Logo

Student Corner

अनुशासन

Written by: Darshana Khadka - 31048, Grade VI

Posted on: 21 June, 2024

मेराे विचारमा अनुशासन भनेकाे गर्न हुने कुरा गर्नु र गर्न नहुने कुरा नगर्नु नै अनुशासन हाे  । कर्मचारीहरू समयमै कार्यालय पुग्नु, विद्यार्थीहरूले समयमै आफ्नाे काम गर्नु, शिक्षक शिक्षिकाले भनेकाे मान्नु आदि कुराहरू अनुशासनमै पर्दछन् ।अनुशासन भएन भने सन्तुलन बिग्रन्छ र समस्याकाे जन्म हुन्छ । अनुशासनले नै मानिसकाे प्रगति हुन्छ । प्राकृतिक अनुशासन भङ्ग भयाे भने भूकम्प, बाढी, पहिराे जस्ता प्राकृतिक विपत्तिहरूआउँछन् । हामीले पनि अनुशासन पालना गरेनाैँ भने विभिन्न समस्याहरूआउँछन् त्यसैले हामीले अनुशासनकाे पालना गर्नुपर्छ । अनुशासन भएकाे ठाउँमा सधेँ समृद्धि हुन्छ । अनुशासन चार प्रकारका हुन्छन् ती हुन् प्राकृतिक अनुशासन, आधिकारिक अनुशासन, व्यक्तिगत अनुशासन र सामाजिक अनुशासन । अनुशासनभित्र मेलमिलाप, शान्ति, संयम र धैर्यता जस्ता कुराहरू पर्दछन् । अनुशासनले नै हामी सामाजिक प्राणी बन्न सक्छाैँ ।