 February, 2024

 पृथ्वीको सात महादेशमध्ये एसिया महादेशमा नेपाल पर्दछ । नेपाल दुई ठुला देश चीन र भारतको बिचमा रहेको छ । नेपालको पूर्व पश्चिम र दक्षिणमा भारत र उत्तरमा चीन पर्दछ । नेपालको क्षेत्रफल १,४७, १८१ वर्गकिलोमिटर छ । नेपालको राजधानी काठमाडौँ हाे । नेपालमा अहिले झन्डै तीन करोड नेपालीहरू बसोबास गर्छन् । नेपालमा ७ प्रदेश र ७७ जिल्ला रहेका छन् । नेपाल विश्वकै सुन्दर देश हो ।  संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमै रहेको छ । भगवान् गौतम बुद्धको जन्म नेपालमै भएको हो । सगरमाथा र भगवान गौतम बुद्ध नेपाल र नेपालीको पहिचान हो । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । राष्ट्रिय जनावर गाई, राष्ट्रिय चरा डाँफे र राष्ट्रिय रङ सिम्रिक हाे । नेपाल तराई, पहाड र हिमाल मिलेर बनेको छ । नेपालमा सबै किसिमका हावापानी पाइन्छन् । सानो देश भएपनि प्राकृतिक सुन्दरताको आधारमा नेपाल विश्वमा विशाल छ । सबै नेपालीहरूकाे सुन्दर पहिचान बनेर नेपाल संसारमा उभिएको छ ।