Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Noya Poudel - 35014, Grade II

Posted on: 18 July, 2024

मेरो नाम नोया पौडेल हो । मेरो सानो परिवार छ । मेरो परिवारमा म, मेरी आमा र मेरो बुबा जम्मा तीन जना बस्छौँ । मेरो बुबाको नाम रमेश पौडेल हो । उहाँ ३८ वर्षको हुनुहुन्छ । मेरो बुबा अफिस जानुहुन्छ । मेरी आमाको नाम मुना खनाल हो ।  उहाँ ३३ वर्षकी हुनुहुन्छ । मेरी आमा घरबाट नै विभिन्न काम गर्नुहुन्छ । हामी एकअर्कालाई धेरै माया गर्छौँ । हामी बेलाबेलामा रमाइलो गर्न घुम्न जान्छौँ । मलाई बुबाआमाले धेरै राम्रा कुराहरू सिकाउनुहुन्छ । मलाई परिवारसँग गीत बजाएर नाच्दा सबैभन्दा रमाइलो लाग्छ । हामी सबैजना मिलिजुली घरको काम गर्छौँ । मेरो परिवार धेरै असल र प्यारो छ । मलाई परिवारसँग हुँदा सुरक्षित महसुस हुन्छ र धेरै खुसी लाग्छ।