Logo

Student Corner

कमिला

Written by: Prastut Chandra Baral - 31018, Grade VI

Posted on: 24 July, 2024

हेर कति रमाइलाे कमिलाकाे ताँती

कहिले हिँड्छ मुनि कहिले हिँड्छ माथि ।


एक्लै काेही देखिँदैन मिली हिँड्छन् साथी

थाक्दैनन् कहिले पनि बिहान हाेस् या राति ।

 

आफूभन्दा ठुलाे भारी बाेकी हिँड्छन् सधैँ

आफ्नाे काम आफैँ गर्छन् भर पर्दैनन् कतै ।

 

हामीले पनि सिक्नुपर्छ परिश्रमी हुन

मिहिनेती भए सकिन्छ आकाश छुन ।

 

                      समाप्त