Logo

Student Corner

Articles

होली
- Reyansh Basnet - 32030, Grade ... 19 February, 2024

 होली हिन्दुहरूको प्रमुख रमाइलो पर्व हो । यो पर्व विशेष गरी रङहरूसँग खेलेर मनाइने भएकोले यसलाई रङहरूको पर्व पनि भनिन्छ । होली हरेक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । होली नेपालको पहाडी क्षेत्रमा एक दिन अगाडि र तराईमा एक दिनपछि मनाइन्छ । नेपालको विभिन्न ठाउँमा होली उत्सव फरक फरक तरिकाले मनाइन्छ । 

होली पर्व सत्ययुगका दैत्यराज हिरण्यकश्यपु र उनकी बहिनी हाेलीका माथि प्रल्हादकाे विजय भएकाे दिनमा मनाइन्छ । असत्यमाथि सत्यकाे जितकाे रूपमा यो पर्व मनाइन्छ  ।  नेपालमा धेरैजसो ठाउँहरूमा एकआपसमा विभिन्न किसिमका रङहरू लगाएर खेलिन्छन् । यस पर्वमा पानीमा रङ घोलेर अथवा सादा पानी बेलुनमा भरेर  एकअर्कामा हानेर खेल्ने चलन पनि छ । होलीमा म र भाइ पिच्कारीले हानाहान गर्छौं । मलाई होली चाड मन पर्छ किनकि मलाई यो पर्व धेरै रमाइलो लाग्छ ।

Read More
मेरो पट्टु मेरो बिरालो
- Lavanya Karki - 31012, Grade ... 16 February, 2024

 कैलाली जिल्लाकाे मटेरा गाउँको ऐलानी जग्गामा पहाडी बस्ती थियो । बुद्धि कक्षा पाचँमा पढ्थ्यो । पढाइमा राम्रो नभएकाले उसलाई सरहरूले मुर्गा बनाउनुहुन्थ्यो । त्यसैले ऊ स्कुल जानुको सट्टा सल्लाघारी घुम्थ्यो । बुद्धिसँगै उसकाे साथी डिल्ली पनि हुन्थ्यो । थारू  गाउँमा राम राम भन्ने सुगा देखेपछि बुद्धिलाई पनि त्यस्तै सुगा पाल्न मन लाग्यो । तर उसका बाले अनुमति दिनु भएन । गर्मीको मौसम थियो, बुद्धि र डिल्ली सालघारीतिर गएका थिए । त्यतिबेला बुद्धिले सुगा भुर्र उडेको देख्यो । सुरिलो गाँठागुठी कम भएको सालको रुखमा सुगाको गुड थियो । डिल्ली रुखमा चढ्यो र रुखको टोड्काबाट सुगा झिकेर ल्यायो । आमाले पकाएको पातला र भुक्क फुलेका रोटीको सट्टा डिल्लीले बुद्धिलाई सुगा दियो । केही महिना अघि ठुलो झरी परेको थियो त्यहीबेला बिरालो बुद्धिकाे घरमा आएको थियो । बिरालो बुद्धिकाे घरमा बस्ने र  बुद्धिसँगै एउटै अाेछ्यानमा सुत्न थाल्याे । फट्याङ्ग्रा र भात खाएर सुगा हुर्कियो । एक दिन बा बजारबाट आउदा पिँजरा ल्याइदिनुभयो । बुद्धिले सुगालाई पिँजरामा राख्याे । पिँजरा गोलाे थियो । पिँजरा दैलोको छेउमै झुन्डिएको थियो । बेलाबेलामा सुगा पट्टु पट्टु भन्दै कराउँथ्यो । बुद्धिका बाआमा गाँउबाट बजार बसाइँसराइ गर्नुहुने भयो । बजार गएकाे केही समयपछि बिरालोले सुगालाई अँध्यारो चेपतिर लगेर गयो । बाले भन्नुभयो, “जो जुन ठाँउमा हुनुपर्छ त्यसलाई त्यही ठाँउमा हुन दिनुपर्छ । तैँले थुनेर राखिस्, बिरालोले खायो ।”

Read More
दसैँ
- Rijan Shrestha - 32029, Grade ... 15 February, 2024

दसैँ नेपालीहरूको महान चाड हो । मलाई सबै चाडपर्वहरूमध्ये दसैँ एकदमै मन पर्ने चाड हो । दसैँ पन्ध्र दिनसम्म मनाइन्छ । दसैँ घटस्थापनाको दिनदेखि जमरा राखेर सुरु हुन्छ र कोजाग्रत पूर्णिमाको दिन जमरा सेलाएपछि अन्त्य हुन्छ । प्रतिपदाको दिनदेखि नवमीको दिनसम्म विभिन्न शक्ति देवीहरूको पूजा हुन्छ । दसैँको बेला हामी विभिन्न मठमन्दिरहरूमा गएर देवीहरूको दर्शन गर्छौं । दसैँमा सबैको बिदा हुने हुनाले सबैको भेटघाट हुन्छ । त्यसबेला एकदमै रमाइलो हुन्छ । दसैँको अन्तिम दिन दशमी हो । दसैँमा ठुलाबडाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद र धेरै दक्षिणा पाउँछौँ । हामी टीका लगाउन मामाघर पनि जान्छौँ । दसैँमा मिठा मिठा खानेकुरा खाएर पिङ खेल्छौँ ।

Read More
होली
- Reyansh Basnet - 32030, Grade ... 13 February, 2024