Logo

Student Corner

Articles

डिस्कोर्ड
- Dhiraj Chapagain - 2022007, G ... 28 December, 2020

डिस्कोर्ड एउटा अमेरिकी इन्स्ट्यान्ट मेसेजिङ र डिजिटल सामग्री वितरण गर्ने प्लेटफर्म हो । डिस्कोर्ड प्रयोगकर्ताहरूले भ्वाइस कल, भिडियो कल, म्यासेज, तथा निजी कुराकानीमा फाइलहरू वा "सर्बर" भनिने समुदायहरूकाे अंशको रूपमा सञ्चार गर्छन् । डिस्कोर्ड अहिलेको युवाहरूले डिजिटल खेल खेल्दा अथवा केही बोल्नु परेमा प्रयोग गर्ने गरेका छन् । मैले आफ्नाे उदाहरण दिनुपर्दा मेरो दिन पनि डिस्कोर्डमै बित्ने गर्छ । साथीहरूसँग कुरा गर्न होस् वा खेल खेल्दा होस या पढाइबारे छलफल गर्न नै किन नहोस् । मलाई डिस्कोर्ड चलाउन सारै सजिलो लाग्छ । डिस्कोर्डमा यसका अतिरिक्त  बटहरू पनि हुन्छन् । यस्ता बटहरू कम्प्युटर टेक्नोलोजीबाट आफैँ चल्ने भएक कारण बटहरूले स्वतन्त्र रूपमा तथा निर्देशनानुसार धेरै काम गर्न सक्छन्।कुनै बटले हामीले भनेको गीत बजाउँछ त कुनैले हामीले भनेको काम गर्छन् । यस्ता थुप्रै बटहरूले डिस्कोर्डको अनुभव नै छुट्टै बनाइदिन्छ । हाल डिस्कोर्डका ३० करोडभन्दा बडी प्रयोगकर्ताहरू छन् । डिस्कोर्ड कम्प्युटरमा मात्र नभएर फोन तथा यस्तै विभिन्न माध्यमहरूमासमेत उपलब्ध छ । हामीले अरूको मात्रै नभई आफ्नै समुदाय बनाएर आफू जस्तै विश्वभरका थुप्रै मानिसहरूसँग आफ्ना विचार साट्न सक्छौँ । डिस्कोर्डमा थुप्रै खेलदेखि पढाइमासमेत सहयोग गरिदिने सम्पर्क समुदाय छन् । टेक्नोलोजीको विकास र बिस्तारसँगै मैले पनि कहिले नभेटेका  मान्छेहरूसँग साथी हुने मौका पाएको छु । मैले मेरो विद्यालयबाहेकका साथीहरूसँग सबै डिस्कोर्डमार्फत् नै भेटेको हुँ।आफ्नै एउटा सर्बर पनि छ।खासै धेरै मान्छे नभए पनि सबैसँग कुरा गर्दा रमाइलो  नै लाग्छ।


Read More
Why Stoicism is wrong
- Dhiraj Chapagain - 2022007, G ... 27 December, 2020

Stoicism is the endurance of pain or hardship without the display of feelings and without complaint. It states that we should attempt to curb our emotions when faced with things we can do nothing about. Stoicism is supposedly designed to make people more resilient, happier, more righteous, and wiser–and as a result, better people. Stoicism teaches the development of self-control. It teaches us desirable values such as courage, patience, self-discipline, serenity, perseverance, forgiveness, kindness, and humility. But does this make stoicism good and is it really for us? what should we do about things we can’t do anything about?
Stoicism believes that we should control things that we can change: emotions, desires, feelings, and totally ignore external events and there is a problem with that. It makes us accept things we aren’t actually supposed to. According to stoicism, while the sugarcane farmers are protesting demanding payment dues, we should not respond to it but rather control our decisions. On the surface, stoicism might seem practical but the world is running with the decisions tied to our emotions. We should express our emotions to the external events occurring. We should be angry at the government if they do not fulfill their promises. When should we express our emotions instead of suppressing them? These were totally my personal opinions.
Citation: -   

S Grant, January 18, 2017; https://qz.com/887524/forget-stoicism-a-leading-philosopher-explains-why-we-shouldnt-try-to-control-our-emotions


Read More
नौ महिना पछिको विद्यालय अनुभव
- Simone Shree Pathak - 2023012 ... 27 December, 2020

धेरै दिनपछि विद्यालय जाने कुराले एकातिर मन खुसी थियो भने अर्कोतिर डर पनि । अझ भनाै पहिलो दिन म विद्यालय जाने कुराले एकदम आत्तिएकी थिएँ। विद्यालय नगएकाे पनि नाै महिनाभन्दा बढी भएको थियो । बाहिर जे देखिन्थ्याे भित्र अर्कै । वास्तवमा भन्ने हाे भने भित्री मन जान तयार थिएन। ९ महिनाभन्दा बढी घरमा बसेको हुनाले मलाई विद्यालय जान कता कता नाैलाे र एक किसिमकाे भित्री  डरले च्यापेकाे थियाे । 

 काेराेना कालमा म जस्ता सबैकाे घर नै विद्यालय थियाे र छ पनि । हाम्राे विद्यालयले पनि विद्यालयमा नै परीक्षा लिने विचारले पौष ६ गतेदेखि परीक्षा तालिका सार्वजनिक गर्याे । कतिपय साथीहरू बसबाट आउने थिए भने म चाहिँ पैदल थिएँ। जे हाेस् कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरू विद्यालयमा आएर नै परीक्षा दिन तयार भयाैँ । हामीले हाम्राे परीक्षा क्याम्पसकाे भवनमा दिनुपर्ने थियो र अरू जस्तै म पनि विद्यालय पुगेँ । हाम्रो विद्यालयमा परीक्षा क्रमाङ्क भएकाहरूले मात्र प्रवेश गर्न पाउने व्यवस्था थियो। हाम्रो विद्यालयले कोभिडको लागि सबै आवश्यक सुरक्षा सावधानीहरू अपनाएको थियो। शिक्षकहरू सबैले मास्क र ग्लोभज लगाएका थिए र विद्यार्थीहरूलाई पनि मास्क लगाउन लगाइएको थियो। मेरो पहिलो दिनकाे परीक्षा गणित विषयकाे थियो। अरू जस्तै म पनि परीक्षा हल प्रवेश गरेँ। परीक्षा हलभित्र पहिलै नै एक शिक्षक थिए। उनी विद्यार्थीहरू भित्र पस्न र परीक्षा सुरु गर्नका लागि प्रतीक्षा गरिरहेका थिए। मेरा साथीहरू र म परीक्षामा आउने सम्भावित प्रश्नहरूबारे छलफल गर्दै थियौँ। निर्धारित समयमा परीक्षा  सुरु भयाे र सकियाे पनि । परीक्षा १ घण्टा ३० मिनेटकाे थियो। परीक्षा सकिएपछि  म र मेरा साथीहरू परीक्षा कस्तो भयो भनेर एकअर्काेलाई साेध्याैँ  । सबैले राम्रै भएकाे सुनाए ।

केही समय साथीहरूसँग परीक्षाको छलफल गरेपछि हामीलाई घर जान भनिएको थियो । म पनि एउटा साथीसँग घरतिर लागे। म मेरो विद्यालयको सुरक्षा सावधानीबाट पूर्णरूपमा सन्तुष्ट थिएँ। मेरो नौ महिना पछिको विद्यालय अनुभव सोचेको जस्तो नराम्रो थिएन।  


Read More
Is reopening the school a good idea?
- Deelisha Maharjan - 2022006, ... 24 December, 2020

We know all the institutions were closed due to this corona pandemic in the world. We all stayed many months in our home, attending our school online, working from home, running a business online, didn’t we? Now after so many months, life is back to normal (well almost). People are going to their work, most of the institutions have opened, people are traveling. As we know, there are some schools which have already opened and the regular classes are also running smoothly with the preventive measures.

We have also got the news that our school is also going to reopen. Reopening the school is quite good as well as a bad idea. When the school reopens, we will go back to our normal classes physically, but during this pandemic reopening the school can also prove to be difficult. Reopening the school is not a bad idea but if there are no preventive measures followed like sanitizing, maintaining social distance, wearing face masks at all times, and wearing the protection band then there will be more chances that the students and the teachers will be infected by each other's diseases. While studying online, there are also many difficulties while teaching the students and difficulties for teachers also. Many chapters couldn’t be taught online because of many technical problems. If school reopens then there would be sufficient time to teach and finish the lesson plan whereas in online school there are fewer periods and has insufficient periods to finish the curriculum in time. This will be trouble for both teachers and students. Whereas if the school does not open, there will be less chance of physically distancing with many people which will be less dangerous to us. If the school decides to reopen, then they should take the responsibility of keeping the students and teachers safe by providing sanitizer, checking the temperature, maintaining social distancing, maintaining clean and separate desks.

Reopening isn’t a bad idea though many parents are a little concerned with the pandemic situation and there might be the situation that they won’t send their child to the school. Reopening the school is a good idea because there are a lot of benefits for the students and teachers in the context of studying.


Read More
प्राकृतिक संसाधन
- Bipana Shrestha - 2023003, G ... 24 December, 2020

प्रकृतिमा रहेका सबै चीजहरू जुन जीवित जीवहरूले उनीहरूको बाँच्न र विकासको लागि प्रयोग गर्दछन् तिनीहरूलाई प्राकृतिक संसाधन भनिन्छ। उदाहरणका लागि बिरुवाहरू, जनावरहरू, सूर्यको किरण, पानी, खनिजहरू, र जीवाश्म ईन्धनहरू। यी प्राकृतिक संसाधनहरू उनीहरूको प्राकृतिक अवस्थामा रहन्छन् यदि उनीहरूले मानव शोषण गर्दैनन् र यदि कुनै प्राकृतिक प्रकोप देखा पर्दैन भने प्रकृतिमा चलिरहेका प्राकृतिक प्रक्रियाहरूले यी संसाधनहरूबिच सन्तुलन कायम गर्न मद्दत गर्दछ। तिनीहरूलाई विनाश वा गिराउनबाट पहिले सुरक्षित राख्छ। यदि प्राकृतिक संसाधनहरू सही रूपमा उपयोग नगरिएमा, तिनीहरूबीच सन्तुलन हुँदैन । प्राकृतिक स्रोतहरूको उपयोगलाई तिनीहरूको प्राकृतिक पुनर्जन्म र पुनर्स्थापना प्रक्रियामा हस्तक्षेप नगरी प्राकृतिक स्रोतहरूको संरक्षण भनेर चिनिन्छ। मानव अस्तित्व प्राकृतिक संसाधनहरूमा भर पर्दछ, तर सबै प्राकृतिक संसाधनहरू नवीकरणीय हुँदैनन्। हामीले खाने खाना र पानी, हामीले सास फेर्ने हावा र आश्रय हामी सबैले प्राकृतिक स्रोतबाट नै प्राप्त  गर्छौं। त्यसैले हामीले ग्रह र मानवजातिको स्वास्थ्य र दीर्घायूलाई प्रोत्साहित गर्ने कुराको संरक्षणको लागि कदमहरू चाल्नै पर्छ। मानव गतिविधि, मुख्यतया जीवाश्म इन्धन जस्ता अपरिवर्तनीय स्रोतहरूको प्रयोग, जलवायु परिवर्तनसमेत  यसमै भर परेकाे छ। हाम्रा प्राकृतिक स्रोतहरूको संरक्षण गरेर हामी ग्रीन हाउस ग्यास उत्सर्जन घटाउन सक्छौं र हाम्रो प्राकृतिक वातावरणमा अझ बढी सकारात्मक प्रभाव पार्न सक्छौं।

हामी हाम्रा घरमा प्रयोग हुने विभिन्न वस्तुहरूकाे न्युनतम प्रयोग गरेर प्राकृतिक संसाधनहरूको संरक्षण गर्न सक्छौं। उदाहरणकाे लागि विद्युतीय उपकरणहरू प्रयोग नभएकाे अवस्थामा बन्द गर्न सक्छाैँ ।कतिपय व्यक्तिहरू दाँत सफा गर्दा धाराे खुलै राख्ने गर्छन् । प्रयोग विहीन अवस्थामा  धाराे बन्द गर्नाले पानी बचत हुन्छ । त्यस्तै प्लास्टिकको झोलाको सट्टा कपडा झाेलाहरू  प्रयोग गर्न सक्छाैँ ।प्राकृतिक संसाधनकाे समुचित प्रयाेग मानव र प्रकृति दुवैकाे हितमा हुने कुरामा कुनै दुई मत छैन  ।


Read More
Conflict can create an environment friendly
- Deelisha Maharjan - 2022006, ... 23 December, 2020

Conflict is defined as a clash between individuals arising out of a difference in thought process, attitudes, understanding, interests, requirements, and even sometimes perceptions. A conflict not only can arise between individuals but also among countries, political parties, and states as well. Talking about conflict, even negative conflicts can have a positive impact on a group or the environment because if there is no conflict there are no problems being identified and being solved. 

Positive conflict can create a friendly environment because it introduces new ideas and thoughts to the group or society. Positive conflicts are the conflicts that produce new ideas and solve the existing problems and also have a tendency of providing new opportunities. Positive conflicts are constructive in them. An example of positive conflict may be the conflict to solve certain problems that have been underlying in the group. When there is both positive and negative conflict happening in society, you know what is happening there related to the environment, isn’t it?

Positive conflicts can make the environment better by simply reworking the system itself. There can be either major or minor changes that can take place with the help of positive conflicts. Positive conflicts also bring creativity in the environment of the group or the society, ultimately making the environment better.

Positive conflicts can also enhance the competition among the parties in the environment. There can be many parties that look after the same project and can point out the bad areas of the project and when the problem gets solved, the project gets better by being more competitive.  There can be better projects for the environment. Therefore, conflicts are of two types, positive and negative. Negative conflicts can also bring strength in the environment but positive conflicts do the same thing that negative conflicts do but in a better and civilized manner.


Read More
ग्रहण (सूर्य र चन्द्र)
- Pranjal Khatiwada - 2022013, ... 23 December, 2020

सामान्यत: सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । ग्रहण ‌औँसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहणऔंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ। पृथ्वीकाे छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हाे । साैर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबिच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ।  आमावास्यबाहेक अरू तिथिमा त्यस्तो स्थिति पर्दैन । यसै गरी पूर्णिमाको रातमा सूर्य र चन्द्र दुवै एक आपसको आमनेसामने रहन्छन् । त्यतिखेर सूर्यको प्रकाश चन्द्रमामा पुरै पर्ने भएकोले बढी चम्किलो हुन्छ। तर त्यसबेला पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रमा छेकिन्छ र चन्द्र ग्रहण लाग्दछ।

पुराणमा ग्रहण हुनुलाई सूर्य र चन्द्रलाई राहुले निलेको भन्ने अर्थ दिइएको छ। त्यसैले यसबेला सुतक लाग्ने हुनाले हाम्रा पञ्चाङ्गहरूमा ग्रहणसमयमा गर्नुपर्ने नियमहरू बताइएका पाइन्छन् । ज्योतिष बराहमिर्ले चर्चा गरेअनुसार एक असुरलाई ब्रह्माबाट ग्रहणमा गरिएको दान पुण्य एवं आहुतिबाट सन्तुष्टि मिल्ने छ भन्ने बरदान मिलेको थियो।  त्यही असुर बरदानअनुसार आफ्नो अंश ग्रहण गर्न उपस्थित हुन्छ; जसलाई राहु भनिन्छ।  जति बेलासम्म आँखाले देखिन्छ त्यति बेलासम्म ग्रहणको पुण्यकाल मानिन्छ।  तर बादल लागेर ग्रहण नदेखिँदा पनि पुण्यकाल नै हुन्छ भन्ने धार्मिक विश्वास छ। ग्रहणको बेला पुण्यकाल त मानिन्छ नै, त्यसमा पनि सूर्य ग्रहण रविबार र चन्द्र ग्रहण सोमबार परेको छ भने त्यसलाई चुडामन्दी योग भनिन्छ।  त्यस्ताे योगमा गरेको दानको अनन्त फल बताइएको छ।  

ग्रहणकाे समयमा  गङ्गा स्नानको विशेष महत्त्व रहेकाे  छ र पनि ग्रहणको बेला सबै जल गङ्गा जल र सबै ब्राह्मण दान योग्य बताइएको छ । तर पनि सत्पात्रमा गरिएको दान अधिक पुण्यदायक हुन्छ।  ग्रहणको सुरुमा स्नान  त्यसपछि हवन ,देवपूजन, मन्त्र जाप , श्राद्ध र दान गर्नु पर्दछ।  ग्रहण मोक्ष भएपछि फेरि स्नान गर्नु पर्दछ।


Read More
Struggling Through Books
- Arunesh Manandhar - 2022002, ... 22 December, 2020

Students are meant for mainly “study and to acquire knowledge”. It is the one and only responsibility is given by God to the students. Though I think it is an easy task as we only need to be in a specific place and study every time. It is not easy for us; students and learners, to do the individual tasks as well. People feel pathetic about them rather than us, students. But, have they ever thought about what it's like to be a student? Well, the specific and general answer might be “no” instead. People work, live life, and finally get comfort, food, life, etc. However, talking about students, we need to be executed to such an in-prude book! If we could not only complete half of the task, there won’t be any use of comfort, food, life, and shelter, etc. We would not be able to even swallow a bite of bread. Generally, other tasks can be done with less focus and concentration. However, we need to be physically and mentally prepared and increase our potential to an optimum level. When we reach high school then it’s like:
Books, boots, everywhere; not a single chapter to be known! Life is not a bed of roses for students. We need to have all the characters of all the subtle animals, people, etc focusing like a crane, sleeping habits like a dog brain like Einstein, hardworking like bees and ants. Could we ever think of anything else rather than thinking about such naive books which never get friendly with us?

We students are made sophisticated by books, kept a vow with God to study hard, have a full-fledged responsibility like prayer in the church, a farmer working in the scorching sun, the doctor doing surgery in the operation theatre and mostly punctual, determined, devoted, disciplined to our work. Books lead us to the way and it is a third eye of perceiving the knowledge.


Read More
अपाङ्गमैत्री व्यवहार सामाजिक सचेतना
- Muskan Singh - 2023005, Grad ... 22 December, 2020

अपाङ्गता भन्नाले शरीरका अङ्गहरूमध्ये कुनै पनि एक अङ्ग सामान्य अवस्थामा नरहनु हाे ।सामान्य भाषामा भन्ने हाे भने हात खुट्टा वा शरीरका कुनै महत्त्वपूर्ण अङ्गले काम गर्न नसक्नु भन्ने बुझिन्छ । अपाङ्ग मानिस आफैले चाहेर वा रहरले हुने हाेइन । याे त जन्मजात वा कुनै दुर्घटना अथवा कुनै विपत्तिकाे कारणले हुने हाे । हाम्राे समाजमा अशक्त मानिसहरू र उनीहरूका परिवारलाई आर्थिक र सामाजिक जीवनबाट धेरै तरिकाले बहिष्कार गरिन्छ। उनीहरूलाई समाजिक कार्यमा सहभागी गराइदैन  । यस्ताे हुनु भनेकाे सामाजिक सचेतनाकाे कमी हाे ।

अपाङ्गता भएका व्यक्तिलाई सहयाेग सद्भाव र अवसरकाे खाँचाे हुन्छ । अवसर पाएमाअपाङ्गता भएका व्यक्तिहरू पनि सामान्य मानिससरह आफ्नाे जीवन व्यतीत गर्न सक्छन् । उनीहरू हाम्रै समाजका सदस्य   हुन् भन्ने कुरा हामी सबैले बुझ्नु  जरूरी छ । अपाङ्गता भएका  व्यक्तिलाई कसरी सम्बोधन गर्ने र उनीहरूसँग उपयुक्त व्यवहार कसरी गर्ने भन्ने बारेमा हामी जानकार हुनुपर्छ । अपाङ्ग कुनै पूर्व जन्मकाे फल वा पापकाे सजाय हाेइन भन्ने कुरा हामीले आफूले बुझेर अरूलाई पनि बुझाउनु पर्छ । 

अपाङ्गमैत्री व्यवहार रसामाजिक सचेतनाका निम्ति दैनिक कुराकानीलगायत हरेक कार्यमा,अशक्त मानिसहरूलाई स्वतन्त्र व्यक्तिको रूपमा हेर्न र उनीहरूलाई सामान्य मानिससरह व्यवहार गर्नुपर्छ। उनीहरूलाई आफूसक्दाे सहयाेग गर्नुपर्छ । उनीहरूकाे मनाेबल बढाउने र हाैसला दिने काम गर्नुपर्छ। 

 


Read More
“Turtles all the way down” - Book review
- Himani Bhattarai - 2023017, G ... 21 December, 2020

Turtles all the way down is a popular book written by John Green. It was published on October 10, 2017. It is one of the most popular books written by John Green. The genre of the book is young adult fiction and the theme of the book is about mental illness (Obsessive Compulsive Disorder). It deals with the thoughts of the main character, Aza Holmes. It focuses on the struggle of Aza or any person who is suffering from OCD.

The novel begins with Aza speaking up about her illness (OCD). She describes how she cannot control her feelings sometimes and finds herself lost in the end. She is trapped by her own thoughts. She keeps describing her Illness. Soon Daisy and Mychel are introduced in the book, Daisy, Aza’s best friend, and Mychel, one of her artistic friends. Then she goes to have food and eats a sandwich and realizes that she can hear the bacteria in the stomach and feels disgusted while eating. She struggles with anxiety and fears about bacteria. After sometime Mychel tells about the disappearance of Mr. Pickett a night before the police raid was planned on him in the case of bribery. But Aza could not speak up as she was worried if she got a parasitic infection. She couldn’t control her feelings and finds herself lost in her thoughts. Daisy was expecting her to say something but she couldn’t speak up due to anxiety. After some time Michael tells Daisy about his new project aza gets interested and tries to focus on his words but couldn't as she gets distracted by the sound of bacteria time and again. Aza and Daisy know about Mr. Pickett and his sons. We get to know that Aza had a crush on Davis and they insist on visiting him. Soon we can see the love story unfolding between Davis and aza though she gets lost by her thoughts time and again. She could hear and imagine the bacteria spreading in her stomach due to anxiety she even drinks hand sanitizer. and aza describes to us about her childhood before she was attacked by OCD. She tells how frustrated she gets time and again Aza and Daisy starts exploring things on their own and tries to solve the mystery of the unexpected disappearance of Mr. Pickett. They suspect that the billionaire Mr. Pickett had already died. Time passes and Davis and his younger brother Noah decide to move to Colorado, Aza and Davis say their goodbyes and the book ends.

This book is strong enough to show a person living who is suffering from OCD. It shows the strong friendship of Aza and Daisy and how Daisy always tries to cheer Aza up and encourage her to explore new things. The fact I disliked is how Daisy couldn't understand what her best friend is suffering from. Overall I liked the book and I would like to recommend this book as well.


Read More
भानुभक्त आचार्य
- Simone Shree Pathak - 202301 ... 21 December, 2020

भानुभक्त आचार्यको जन्म २९आषाढ वि सं १८७१ मा तनहुँकाे  चुँदी रम्घामा भएकाे हाे । उनी नेपाली साहित्यका आदिकवि हुन् । अध्यात्म रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने महत्त्वपूर्ण कार्य उनीबाट नै भएकाे थियाे ।नेपाली भाषामा अनुदित पहिलाे महाकाव्य लेख्ने भानुभक्त शाश्त्रीय कवि हुन् ।

भानुभक्त आचार्य ब्राह्मण परिवारमा जन्मेका थिए । उनले  हजुरबुबाबाट घरमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए ।। उनका बाजे संस्कृतका विद्वान् भएकाले उनले पनि बाजेबाट संस्कृत भाषा सिक्ने अवसर पाए । उनी पहिलेका  धेरै कविहरूले संस्कृतमा कविता लेखेका थिए भने आचार्यले नेपाली भाषामा लेख्न सुुरु  गरे । अधिकांश नेपालीले संस्कृत भाषा नबुझ्ने  हुनाले उनले संस्कृत महाकाव्यलाई नेपाली भाषामा अनुवाद गरे। रामायणको काल्पनिक कथा शैलीको संरक्षणका साथै भाव र मर्मलाईसमेत ख्याल गरी अनुवाद गरेका छन् । 

उनले कुनै पश्‍चिमी शिक्षा प्राप्त गरेनन् ।उनका रचनामा नेपाली स्वाद,नेपाली लाेकलय,नेपाली जनजीवन र नेपाली माटाे पाउन सकिन्छ । उनका फुटकर रचनाका साथै खण्डकाव्य र महाकाव्यमासमेत यस्ताे नेपालीपन पाउन सकिन्छ । उनका लेखनका विशेषताहरूमा धर्मको भावना, सरलता र आदर्श समाजकाे परिकल्पना भेट्न सकिन्छ।  घाँसीबाट प्रेरित भएर साहित्य लेखनमा लागेका कवि नेपालीका लाेकप्रिय र आदिकवि बनी मन मुटुमा बस्न सफल भएका छन् । उनले आफ्नाे जीवनकालमा भाेगेका र देखेका विषयवस्तुलाई साहित्यकाे प्रमुख स्राेत बनाएका छन् । आफूले भाेगेकाे देखेकाे कुराबाट प्रभावित भएर साहित्य रचना गर्न सक्नु यिनकाे बाैद्धिक खुबी हाे । 

भानुभक्त आचार्यले आफ्नाे जीवन कालमा एक रामायण, आधा दर्जन जति खण्डकाव्य र थुप्रै फुटकर कविताहरू रचना गरेका छन् । यीमध्ये रामायण,प्रश्नाेत्तर,भक्तमाला र बधूशिक्षा उनका चर्चित कृतिहरू हुन् । नेपाली भाषा र साहित्यको जग बसाल्ने काम यिनले गरेकाले कवि मोतीराम भट्टले आचार्यलाई आदिकवि भनेका हुन्।  वि.सं. १९२५ मा यस संसारबाट बिदा भएका भानुभक्त आचार्यका कृतिले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन्।


Read More