Logo

Student Corner

होली

Written by: Reyansh Basnet - 32030, Grade IV

Posted on: 19 February, 2024

 होली हिन्दुहरूको प्रमुख रमाइलो पर्व हो । यो पर्व विशेष गरी रङहरूसँग खेलेर मनाइने भएकोले यसलाई रङहरूको पर्व पनि भनिन्छ । होली हरेक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । होली नेपालको पहाडी क्षेत्रमा एक दिन अगाडि र तराईमा एक दिनपछि मनाइन्छ । नेपालको विभिन्न ठाउँमा होली उत्सव फरक फरक तरिकाले मनाइन्छ । 

होली पर्व सत्ययुगका दैत्यराज हिरण्यकश्यपु र उनकी बहिनी हाेलीका माथि प्रल्हादकाे विजय भएकाे दिनमा मनाइन्छ । असत्यमाथि सत्यकाे जितकाे रूपमा यो पर्व मनाइन्छ  ।  नेपालमा धेरैजसो ठाउँहरूमा एकआपसमा विभिन्न किसिमका रङहरू लगाएर खेलिन्छन् । यस पर्वमा पानीमा रङ घोलेर अथवा सादा पानी बेलुनमा भरेर  एकअर्कामा हानेर खेल्ने चलन पनि छ । होलीमा म र भाइ पिच्कारीले हानाहान गर्छौं । मलाई होली चाड मन पर्छ किनकि मलाई यो पर्व धेरै रमाइलो लाग्छ ।