Logo

Student Corner

विद्यार्थी जीवन

Written by: Ramit Man Shrestha - 2029026, Grade III

Posted on: 06 September, 2020

विद्यार्थी भन्नाले त्यस व्यक्तिलाई बुझिन्छ जाे विद्यालयमा गएर विद्या आर्जन गर्दछन् र अनुशासनका कुरा सिक्दछन् । हामी पनि विद्यार्थी हाैँ र हामी विद्यालयमा गएर राम्रा  कुराहरू सिक्छाैँ । मलाई  विद्यालय जान धेरै रमाइलाे लाग्छ । विद्यालयमा मेरा धेरै साथीहरू छन् । गुरु गुरुआमाले हामीलाई नयाँ नयाँ कुराहरू सिकाउँनुहुन्छ । विद्यार्थीहरूका लागि विद्यालय एउटा ज्ञानको मन्दिर हाे, जहाँ किताब पढेर र  ज्ञान गुनका कुराहरू सिक्न पाइन्छ । जीवनमा चाहिने अनुशासनका कुराहरू पनि सिक्छौँ । विद्यालयबाटै हामीले ठुलालाई आदर गर्ने, सानालाई  माया गर्नुपर्छ भन्ने कुरा सिक्छाैँ । पाहुनालाई गरिने सत्कार, सम्मानका कुराहरू पनि विद्यालयबाट नै सिकिन्छ । विद्यालयमा पढेर हामी असल खराब कुराहरू पनि छुट्याउन सक्छाैँ । विद्यार्थीहरू सधैँ अनुशासित हुनुपर्दछ । विद्यार्थी जीवन एउटा सुन्दर र रमाइलाे जीवन हो जसमा हामी विद्यार्थीहरू पढ्छाैँ, खेल्छौँ, सिक्छाैँ र साथीहरूसँग धेरै समय बिताउँछौँ अनि हामी खुसी हुन्छाैँ ।