Logo

Student Corner

गुरु

Written by: Suruchi Bimali - 34026, Grade III

Posted on: 19 July, 2024

अँध्यारो जीवनमा नयाँ दिन ल्याउने 

गुरुको उच्च विचारले नै ज्ञान दिलाउने

गुरुबिना ज्ञान हुँदैन ज्ञानबिना कोही 

महान हुँदैनाैँ जब बिराउँछाैँ बाटो हामी 

तब गुरुले नै हो दिने ज्ञान हामीलाई

सही गलत साँचो झुटोको पाठ पढाउने 

उहाँको स्थान उच्च हो गुरुजी कहलाउने

सच्चाइको बाटोमा हिँड्न सिकाउने

त्यो चमत्कारी हो गुरु जो कहलाउने 

तिर्खाएको मानिसलाई मिलेजस्तै पानी 

गुरु नै हो हाम्रो भविष्यवाणी

गुरुले देख्दैनन् कुनै जातपात

गुरुले गर्दैनन् कुनै पक्षपात

गरिब या धनवान गुरुले गर्ने एक समान ॥