Logo

Student Corner

मनझाँक्रीः पुस्तक समीक्षा

Written by: Aarohan Timsina - 29057, Grade VIII

Posted on: 24 July, 2024

परिचय 

मनझाँक्री पुरू लम्सालले लेखेको उत्कृष्ट नाटक सङ्ग्रह हो । यस नाटक सङ्ग्रहमा २ ओटा नाटक रहेका छन् । ती दुई नाटक मनझाँक्री र जिउँदाहरूको चिता हुन् । यो किताबको आवरण पनि पुरू लम्सालले गरेका हुन् र यसको प्रकाशन काठमाडौँ पब्लिकेशनले गरेको हाे ।

पात्र

मनझाँक्री कथामा ५ जना पात्रहरू रहेका छन् । ती पात्रहरू सबै असल छन् । मानवइतर पात्रको रूपमा यस कथामा चौँरी गाई र बिरालोलाई लिन मिल्छ । यस कथाका पात्रहरू मनबहादुर, बेलिमाया, पाल्देन, ढलकबहादुर र आइती हुन् ।

जिउँदाहरूको चिता कथाका पात्रहरू सुभद्रा, रामराजा, पर्वती, तुलसा, सरस्वती र प्रदीप हुन् । यस कथामा जगतमान, बिनोद र सांसदको पुरै टोली खराब पात्र जस्तो छन् किनभने उनीहरू गाउँ हेर्न मात्र आएका थिए र कसैलाई केही पनि मदत नगरी गए ।  दु:खी जनता सुखी छन् भन्दै हल्ला पनि फैलाए । 

कथावस्तु 

मनझाँक्री कथामा मनबहादुर नाङ्लाेको चोया काड्दै हुन्छ । त्यसवेला ढल्के आइपुग्छ र मने र ढल्के कुरा गर्न थाल्छन् । उनीहरू आफ्नो दु:खका कुरा गर्न थाल्छन् । उनीहरू आलु कसको घरमा कैले खन्ने भनेर पनि कुरा गर्छन् । आफूसँग पैसा नभएको कुरा पनि गर्छन् । मने आफ्नो मितको छोराको बिहेमा जाने कुरा पनि गर्छ । मने आफ्नो खुट्टाको बारेमा पनि बोल्छ र कसरी उसको खुट्टा दुख्छ भनेर उसलाई थाहा हुँदैन । त्यसपछि मनेको नाती पाल्देन र उसको आमा आउँछन् खर्कबाट । पाल्देन सानै उमेरमा पढ्न छोडेर घरको काम गर्दै हुन्छ किनभने उसको बुबा छिट्टै मरेकाे हुन्छ र घर सम्हाल्ने कोही पनि हुँदैन । पाल्देन त्यसपछि आफ्नो पढाइको कुरा गर्न थाल्छ  । उसलाई पढ्न धेरै मन लागेको हुन्छ । पाल्देनले केही कागज ल्याएको हुन्छ र मनेले त्यो कागज धागाेले बुनेर किताब जस्तो बनाइदिन्छ । पाल्देन खुसी भएर त्यो किताब पढ्न थाल्छ । भित्तामा आफ्नो र आफ्नो परिवारको सदस्यको नाम लेख्छ । त्यसपछि अचानक बेलिमाया आउँछिन् । पाल्देनले उसलाई पढ्न मन लागेको कुरा भन्छ । उसलाई त्यो विचार ठिक लाग्दैन बेलिमयाले पाल्देनलाई पढ्न जान नदिने कुरा गर्छिन् तर पाल्देनले घर छोडेर जाने कुरा गर्छ र बेलिमाया रुन थाल्छिन् । त्यो देखेर पाल्देन पनि रुन थाल्छ । केही समयपछि पाल्देनलाई गाह्राे हुन थाल्छ । उसको पेट बेस्सरी दुख्न थाल्छ । मने पनि आउँछ । आइती पनि त्यहीँ हुन्छिन् । मने झाँक्री बसेर फुक्न थाल्छ । त्यसपछि एक्कासी बिरालो कराउँछ । सबै जना तर्सिन्छन् । पाल्देनलाई थोरै बिसेक भए जस्ताे हुन्छ । सबै जना सुत्छन् । भाेलिपल्ट बिहान ढल्केले खेतको जालीमा मरेको बिरालो पाउँछ । त्यो बिरालो कराको हो राती भनेर सबैले थाहा पाउँछन् । पाल्देनलाई फेरि गाह्राे हुन थाल्छ र उसलाई यार्सा लगेर जचाउँने कुरा हुन्छ । पाल्देनलाइ थुन्सेमा बाेकेर बेलिमयाले जचाउँन यार्सा लग्छिन् । घरमा कोही हुँदैन मने मात्र हुन्छ । त्यसवेला ऊ झाँक्री नाच्न थाल्छ र एक्कासी लड्छ । त्यसपछि बेस्सरी हुन्डरी आउँछ र मनेको हात ढ्याङ्ग्रोमा बेस्सरी ठोक्किन्छ । सदाकाे लागि मने संसारबाट बिदा हुन्छ ।

जिउँदाहरूको चिता कथामा भूकम्पले ध्वस्त भएको एउटा दुर्गम गाउँमा सुभद्राले मकैको ढोड जम्मा गरेर आगो सल्काउँछे । उसले पार्वती र सानो बच्चालाई बोलाउँछे । उनीहरू मिलेर एउटा नजात शिशुलाई तेल लगाइदिन्छन् । त्यसपछि आगो ताप्न भन्दै तुलसा र सरस्वती पनि आउँछन् । सरस्वती आमाले अह्राएकाे काम गर्न मान्दिन । सरस्वति र तुलासाको झगडा पर्छ । त्यहीवेला सानो बाबु प्रदीपलाई बेस्सरी ज्वरो आएको हुन्छ । उसलाई चिसो नहोस भनेर ओड्ने ओडाइदिन्छन् र तुलसाले पार्वतीलाई ५०० रुपियाँ मग्छे  । किताब नभएकाले गाइड बुक पढेर नै पास गर्नुपर्ने बाध्यता रहेछ । त्यहीवेला रामराजा तातो लुगा लिएर फर्कन्छन् । त्यसपछि सांसद सँगै गाउँ हेर्न सांसद्को पत्रकार पनि आइपुग्छन् । उनीहरू हेलिकप्टरमा आएका थिए । विनोदले सबैको हालखबर सोध्न थाल्छ । अरू मान्छेहरूलाई सबै मानिस सुखी छन् भनेर बताउँछन् । तर सबैकाे जीवन दुःखी नै थियो । त्यसपछि सांसद जगतमान सबैलाई एउटा चक्लेट दिएर जान्छ । त्यहीवेला प्रदीप बेस्सरी खोक्छ र ज्वरो आएको वेला खानको लागि एउटा सिटामोल पनि नपाएकाले त्यही उसको निधन हुन्छ ।

परिवेश 

मनझाँक्री कथाको स्थलगत परिवेश गाउँ, मनेको घर, आलुबरी, खर्क र घाँस काट्ने ठाउँ हुन् । यस कथाको कालगत परिवेश ५ दिनको रहेको छ । यस कथामा स्थलगत परिवेशको रूपमा पाल्देन बिरामी भएको, उसलाई यार्सा लगेको छ । गाउँले जीवन देखाइएको छ र मने मरेको छ ।

जिउँदाहरूको चिता कथाको स्थलगत परिवेश गाउँ रहेको छ । यस कथामा कालगत  परिवेश ६-७ घण्टाको छ । यस कथामा भूकम्पले ध्वस्त दुर्गम गाउँमा भएको एउटा परिवार आगो ताप्दै हुन्छन् । त्यसवेला सांसद आउँछ र बच्चाहरूलाई एउटा चक्लेट बाँडेर जान्छ र सिटामाेल पनि खान नपाएर ज्वरोको कारणले ७ वर्षको प्रदीपको निधन हुन्छ ।

 

निष्कर्ष 

पुरू लम्सालद्वारा लिखित मनझाँक्री नाटक दुर्गम ठाउँमा भएको गाउँकाे मानिसको जीवन दर्शाउने एउटा नाटक हो । समाजमा २ प्रकारका मानिस हुन्छन् । एउटा समूहले प्राचिन सोच राख्छ भने अरूले नयाँ सोच राख्ने गर्दछन् । यस नाटकले हामीलाई दुर्गम ठाउँमा बस्ने मानिसको दुःख देखाएको छ त्यसैले म यो नाटक सबैलाई सिफारिस पनि गर्दछु ।