Logo

Student Corner

तिहार

Written by: Aryav Dangol - 35003, Grade I

Posted on: 28 February, 2024

तिहार मलाई मन पर्ने चाड हाे । तिहार पाँच दिनसम्म मनाइन्छ । तिहारमा काग, कुकुर, लक्ष्मी र गाईको पूजा गरिन्छ । नेवारहरूको नयाँ वर्ष म्ह पूजा पनि तिहारमा नै पर्दछ । नेवारहरूले तिहार रमाइलोसँग मनाउँदछन् । तिहारको अन्तिम दिन भाइटीका लगाइन्छ । तिहारमा सेलरोटी पकाइन्छ । मलाई तिहारमा देउसी भैलो खेल्न रमाइलो लाग्दछ ।