Logo

Student Corner

नारायणहिटी दरबार

Written by: Aarjan Khadka - 29003, Grade VIII

Posted on: 24 June, 2024

नारायणहिटी दरबार नेपालको एक सार्वजनिक सङ्ग्रहालय हो, जुन केसर महलको पूर्व र ठमेलको छेउमा अवस्थित छ । यो नेपालको एउटा संरचना थियो जहाँ राजपरिवारका अधिकृत वा राजपरिवारबाट आमन्त्रित व्यक्तिहरू बाहेक अरू कसैले प्रवेश गर्न पाउँदैन थिए । तर सन् २००८ मा शाह राजतन्त्रको अन्त्य भयो र नारायणहिटी दरबारका ढोकाहरू सन् २००९ फेब्रुअरीमा सर्वसाधारणका लागि खोलियो ।

 

यो अमेरिकी वास्तुकार बेन्जामिन पोल्कद्वारा निर्माण गरिएको थियो । ५२ कोठामध्ये अहिले १९ वटा मात्र सर्वसाधारणका लागि खुला छन् । ‘नारायणहिटी’ नाम दुई शब्द ‘नारायण’ र ‘हिटी’ मिलेर बनेको हो । नारायण भन्नाले हिन्दु देवता विष्णु हुन्, जसको मन्दिर दरबारको अगाडि छ र नेवार भाषामा ‘हिटी’को अर्थ ‘ढुङ्गेधारा’ हो, जुन दरबारको मुख्य प्रवेशद्वारको पूर्वमा पर्छ । शाही मुकुट रत्नहरू अक्टोबर २०१८ मा प्रदर्शनमा राखिएको थियो । शाही दरबार धेरै पूर्व राजा र रानीहरूको घर रहेको छ​ । नारायणहिटी दरबारमा ५२ वटा कोठा छन् जसलाई सदन भनिन्छ र नेपालको ७५ जिल्लाको नामबाट यसको नाम राखिएको छ । दरबारको भित्री भाग पुरानो भिक्टोरियन शैलीमा आधारित छ ।

 

कलाकार अमर चित्रकारद्वारा बनाइएको महेन्द्र, राजा वीरेन्द्र र शाह सम्राटहरूको जीवन आकारको चित्रहरू सिँढीहरूमा पाउन सकिन्छ​ । नारायणहिटी दरबार दशैँको समयमा सर्वसाधारणका लागि खुला गरिन्थ्याे जहाँ पूर्वराजाहरूले सरकारी अधिकारीहरू, उच्च तहका अधिकारीहरू र सर्वसाधारणलाई टिका लगाइदिन्थे ।