Logo

Student Corner

Articles

लुम्बिनी
- Prapya Mishra - 32049, Grade ... 15 March, 2024

लुम्बिनी गाैतम बुद्धकाे जन्मस्थल हाे । लुम्बिनी बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो। भगवान बुद्धको जन्मस्थल भएकाले अन्य धर्मावलम्बीले पनि लुम्बिनीप्रति आस्था राख्छन् । यो तीर्थस्थल लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा पर्छ । रुपन्देही नेपालको पश्चिमाञ्चलको तराईमा पर्ने जिल्ला हो। लुम्बिनीमा गुम्बा र मन्दिरहरू छन् । त्यहाँ सुन्दर मायादेवीकाे मन्दिर पनि छ । त्यहाँ उत्खनन गरेर राखिएका वस्तुहरू पनि छन् । मन्दिर वरपर घाँसहरू उम्रिएका छन् । मन्दिर भित्र फाेटाे खिच्न पाइदैन् । त्यहाँ विभिन्न घटनाक्रम सम्झाउने बुद्धकाे जीवनीसँग सम्बन्धित तस्विर र मूर्तिहरू पनि छन् । पवित्र तीर्थस्थल भएकाले यहाँ विभिन्न देशका मानिसहरू आइरहन्छन् । लुम्बिनी असाध्यै सुन्दर छ। लुम्बिनी हेर्न र तीर्थयात्रा गर्न दिनैपिच्छे मानिसहरूको भिड लाग्ने गर्छ। पर्यटकीय र धार्मिक हिसाबमा लुम्बिनी राम्राे छ । लुम्बिनी पुग्नासाथ हाम्राे श्रद्धाले शिर निहुरिन्छ । भगवान गौतमबुद्ध हाम्रा आस्थाका प्रतीक हुन् । नेपाललाई विश्वमा चिनाउने सम्पत्ति हुन् । उनी शाक्यवंशी राजा शुद्धाेदन र मायादेवीका सन्तान थिए । उनले ४५ वर्षसम्म नेपाल र भारतका विभिन्न ठाउँमा पुगी दु:ख निवारण सम्बन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरेका थिए ।


Read More
डियरवाक सिफल नाइटमा ड्रामा
- Aarika Jha - 31003, Grade V o ... 14 March, 2024

  डियरवाक सिफल नाइटमा "फस्ट" शीर्षककाे नाटक मञ्चन गरिएको थियो । कक्षा ५ र ६ का विद्यार्थीहरूले साे नाटक प्रस्तुत गरेका थिए । इसिए र शैक्षिक गतिविधिबिच सन्तुलन कायम गर्ने बलियो सन्देश नाटकमा थियाे । अतिरिक्त क्रियाकलापबाट पनि बालबालिका अगाडि बढ्न सक्छन् भन्ने प्रभावकारी जानकारी नाटकमार्फत अभिभावकहरूलाई दिइयो । सहभागी सबैले नाटक निर्देशक राजन भुजेलको प्रयासलाई सराहनीय ठहराए ।

पहिलो भागमा शैक्षिक नतिजामा निकै चिन्तित आमा र शैक्षिक गतिविधिभन्दा नाटकलाई प्राथमिकता दिने छोरीबिचको द्वन्द्वलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको थियो । दोस्रो भागमा छोरीले विद्यालयमा प्रथम स्थान हासिल गरिन् तर खुसी भइनन् । उनकी आमा खुसी भएकी थिइन् तर छोरी  दुःखी भएको देखेपछि उनी चिन्तित भइन् । आमाले छोरीलाई शैक्षिक उपलब्धिहरूको महत्त्वबारे सल्लाह दिन थाल्नुभयो । शिक्षाविद्हरूले इसिएको महत्त्वलाई अस्वीकार गर्दैनन् । निराश छोरी र प्रेरणादायी आमा बिचको संवाद प्रभावशाली रूपमा मञ्चन गरिएको थियो । शैक्षिक गतिविधि र इसिएमा समानान्तर प्रयास गर्ने सन्देश राम्रोसँग सञ्चार गरिएको थियो । नाटक हेरेर अभिभावक, शिक्षक र विद्यार्थीले निकै रमाइलो गरेका थिए ।


 


Read More
पानी
- Ruhjen Jung Khadka - 32014, G ... 13 March, 2024

पानी हाम्राे लागि एउटा महत्त्वपूर्ण प्राकृतिक उपहार हो। हामी सबैलाई पानी महत्त्वपूर्ण छ। हामीलाई बाँच्न पानी चाहिन्छ । पृथ्वीमा रहेका प्रत्येक जीवित मानिसहरूलाई आफ्नाे शरीरकाे उचित कामका लागि पानीकाे आवश्यकता पर्छ । पानीले हाम्राे दैनिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानी कृषि, उद्याेग, घरायसी कामकाज, वनस्पति, जीवजन्तु आदि सबैलाई पानी चाहिन्छ। पानीले वातावरणलाई सुन्दर बनाउँछ। यसले तापक्रमलाई पनि कम बनाउँछ । पानीले गर्दा अहिले हामीले प्रशस्त बिजुली पाइरहेका छौँ। पानीका स्राेतहरू कुवा, ताल, नदी, हिमनदी, हिउँ र इनार आदि हुन् । समुद्रकाे पानी नुनिलाे हुन्छ । हाम्रो पृथ्वीकाे सतह  ७० प्रतिशत पानीले बनेकाे छ। अहिले बढ्दो जनसङ्ख्याले गर्दा पानीको मुहानहरू प्रदूषण हुँदै गइरहेका छन् । यसले गर्दा मानिसको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ। यो कुरालाई हामीले ध्यानमा राखेर पानीकाे प्रदूषण हुनबाट राेक्न एकजुट भई लाग्नुपर्छ । पानी जीवनकाे आधार हाे । पानीबिनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ । पानीकाे चक्रमा गडबडी भएमा विश्वमा तापक्रम बढ्ने, बाढी र खडेरी निम्तिन्छन् । यसको सदुपयाेग गर्नु हामी सबै नेपालीहरूकाे जिम्मेवारी हाे ।


Read More
मेरो पदयात्रा
- Raj Manandhar - 31023, Grade ... 12 March, 2024

मेरो पदयात्रा तारेभिरसम्मको थियो । याे यात्रा हामी कक्षा ५ का विद्यार्थीहरूले गरेका थियाैँ । हामीलाई पदयात्रामा विद्यालयले लगेकाे थियाे । माघ २६ गते हामी ९ बजे  विद्यालय पुग्याैँ । ९:३० बजे खाना खाएर हामी १० बजे विद्यालयको बसमा चढी यात्रा सुरु गर्याैँ । हामी ३० जना विद्यार्थीहरू, ३ जना शिक्षकहरू र  १ जना जना विद्यालयका कर्मचारी गएका थियााैँ । साथीहरूसँग रमाइलो गर्दै, बाहिरको दृश्यहरू हेर्दै हामी करिब एक घन्टामा जगडोल भन्ने ठाउँमा पुग्यौँ । बस त्यहीँ रोकियो र हाम्रो पदयात्रा सुरु भयो । उकालो ओरालो कहिले जङ्‌गलको बाटो हिँड्दा रमाइलो लाग्थ्यो अनि धेरै हिँड्नु परेको भएर थकाइ पनि लाग्थ्यो । केही बेर आराम गरी पानी खाएर हामी फेरि हिँड्न थाल्यौँ । साथीहरू कोही अगाडि दौडिए भने कोही पछाडि बिस्तारै आउँदै थिए । लगभग २ घण्टा उकालो हिँडेपछि बल्ल हाम्रो गन्तव्य तारेभिर आइपुग्यो । त्यहाँ पुग्दा हामी सबै खुसी भयौँ । यो ठाउँ उचाइमा भएको हुनाले यहाँबाट काठमाडौँ लगायत विभिन्न ठाउँका मनोरम दृश्यहरू देखिन्थे । त्यस ठाउँका बारेमा गुरुआमाले हामीलाई धेरै कुरा बताइदिनुभयाे । केही समय त्यहीँ बितायाैँ ।  खाजा पनि खायाैँ । त्यहाँ हामीले फोटो खिच्यौँ र केही  बेर रमाइलो गरेर हामी २:३० बजे विद्यालय फर्कियौँ । 


Read More
म र मेरो परिवार
- Reyansh Basnet - 32030, Grade ... 11 March, 2024

मेरो नाम रेय‌ंश बस्नेत हो ।  म नौ वर्षको भएँ । मेरो भाइको नाम रिवान बस्नेत हो। मेरो बाबाको नाम गणेश बस्नेत हो।  मेरी आमाको नाम एलिना बस्नेत हो। मेरो भाइ दुई वर्षको भयो। म नयाँ बानेश्वरमा बस्छु। मेरो बाबा कार्यालयमा काम गर्नुहुन्छ । हामी बिदाकाे समयमा विभिन्न ठाउँहरू घुम्न जान्छाैँ । म कक्षा चारमा पढ्छु। मेरो विद्यालयमा धेरै साथीहरू छन् । मेरा साथीहरूको नाम रिजन, विश्रान्त, शुभआशिष, वेदान्त आदि हुन् । म   साथीहरूसँग मिलेर पढ्छु र खेल्छु । मेरो मन पर्ने विषय गणित हो। मेरो मन पर्ने खेल फुटबल हो। मेरो मन पर्ने खाना पिज्जा हो। मलाई पुस्तक पढ्न मन लाग्छ । म  वर्षमा दुई तीनचोटि तराई जान्छु । तराईमा पनि हाम्राे घर छ । तराईमा समथल जमिन छ । तराईकाे वातावरण रमाइलाे छ । तराईमा वनजङ्गलहरू पनि छन् । मलाई तराई रमाइलाे लाग्छ ।  


Read More
भट्टे डाँडा
- Pratyush Lohani - 31019, Grad ... 07 March, 2024

कहिले स्कुलदेखि त कहिले घरपरिवारसँग म धेरै ठाउँमा घुम्न गएकाे छु । विभिन्न ठाउँहरूमध्ये, म यहिँ गएको  पौषमा दादाहरूसँग भट्टे डाँडा भन्ने एउटा ठाउँमा गएको थिएँ । भट्टे डाँडा ललितपुरमा जिल्लामा पर्दाे रहेछ । हामी त्यहाँ  दादाकाे गाडीमा गएका थियाैँ । म मैतीदेवीबाट गाडी चढेँ । गाडीमा  हामीले अनेक थरीका गीत गाउँदै रमाइलाे गर्दै गयौँ । हामीले हाम्रो गाडी लेलेको मनकामना मन्दिर अगाडि राेक्याैँ । त्यहाँ हामीले मन्दिर दर्शन गर्यौँ । केही समय त्यहीँ मन्दिरमा बितायाैँ । फेरि आफ्नो गाडी गन्तव्यतिर कुदायाैँ ।  जहासम्म गाडी पुग्थ्यो त्यहासम्म हामी गाडीमा नै गयौँ । त्यसपछि हाम्राे पदयात्रा सुरु भयाे अनि पुग्याैँ भट्टे डाँडा । त्याे ठाउँलाई  हुस्सुले ढाकेको थियो । जाडो समयमा गएको हुनाले त्यहाँ धेरै चिसो थियाे । हामी विभिन्न वनस्पतिको अवलोकन गर्दै अगाडि बढ्यौँ । त्यो ठाउँ एकदमै शान्त थियो । त्यहाँ धेरै पर्यटकहरू घुम्न आउँदा रहेछन् । त्यो ठाउँको सुन्दरताले सबैकाे मन नै लोभ्याउँथ्यो । त्यो ठाउँका बारेमा म कहिल्यै पनि बिर्सन सक्दिनँ ।  


Read More