समय यस धर्तीको सबैभन्दा महत्त्वपूर्ण चिज हो र यस महत्त्वपूर्ण चिजको केहीसँग पनि तुलना गर्न सकिदैन । हाम्रो जीवन छोटो छ, तर हाम्रो काम धेरै छ र यस कारणले हामीले हाम्रो समयको उचित रुपमा प्रयोग गनुपर्छ । समय सधैँ अगाडि मात्र बढ्छ, कहिले फर्किदैन । बितेको समय र बगेको खोला कहिल्यै फर्किदैन भन्ने उखान नै छ र यसको अर्थ हामीले हाम्रो समयको उचित रुपमा प्रयोग गनुपर्छ । समय सधैँ अगाडि मात्र बढ्छ, कहिले फर्किदैन। हामीले समयलाई खेर फाल्नुहुँदैन । यदि हामीले समय खेर फाल्याैँ भने समयले हामीलाई नै नष्ट गर्छ । हामीले समयको ख्याल राखी एक-एक सेकेन्डको समय पनि खेर फाल्नुहुँदैन समयले एक पटकका लागि मात्र हामीलाई अवसर प्रदान गर्छ । यदि हामीले त्यस अवसरको उपयोग गरेनाैँ भने त्यस समयलाई कहिल्यै फिर्ता ल्याउन सकिँदैन । हाम्रो समाजमा केही मान्छेहरू जुवातास, गफ, गरेर नै आफ्नो अनमोल समय खर्च गर्छन् र आफ्नाे अनमोल समय बुझदैनन् । टेलिभिजन र कुरा काटेर पनि समय खर्च गर्ने मानिसहरूले पनि जीवनमा धेरै दुःख पाउँछन् । समय खर्च गर्नाले ती मानिसहरूले धेरै पैसा र आफ्नो अनमोल समय पनि गुमाउँछन् । एउटा पुर्खौली भनाइ छ-समय र जमाना कसैको लागि परिर्वतन हुँदैन र यसकाे अर्थ याे हो कि समय र जमाना कसैका लागि पर्खदैन । सबै जना समयअनुसार नै चल्नुपर्छ । समय सबैले निःशुल्क पाउँछन्, कसैले पनि यसलाई किन्न सकिदैन र कसैले पनि यसको सिमाना नाग्न सक्दैन । समयले नै सबैलाई सबैतिर तान्दछ । हाम्रो जीवन अनमोल छ । हामीले सफल हुन धेरै काम गर्नुपर्छ। यदि जीवनमा समयको महत्त्व बुझ्न नसके हामीले यस जीवनका सुनौला पल गुमाउँन सक्छौँ।
समय भनेको नै पैसा हो। जसको अर्थ समयलाई पैसासँग तुलना गर्न सकिँदैन किनभने हामीले पैसा गुमायाैँ भने फेरि पाउँन सक्दैनाैँ, तर एक चाेटि गएको समय फिर्ता आउँदैन ।
यस संसारमा सबै कुरा समय अनुसार चल्दछ र यसको सेकेन्ड सेकेन्डको महत्त्व छ जसलाई हामीले खेर नफाली उपयोग गर्नुपर्छ।
पोखराबाट टाढा जाँदा हरिया डाँडा र साना गाउँहरू देख्न पाइन्छ । किसानहरू खेतमा काम गरिरहेका हुन्छन्, र हामी छेउबाट जाँदा केटाकेटीहरूले हामीलाई अल्मल्याउँछन्। यो शान्त दृश्य हामी कारबाट आनन्द लिन्छौँ। जब हामी अगाडि बढ्छौँ, दृश्य परिवर्तन हुन्छ। पहाडहरू ढुङ्गा बन्छन्, र त्यहाँ कम रुखहरू छन् । हावा पनि फरक, सुख्खा र धुलो महसुस गर्छाैँ । मेरा आमाबुबा र म झ्याल बाहिर हेर्छाैँ, परिवर्तन देखेर छक्क पर्दै चाँडै हामी काली गण्डकी नदीमा पुग्छौँ । हामी यस पुललाई पार गर्छौं। अर्को छेउमा मुस्ताङ,अरु भन्दा फरक ठाउँ त्यहाँ कुनै रूखहरू छैनन्, केवल बलौटे मैदानहरू र अग्ला चट्टानहरू छन् । हामी मरुभूमिमा छौँ जस्तो लाग्छ । मेरा आमाबुबा र म मुस्ताङ घुम्न उत्साहित अझै छौँ । हाम्रो पहिलो बिसौनी पुरानो राजधानी लो मान्थाङ हो । साँघुरो सडक र माटोले बनेका पुराना भवनहरू भएको यो पर्खालले घेरिएको सहर हो । जता हेर्याे हावामा फडकिरहेका रङ्गिन झण्डाहरू छन् । हामी पुराना गल्लीहरूमा हिँड्छौँ । मेरा आमाबुबा र म हात समातेर सयौँ वर्ष पहिलेको जीवन कस्तो थियो भन्ने कल्पना गर्दै हामी शाही दरबारको भ्रमण गर्छौं। यस समयमा फर्किनु हामी यसलाई सँगै अनुभव गर्न कृतज्ञ छौँ।
मुस्ताङमा हेर्नका लागि धेरै चिज छन् । मेरा आमाबाबु र म छोसेर गुफाहरू भ्रमण गर्छौं, जहाँ मानिसहरू धेरै पहिले बस्थे। गुफा अँध्यारो र चिसो छ, र हामी अन्वेषण गर्न फ्ल्यासलाइटहरू प्रयोग गर्छौं। हामी पर्खालहरूमा पुरातन चित्रहरू देख्छौँ, र यस्तो लाग्छ कि हामीले लुकेको खजाना पत्ता लगाइरहेका छौँ । घाम अस्ताउने बित्तिकै हामी सँगै बस्छौँ र आकाशमा रङ्गहरू परिवर्तन भएको हेर्छौं। मेरा आमाबाबु र म हाम्रो
दिनको बारेमा कुरा गर्छौं, हाम्रा मनपर्ने क्षणहरू साझा गर्छौं। हामी परिवारको रूपमा यो साहसिक कार्यको अनुभव गर्दै आभारी भएकाे महसुस गर्छौं। पोखरादेखि मुस्ताङसम्मको हाम्रो यात्रा अविस्मरणीय रह्यो । मेरा आमाबुबा र मैले अद्भुत दृश्यहरू देखेका छौँ र सम्झनाहरू बनाएका छौँ जुन जीवनभर रहने छ । यो एक विशेष साहसिक कार्य भएको छ ।
In a quiet room where sorrow unfolds,
Lie to a friend with a heart of silver and gold
Listening, caring about every burden people share,
But inside, emotions are heavy to bear,
They wear a smile like a comforting glove,
Helping others find strength and love,
But in silence, when the day is done,
They carry a tragedy, hidden from everyone,
In the therapy room, where the shadows loom,
The therapist friend carries an emotional tomb,
Silent screams in the heart’s confusing maze,
Their own sorrows are hidden under their comforting gaze,
As they light the path for others to mend
Their own wounds deepen; a tragedy blends
In echoes of silence, they quietly cope
A healer’s heart tangled in hope,
A canvas painted with others' despair
Yet their own palette holds colours unfair
Their eyes have a reflective pool of untold pain
A therapist’s struggle is hard to maintain
They listen to everyone,
Yet no one listens to them,
There once lived a naughty boy. He used to live in a huge house. He was very selfish about his dad’s wealth. His family was the richest. His parents were very kind hearted. They used to help needy people all the time. They loved helping people. Whereas the boy was the complete opposite. He loved seeing people suffer. He wouldn’t help people in need, in fact he used to laugh at them and make fun of them. The maid of the house took care of him. He would make the maid regret the decision of working in his house. But the maid could do nothing but work there with a smile. The boy used to make lots of trouble. And the poor maid had to face the consequences. The boy used to enjoy it. His parents used to tell him to always be kind and help people in need. In front of his parents he used to act all innocent and in the back he was a devil. One day his parents went on a long trip. And the boy was alone with the maid. He was rude to the maid. One day while his parents were coming from the trip. They had a bad accident. It was a car crash. His parents' car crashed on a rock of the hill. His parents were badly injured and then they were admitted to the hospital. When he heard the news about his parents he was crushed. His heart sank to the bottom. He remembered each and every moment with his parents. He visited his parents in the hospital and was crying a lot. Then his parents were brought home and the maid took good care of him and it helped his parents recover well. Then the boy realized what he had done. He was sorry towards the maid and apologized to both his parents and the maid. Then the boy started being kind and very helpful and would welcome everyone with a smile. And from that day he and his family lived happily ever after.
कुनै पनि काम वा घटना भएकाे काल वा वेलालाई समय भनिन्छ । समय भनेको बेला, काल र क्षण हो । समयलाई देख्न र धुन सकिँदैन । समयलाई हामीले अनुभव मात्र गर्न सक्छौँ । समय आफ्नै गतिमा हिँडिरहन्छ । मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष भनेर वर्गीकरण गरेका छन् । समय, निरन्तर रूपमा चलिरहन्छ । यो कहिले रोकिँदैन । समयको पालना नर्गनाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्त्व छ । आजको बालक भोलि समय बित्दै जाँदा युवा, वृद्ध हुँदै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ । मानिसले बिहानको सूर्योदयसँगै आफ्ना क्रियाकलापहरू सुरु गर्छ अनि विद्यालयमा पुग्छ भने शिक्षक पनि ठिक समयमा कक्षाकोठामा प्रवेश गर्नहुन्छ । किसान पनि ठिक समयमा खेतबारीमा काम गर्न ठिक समयमा त्यहाँ पुग्छ । जो मानिसले समयको पालना गर्दैन ऊ आफ्नो लक्ष्यमा पुग्न सक्दैन । समयको परिवर्तनसँग मानिसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनुपर्छ । जाडो याममा बाक्ला वा न्यानो कपडा लगाउनु र गर्मीमा पातला कपडा लगाउनु परिवर्तनका कारण हुन् । समयको पालना गरेर नै आज संसारमा मानिसहरूले नामदाम कमाएका छन् । समयको महत्त्वलाई बुझेर अगाडि बढ्ने मानिस जुनसकै क्षेत्रमा पनि सफल हुन्छ। समयको महत्त्वलाई नबुझ्ने मानिसले सफलता प्राप्त गर्न सक्दैन त्यसैले समयमै हामीले हाम्रा कामहरू गर्नुपर्छ।
जलवायु परिवर्तनले तापक्रममा हुने दीर्घकालीन वृद्धिलाइ जनाउँछ । यो जीवात्मा इन्धन जलाउने वन फडानी र औद्योगिक क्रियाकलाप जस्ता मानवीय गतिविधिहरूका कारण हुन्छ । यी गतिविधिहरूले हरित गृह ग्यासहरू जस्तै कार्बनडाइअक्साइड मिथेन नाइट्रसअक्साइड वायुमण्डलमा छोड्छ। जसले गर्मी गर्दछ र ग्रहलाइ तातो बनाउँछ ।
जलवायु परिवर्तनको मुख्य कारण जीवात्मा इन्धनहरू जलाउनु हो । ऊर्जाको लागि, जसले कार्बन डाइअक्साइड वायुमण्डलमा छोड्छ । रुखहरूले कार्बन डाइअक्साइड शोषण गर्छन् त्यसैले वन विनाशले महत्त्वपूर्ण भूमिका खेल्छ । वन विनाशले पनि वायुमण्डलमा हरितगृह ग्याँसहरूको निर्माण हुन्छ ।
जलवायु परिवर्तनका असरहरू खतरनाक छन् । यसले बढ्दो समुन्द्री स्तर, अधिक चरम मौसम र जैविक विविधता जस्ता कुरामा हानि पुर्याउँछ । बढ्दो तापक्रमले ग्लेसियरहरू पग्लन पनि निम्त्याउँछ । जसले समुद्री सतह वृद्धिमा योगदान पुर्याउँछ ।
जलवायु परिवर्तनसँग लड्न हरित गृह ग्यास उत्पादन कम गर्नुपर्छ। थप रूपमा वायुमण्डलबाट कार्बन डाइअक्साइड शोषण गर्न र जलवायु परिवर्तनको प्रभावहरूलाई कम गर्न पुनरुत्थान प्रयासहरू महत्त्वपूर्ण छ ।
व्यक्तिगत कार्यहरूले पनि जलवायु परिवर्तनलाई घटाउन सकिन्छ । जस्तै ऊर्जाको प्रयोग घटाउने सार्वजनिक यातायातको प्रयोग गर्ने इत्यादि । साथै यी प्रयासहरूले भावी पुस्ताहरूका लागि ग्रहलाई संरक्षण गर्छ ।
जलवायु परिवर्तनसँग लड्ने एउटा उपाय भनेको नवकरणीय ऊर्जा स्रोतहरू जस्तै सौर्य वायु र जलविद्युतमा परिवर्तन गर्नु हो। अर्को महत्वपूर्ण समाधानको उपाय भनेको प्राकृतिक इकोसिस्टम संरक्षण गर्नु र पुनर्स्थापना गर्नु हो।
१९औँ शताब्दीको उत्तरार्धदेखि विश्वको औसत तापक्रम लगभग १.२ डिग्री सेल्सियस बढेको छ। पछिल्ला पाँच वर्ष रेकर्डमा सबैभन्दा तातो वर्ष रहेको छ। वायुमण्डलमा कार्बन डाइअक्साइडको एकाग्रता ४१५ भाग प्रति मिलियन पुगेको छ, कम्तीमा आठ लाख वर्षमा उच्चतमस्तर । गत शताब्दीमा समुद्रको सतह कम्तीमा ८ इन्चले बढेको छ। हिमनदीहरू पग्लिनुको कारणले समुद्री सतहको वृद्धिको दर तीव्र हुँदै गइरहेको छ। आँधीबेहाेरी तातो लहरहरू र जङ्गली आगाेलागीहरू गम्भीर हुँदै गएका छन् । अन्त्यमा जलवायु परिवर्तन अहिलेको समयको ठुलो समस्या हो र यसलाइ हामीले कम गर्नुपर्छ ।
Among the street cities in the Kathmandu Valley, Bhaktapur is known as ‘The Cultural City’ and also called ‘Khwopa’ in the local Newari tongue. It was considered the capital of Nepal Mandal from the 12th to the 15th centuries. The city is situated 1401m above sea level, shaped like a flying pigeon, and covers an area of 688 sq km. According to the 2021 census, Bhaktapur has a population of 81748 people, with the majority being Buddhists and Hindus. The people in Bhaktapur live together in unity, showcasing harmony between the two religions. Bhaktapur is also referred to as a 'Living Heritage’.
Bhaktapur has preserved the vibrant cultures of the local Newars. Mohani, Swonti, and Biska Jatra are major attractions in the city. The people engage in cultural dances, songs, bhajans, and rituals in their day-to-day lives. The city boasts numerous old and historical temples, along with other tourist attractions. Some major attractions include:
Bhaktapur Durbar Square: The main square of the city, full of flourishing art and culture, featuring the Golden Gate, National Art Gallery, the palace of 55 windows, the Vatsala temple, the big bell, the Pashupatinath Temple Stone, Pashupatinath Temple, Temple of Siddhi Lakshmi, octagonal structure Chasing Mandap, Silu Mahadev temple, Golden Spout, and Stone Spout, showcasing diverse architecture.
Taumadhi Square: Another important square with excellent examples of engineering and architecture, featuring multiple multi-roofed temples and rectangular temples.
Pottery Square: A place where pottery is still widely practised using traditional pottery wooden wheels, with various portables on display.
Dattatreya Square: It is the oldest part of the city, serving as an open museum.
Such beautiful architecture and diverse culture can be found in and around Bhaktapur, including its neighbouring cities, Kathmandu and Lalitpur. Even in this new era of technology, one can never be as fascinated as when experiencing the cultures and architecture of our country. It is something all Nepalese can be proud of.
First few days of my winter vacation were fun. I had a tiring day of exams on friday. I was impatient to relax and enjoy myself. I spent that day watching too many shows on mobile and training. I needed a deep sleep since I was tired.
The next day, I went to the local ground to play football with my friends. It was a thrilling experience that only sports can provide. Although I was tired from the game, I went to the market with my mother and we spent a beautiful afternoon. My Saturday was filled with quality time with my family and friends.
Sunday, I visited many temples with my grandmother. It was a peaceful experience. It was a day of prayer and attachment with my grandmother. It gave a chance for moments of peace. My excitement continued when I visited a cinema hall with my family to watch a movie. We watched a movie and had a delicious dinner with my family and that was a memorable night.
As the day went on, I engaged in activities that I enjoyed. Playing soccer, going shopping with my father, and spending time with my family. However, there was construction going on in my home which became more disruptive, which hampered my vacation. I also fell ill and got a high fever and that forced me to stay in my home for the rest of the vacation. I was disappointed that my illness and home construction affected my winter vacation. On the other hand I was excited for My final term.
जहाँ बग्छ कल्कलाउँदो खोला
जहाँ छ लोभ लाग्दो प्रकृतिको झोला
जहाँ छ विश्वलाई चिनाउने सगरमाथा
यही नै हो मेरो प्यारो देश नेपाल
जहाँ छन् विभिन्न प्रकारका भाषा, धर्म र संस्कार
जहाँ छैन कुनै पनि नाममा झगडा
जहाँ छन हरिया वनजङ्गल
जहाँ छ स्वच्छ हावापानी
कसरी गरौँ म देशको वर्णन
देशले भन्छ मलाई असल काम गर न ।
सानै उमेरदेखि मेरो र मेरी दिदीलाई पोखरा जाने ठूलो रहर थियो भनेर हाम्रो बाबाले दुई वर्ष अगाडि हामीलाई पोखराको यात्रामा लग्नुभयो। हामी बिहानको ९ बजेतिर गाडीमा मेरी दिदी, मामु, बाबा, र म चढ्यौँ, अनि पोखराको लामो यात्रा सुरु गर्याैँ। नेपालको सुन्दर प्रकृतिले सजिएको वनजङ्गलहरु डाँडाकाँडा हेर्दै जाँदा हामीलाई यो यात्रा रमणीय हुन्छ भन्ने लाग्यो। बाटोमा जाँदै गर्दा हामीले अन्य खेलहरू खेल्याैँ र गीत पनि गाउँदै गयौँ । खानाको लागि मेरी आमाले थोरै खानेकुरा बोकिदिनुभएको थियो। मैले र मेरी दिदीले भनेर मामुले हामीलाई चिप्स, चकलेट, र बिस्किट पनि किन्दिनुभएको थियो । राम्ररी खानेकुरा बोकेको भएर हामीलाई गाडीबाट खाना खान ओर्लिनुपरेन। खानाको लागि नओर्लिए पनि शौचालय जान जरुरी पर्छ,त्यसैले हामी कुनै पनि रेस्टुरेन्टहरु देखिहाल्याैँ भने रोकेर गइहाल्थ्याैँ । पानी बोके पनि धेरै गर्मीका कारणले गर्दा म र मेरी दिदीलाई जुस खान मन लाग्यो। त्यसैले म र मेरी दिदीले एकअर्काका लागि भनेर जुस किन्याैँ । रातिको १० बजे हामी पोखरा पुग्यौँ, र त्यहाँ पुगेर हामीले खाना खायौँ र नुहाएर सुत्यौँ । हामी पोखरा आएको दशैँको यात्रा बनाउनुथियो । घरमा टिका नभएकाले हाम्रो आमा र बुबाले पोखरा जाने निर्णय बनाउनुभएको थियो। पोखरा आएको पहिलो दिनमा हामी पोखरामा पर्यटकीय
क्षेत्रहरू घुम्न गयौँ। पहिलो दिन हामी हाम्रो बाबाको साथीसँग शान्तिस्तुपा घुम्न गयौँ। त्यसपछि हामी बेगनास्ताल गएर मान्छेहरूले प्याराग्लाइडिङ गरेको हेर्याैँ । मामुलाई पनि प्याराग्लाइडिङ गर्न मन थियो त्यसैले हामीलाइ काककसँग छोडेर मामु र बाबा दुबैले प्याराग्लाइडिङ गर्नुभयो त्यो हेरेर म र मेरी दिदी अझै खुसी भयौँ । काकाको घर पोखरामै भएका कारणले गर्दा हामी उहाँको घरमा खाना खान गयौँ । त्यसपछि हामी ट्याक्सी लिएर डेविस फल हेर्न गयौँ । त्यहाँ धेरै नै पर्यटकहरू थिए । त्यस झरनाको सौन्दर्यता असाध्यै नै राम्रो थियो । हामी पोखरा अझै घुम्यौँ र त्यसपछि साँझ पर्ने बेला हुन आँटेको थियो त्यसैले हामी होटेलतर्फ लाग्यौँ । होटेलको नजिकै असाध्यै नै सानो तर मिठो खालको एउटा रेस्टुरेन्ट गएर हामीले खाना खायौँ । होटेलको कोठामा आएपछि हामी लुगा फेरेर सुत्न गयौँ। अर्को दिन उठ्दाखेरि मामुलाई धेरै सन्चो थिएन त्यसैले हामी होटेलको नजिक पर्यटकीय क्षेत्रहरू गयौँ । फेवाताल गएर हामीले नाउमा घुम्यौँ त्यहाँको प्राकृतिक हावाले गर्दा आमालाई आनन्द भयो। त्यसपछि हामी फेवातालको तालवाराही भन्ने मन्दिर पुग्यौँ। मन्दिरमा गएर हामीले फोटो र भिडियो खिच्यौँ। त्यसपछि हामी चमेराे गुफा जाँदै गर्दा हाम्रो बाबाको साथीसँग भेट भयो। हामीलाई थाहा नभएपनि बाबा र मामुले उहाँहरूसँग भेट्ने कुरा गर्नुभएको रहेछ। हामी सबैजना मिलेर चमेरो गुफा गयौँ । त्यहाँ असाध्यै अँध्यारो थियो,त्यसैले गर्दा हामीले टर्च लिएर त्यहाँ भित्र जानुपर्यो। चमेरोको आवाज र पानी कलकल बगिरहेको सुन्दा हामीलाई रमाइलो लाग्यो। त्यसपछि हामी चमेरो गुफाको छेउको रेस्टुरेन्टमा गएर जुस खायौँ । धेरै गर्मीका कारण जुसले हामीलाई सितल भयो।
अर्काे दिन हामी फेवालेक फेरि गएर त्यहाँको बाटो घुम्दै जाँदा हाम्रो आफन्तको लागि उपहार किन्याैँ । होटेल आउँदाखेरि साँझ परिसकेको थियो र मामुलाई गाह्रो भएर सुत्नुभयो। म, दिदी, र बाबा मिलेर बाहिर खान गयौँ । रातिको खाना खाएपछि हामी आ-आफ्नो कोठा गएर सुत्यौँ । अर्को दिन हामी पोखराको राष्ट्रिय हिमाल म्युजियममा गयौँ र त्यहाँभित्र देखाइएका विभिन्न हिमालहरू बारेमा पढ्यौँ त्यो देखेर हामीले न थाहा पाएको हिमालको बारेमा पनि जान्न सक्यौँ । बुबा आमासँग गएर होला हामीलाई अझै रमाइलो र खुसी लाग्यो। यसरी पोखरा घुम्न गएकाले हामीलाई अत्यन्तै खुसी रमाइलो लाग्यो । पोखरा एउटा रमणीय यात्राको रुपमा म र मेरो परिवारले लियाे ।
पोखराको प्राकृतिक सौन्दर्यता हेरेर हामीलाई आनन्द भयो। यसरी हामी अझै यात्राहरूमा जानुपर्छ भनेर हामी वर्षको एकचोटी कुनै न कुनै ठाउँ घुम्न जान्छौँ।
I visited Pokhara with my family during my Dashain vacation almost four months ago. I had to wake up at 5 am so that I would not miss the bus. Packing our stuff was challenging, especially because I felt sleepy. Fortunately, we quickly found our bus, which had better and softer seats compared to others. The bus ride was long and boring, so I took a few hours to sleep. We had booked a hotel named “Hotel Mandala” and it was not easy to locate. Nevertheless, I liked our hotel.
For dinner, we enjoyed pizza, and before sleeping, we strolled around Phewa Tal, the second-largest lake in Nepal. The next day, we booked a taxi to visit every place in Pokhara. Before that, we did some boating around Phewa Tal. My brother got scared for a few moments, but I found it somewhat boring. After finishing boating, we explored various places in Pokhara, starting with Sarangkot. From the tower, located at a high viewpoint, we could see every corner of Pokhara. We had lunch before visiting the largest cave in our country, Mahendra Cave. The cave had slippery rocks and darkness, so we moved on to Pumdikot, where a giant Shiva statue stands, offering a better view than Sarangkot.
Our next destination was Peace Stupa. Although the journey was long, the place was gorgeous. On our way to Devi's Falls, my parents bought my brother and me ice cream each. Devi’s Falls was our final stop, a waterfall whose sound I could hear from a distance. Now, we had to return to our hotel, but my brother refused to go without buying a toy, and he got one. After resting for some time, as we were leaving the next day, we strolled around the streets. My father showed us a wonderful place to visit, which was the highlight of the day. We even enjoyed some bubble teas.
The next day, it was time to leave Pokhara. I felt both sad and happy. During our return, we used the same bus we had taken to arrive.
विकास भनेको कुनै पनि क्षेत्रमा सकारात्मक परिवर्तन आउनु हो । देशको विकास भनेको हरेक नागरिकको कर्तव्य हो । मानिसहरूले यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ । नागरिकले लगाएका प्रयासअनुसार नै देशको विकास हुने हो । देशको विकास गर्नको लागि हरेक मानिसले सहभागिता लिनुपर्छ। मानिस र मानिस मिलेर एउटा परिवार बन्छ र परिवार परिवार मिलेर छरछिमेक बन्छ र छिमेकी मिलेर एउटा समाज बन्छ, समाज समाज मिलेर एउटा सहर बन्छ र सहर सहर मिलेर एउटा देश बन्छ।
समाजमा मान्छेहरूले राम्रो काम गरे भने त्यो समाजको विकास हुन्छ र समाज विकास भएपछि एउटा सहरको विकास हुन्छ र सहरको विकास भएपछि एउटा देशको पनि विकास हुन्छ। एउटा समाजमा देशका नागरिकहरू बसोबास गर्छन र त्यो समाजको विकास नागरिकको हातमा हुन्छ। जसले गर्दा एउटा देशको विकासमा नागरिकको ठुलो सहभागिता रहन्छ । नेपालमा हरेक ५ वर्षमा चुनाव हुन्छ। चुनावमा नागरिकले नै सही सदस्यहरूलाइ भोट दिने हो । यसको मतलब नागरिकले नै देशको विकासमा सहयोग गर्ने व्यक्ति ठान्ने हो । नागरिकले खराब सोचको मानिसलाई चुनेमा देशको विकास अघि बढ्न सक्दैन तर सही र असल सोच भएको मानिसलाई चुने देशको विकास अघि बढ्छ। त्यसै गरी, देशको एउटा नागरिक भएपछि आफ्नो देशमा नयाँ कुराहरू ल्याउने, एकअर्कालाई सहयोग गर्ने र समाजमा हुने अन्धविश्वास र नराम्रा प्रथा, आदिलाई हटाउनुपर्छ। त्यो गरेमा मात्रै देशमा सकारात्मक परिवर्तनहरू आउँछन् । देशको असल नागरिक भएर आफ्नै देशमा बसेर रोजगार गर्नुपर्छ । हामीले नयाँ कुरा सिकेर आफ्नो देशमा कर्यान्वयन गर्नुपर्छ । नागरिकले कर तिरेपछि नै सरकारले विकास जारी राख्न सक्छ। नागरिकहरूले देशमा के गर्दा राम्रो हुन्छ भनेर आफ्नो आवाज उठाउँछन् जसले गर्दा देशको विकास गर्न सहज सुन न हुन्छ। त्यसै गरी नागरिकले आफ्नो समाजमा केही पनि दुख पर्दा त्यसको समाधान निकाल्न एकअर्कालाइ सहयोग गर्छन ।
त्यसै गरी, एउटा देशको नागरिक भएपछि देशको विकास गर्न, समाजमा आइपरेका समस्याको समाधान निकाल्न र देशमा कुनै खालको पनि आपत आइपरेमा सहयोग गर्नुपर्छ। सबैलाई सम्मान गर्नुपर्छ र भ्रष्टाचार जस्ता नराम्रो कार्यकाे अन्त्य गर्नुपर्छ ।
संसारको सबैभन्दा सुन्दर मेरो देश नेपाल
आफ्नै संस्कृति र सभ्यतामा रमाएको मेरो देश नेपाल
चार जात छत्तिस वर्ण मिलेर बसेका छन् नेपालमा
दसैँ तिहार, इद, ल्होसार मिलेर मनाउँछन् यहाँ
मेरै देशमा छ विश्वको अग्लो शिखर सगरमाथा
हिमाल, पहाड र तराईमा बाँडिएको छ नेपाल
विकासतिर लम्केको छ मेरो देश नेपाल
विश्वभरि चिनिएको छ मेरो देश नेपाल
संसारको सुन्दर देश मेरो प्यारो नेपाल
देश विकासमा लाग सबै सुतेर समय नफाल ।