Logo

Student Corner

अहिले पनि कविता लेख्दै छु म

Written by: Pratik Karn - 30048, Grade VII

Posted on: 24 May, 2024

कापी कलम लिएर कुर्सीमा बसेँ

के कविता लेख्ने भनेर सोचेँ 

के लेख्ने के लेख्ने भनेर सोचेँ 

अहिले पनि कविता लेख्दै छु म। 

 

ध्यानले शीर्षकको बारे गरेँ खोजी 

कहिले राष्ट्र कहिले देशभक्ति 

कहिले विद्यालय कहिले घर

अहिले पनि कविता लेख्दै छु म। 

 

यो कविता लेख्न धेरै नै झ्याउ लाग्यो 

एकछिन कविता नै लेख्न मन लागेन 

तर फेरि पनि लेख्नै पर्छ जस्तो लाग्यो 

अहिले पनि कविता लेख्दै छु म।

 

यही सोच्दै लेख्दै मैले कविता नै लेखेँ 

मैले आफ्नो भावको पो कविता लेखेँ

तर कविता लेखिरहने जस्तो छैन म 

अहिले पनि कविता लेख्दै छु म ।