Logo

Student Corner

पानीको महत्त्व

Written by: Subiggya Sharma - 30069, Grade VII

Posted on: 11 June, 2024

पानी भनेको हामी सबैलाई चाहिने महत्त्वपूर्ण वस्तु हो। पानी बिनाको संसार  हामी सोच्न पनि

सक्दैनौँ । यस विश्वमा भएका हरेक मानिस, जीवजन्तु, रुख, बोटबिरुवाहरूलाई पनि पानी चाहिन्छ।

हाम्रो पृथ्वी पनि ७०% पानीले बनेको छ । हाम्रो शरीर पनि ६०-७०% पानी नै हो । मानिसले

खाद्यान्न उत्पादनको लागि गर्ने कृषि र सम्पूर्ण खेती पानीमा निर्भर छ। त्यसैले पानी धेरै

महत्त्वको विषय हो।

अहिले मौसम परिवर्तन हुँदै गर्दा पानीको कमी हामीले भोगिरहेका छौँ । हामीले चाहिने बेला

मात्र धाराहरू खोल्नुपर्छ र अरु बेला बन्द गर्नुपर्छ। कतै धारा चुहिरहेको देखेमा बन्द गर्नुपर्छ

अथवा आफूभन्दा ठुलोलाई खबर गर्नुपर्छ । झन् गर्मी महिनामा त पानीको धेरै उपयोग हुन्छ।

त्यसैले हामीले पानी बचाउनुपर्छ । गर्मीमा आफ्नो शरीरमा पानीको मात्रा मिलाउन रसिलो र

पानीको मात्रा धेरै भएको खाने कुराहरू खानुपर्छ जस्तै काँक्रो, खरबुजा, आदि।

ठिक मात्रामा सफा पानी पिएमा धेरै रोगबाट बच्न सकिन्छ। पानीको उपयोग र महत्त्व बुझेर पानी नै जीवन हो भन्न सकिन्छ।