Logo

Student Corner

Articles

मुनामदन खण्डकाव्यको पुस्तक समीक्षा
- Bishakha Upadhyay - 30010, Gr ... 30 November, 2023

मुनामदन खण्डकाव्य लक्ष्मीप्रसाद देवकोटाले लेखेका हुन् । यसमा दुई प्रेमिल जाेडीहरूको बारेमा लेखिएकाे छ । मुना र मदन विवाहकाे हुन्छ, यी दुई श्रीमान् श्रीमती हुन् । मुनाका बाबु मरिसकेका छन् । मदनकी ६० वर्ष नाघेकी बुढी आमा छिन् । मदन गरिब परिवारका हुन् । मुना र मदन एकअर्काको मायामा पागल भएका छन् । तिनीहरूलाई कसैले पनि अलग गर्न सकिएन । मदनकी आमालाइ पाटी पाैवा बनाउने ठुलो रहर थियो । मुनालाई पनि सुनकाे चुरा लगाउने ठुलो रहर थियो त्यसैले आफ्नो परिवारको इच्छा पूरा गर्न मदन पैसा र सुन कमाउन ल्हासा गएका थिए । किनभने ल्हासा त्यतिबेला निकै धनी सहर थियो ।  यात्रा कठिन थियो, तर मदनलाई थाहा थियो कि  आफ्नो परिवारलाई खुसी बनाउन जानुपर्छ । मुनाले उनलाई दिनरात ल्हासा नजान बिन्ती गर्थिन् तर उनले आँसु नभई अनुहारमा मुस्कान लिएर विदा दिनुपर्छ भनी मनाउँथे । मदन र उनका साथीहरूको समूह ल्हासा गए । त्यहाँ दुई महिना काम गरेर धेरै पैसा र सुन कमाए । (मदनले पैसा र सुनले आफ्नो परिवारको इच्छा पूरा गर्न, ऋण तिर्न र आफ्नो पुरानो घर मर्मत गर्ने योजना बनाएका थिए। )। यता नेपालमा मुनासँग बिहे गर्नका लागि गुण्डाले सक्दो गरे । गुण्डाले मुनाको भाउजूलाई मुनासँग बिहे गर्न मनाउन पनि भने तर मुना एक इमानदार पत्नी भएकाले मानिनन् । त्यहाँ ल्हासामा मदन र उनका साथीहरू घर फर्कने योजनामा ​​थिए । बाटोमा मदनलाई हैजा (एक घातक रोग) लाग्छ । उनका साथीहरूले उनलाई त्यहाँ छोडेर घर फर्के। भोटेले मदनलाई भेट्टाए र उनलाई निको पार्न सघाएर सकुशल घर पठाए । मदनकाे मृत्यु  भयाे भनेर गुण्डाले मुनालाइ चिठी पठाए । याे खबरले मुनाको हृदयघातका कारण मृत्यु हुन्छ । मदनकी आमा बिरामी थिइन् । मदन घर फर्किने बित्तिकै आमाको मृत्यु हुन्छ । आमा र श्रीमतीकाे मृत्युकाे खबरले मदन शाेकमा पर्छन् । मदनले सबै पैसा र सम्पत्ति आफ्नी दिदीलाई दिएर आफ्नाे प्राण त्याग गर्छन्  l यसरी कथाकाे अन्त्य भएकाे छ ।


 


Read More
खेलकुद सप्ताह
- Bishop Chalise - 29010, Grade ... 29 November, 2023

हाम्रो विद्यालयमा वार्षिक रूपमा हुने खेलकुद सप्ताह विद्यार्थीहरूको लागि  रोमाञ्चक समय हो हप्ताभरि निर्धारित विभिन्न खेलकुद र गतिविधिहरूको साथ, त्यहाँ सबैको लागि भाग लिने र रमाइलो गर्नको लागि केही थियो । टेबलटेनिसदेखि ब्याडमिन्टन, योगदेखि चेस र फुटसलदेखि बास्केटबलसम्म विद्यार्थीहरूको सहभागिता रहेको थियो । विभिन्न सदनका विद्यार्थीहरूले विभिन्न खेलकुद र गतिविधिहरूमा भाग लिएपछि विद्यालय भरि ऊर्जाले भरिएको थियो।


 

मेची सदनको सदस्यको हैसियतले म आफ्नो सदनको गौरवका साथ फुटसल प्रतियोगितामा सहभागी भएँ । टूर्नामेंट बिहीबारबाट सुरु भयो, र मेरो सदनले सबै खेलहरूमा जित हासिल गरेकोले म रोमाञ्चित भएँ, शुक्रबारका धेरै फाइनल खेलमा अगाडि बढेँ । 


 

बास्केटबलमा पनि मेरो सदनले राम्रो प्रदर्शन गर्‍यो र फाइनलमा पुग्यो । रमाइलो र प्रतिस्पर्धाको बाटो सिर्जना गर्दै सम्पूर्ण विद्यालय आ-आफ्नो सदनको पछाडि जुट्यो


 

फाइनलको दिन आयो र उत्साह उच्च थियो ।  म उत्साह र दृढ सङ्कल्पले भरिएको थिएँ ।मेरो सदन विजयी हुन सफल भयो, मेरो सदनका साथीहरू र सम्पूर्ण विद्यालय समुदायमा हर्ष र गर्वको लहर छायाे । केही क्षणपछि, बास्केटबल फाइनल कार्यमा सामेल भयो । हाम्रो खुसीको लागि, मेरो सदनले पनि जित हासिल गर्‍यो, हाम्रो खुसी र उत्सवलाई दोब्बर बनायो। मेडल र प्रमाणपत्र वितरण समारोहसँगै खेल सप्ताह समापन भयो । 


 

सबै सहभागीहरूको कडा परिश्रम र समर्पणलाई स्वीकार गरियो र उत्सव मनाइयो । फुटसल र बास्केटबल प्रतियोगितामा मेची हाउसको सफलतामा योगदान पुर्‍याएको भन्दै मेडल र प्रमाणपत्र प्राप्त गर्न पाउँदा म निकै खुसी छु ।


 

अन्त्यमा, खेलकुद सप्ताह एकता, खेलकुद र प्रतिस्पर्धाको ठुलो उदाहरण थियो जसले हाम्रो विद्यालय समुदायलाई वर्णन गरेको थियो । विद्यार्थीहरूलाई खेलकुदप्रतिको आफ्नो प्रतिभा र लगन देखाउने मञ्च पनि प्रदान गरेको छ। म यस्तो उत्कृष्ट र सम्मानित अनुभवको एक हिस्सा बन्ने अवसरको लागि धेरै खुसी छु  र म भविष्यमा हुने खेलकुद कार्यक्रमहरूको लागि उत्साहित छु जसले हाम्रो विद्यालयलाई निरन्तर प्रेरणा दिने छ ।


 


Read More
डढेलो पछिको वसन्त
- Anushree Acharya - 28002, Gra ... 28 November, 2023

मेरो आँगनमा फुलेको 

मखमली फूलको  हाँसो 

शिशिरको रुखो हावाले 

उडाएर लगेपछि

कक्रक्क परेको एउटा बूढो रूखझैँ  

कलेटी परेका ओठ लिएर

बुबाका फाटेका ती इष्टकोट 

र दश ठाउँ सिलाइएको पाइन्ट 

लगाएर एउटा छोटो आयु बाँचिरहेछ 

शिशिर अनि मेरो मखमली फूल ।


 

चैत्रमासको हुर्हुरे बतास 

आँखाले हेर्दा पारिपट्टि देखिने

भीर पाखामा लागेको डढेलो

डढेलोले खाएको चराको गुण

रोएका बचराहरू

पानीको प्यास मेटाउन 

तल खोलाको तिर्तिरे धारामा

बतासिएर पुग्दा 

वसन्तका पालुवा पलाउँदै थिए

आँगनका  मखमलीमा 

आँकुरा पलाउँदै थिए 

बा को फाटेको पाइन्ट फेरिएको थियो 

धमिलो खोलाको पानी 

कलकल र सङ्ग्लाे बनाउन

वसन्तको आगमन भएजस्तै

मान्छेको जीवनमा 

डढेलोपछि पनि वसन्त आउँछ ।


 

शिशिरमा त्रासले काँपिरहेको फूलझैँ

हिउँदमा फुटेका आमाका हात 

र आँसु सकिएका आँखा

कहाँ छ भित्री आखाको  ज्योति ? 

विदेश पलायन भएको छोरो 

कहिले फर्केला भन्ने एक त्यान्द्रो आशामा

दाइको फोटो अङ्गालेर बसेकी बहिनीलाई

वसन्तले ढोका ढकढक्याउँदा  

बिस्तारै, टकटक पाइला चाल्दै आउँदा

सूर्यमूखीको उज्यालो अनुहार 

र चराको चिरबिर आवाज

स्वागतका लागि ओछ्याइएका फूलहरू

आशाको ज्योतिमा धपक्क चम्किन्थे 

धमिलो खोलाको पानी

सङ्‌ग्लो बनाउन

र कलकल बगाउन

आएको थियो ऊ

शिशिरको शुष्क हावालाई काट्दै

र त्यसको कठोरतालाई टाढा भगाउँदै आएको 

डढेलो पछिको वसन्त 


 


Read More
पिन्टाे र घनटाउके खरायाे
- Aameen Shakya - 30059, Grade ... 28 November, 2023

पिन्टाे र घनटाउके खरायाे एउटा बाल उपन्यास हो । यस किता का लेखक डा. उज्वल विक्रम खड्का हुन् । यस किताबका  चित्रकार समित  हुन् । यस उपन्यासमा पिन्टो, पिन्टोको भाइ पिन, टाइगर, हेडमास्टर, घनटाउके खरायो,जुरेली,हजुरबा,हजुरआमा,बुबा,आमा,स्याल आदि पात्रहरूको प्रयोग भएको छ । सुरुमा हाम्रो परिचय पिन्टो र पिनसँग हुन्छ । त्यसपछि हामी देख्छौँ कि पिन्टो एउटा सानो गाउँमा आफ्ना बुबाआमा,हजुरबा र हजुरआमा बस्छ । उसको स्कुल उसको घर नजिकै छ । पिन्टो स्कुल नगएको बेला साथीहरूले जुस ल्याइदिन्थे। पिन्टोको परिवार गरिब भए पनि उनीहरू धनीभन्दा बढी  खुसी छन् । उनीहरू आमाबुवालाई नभनी खोलातिर जान्थे । एक दिन आमाबुवालाई नभनी उनीहरू खोलातर्फ लागे । खाेलामा पाैडी खेलेपछि उनीहरू जङ्गलभित्र पसे । त्यो दिन पनि सिकार गर्न स्याल र खरायो भेट्टाउनु उनीहरूका लागि झनै रमाइलो थियो । उनीहरूले खरायोलाई देखे । उनीहरूले खरायाेलाई पछ्याए । खरायाे त्यहाँबाट  हरायाे । त्यसपछि उनीहरू गहिरो जङ्गलमा पुगे । पिन्टाेकाे भाइ पिनले घनटाउके खरायो देख्यो । त्यसपछि उसलाई पछ्याउन खोज्छन्  तर भेट्टाउन सक्दैनन् । 

 जङ्गलमा तिनीहरूले एउटा दुष्ट जुरेली देख्छन् ।  त्यो चराले उनीहरूलाई हैरान बनायो । अन्ततः त्यो हरायो । त्यसपछि तिनीहरूले एउटा हात्ती देख्छन् ।उनीहरू दौडेर एउटा गुफाभित्र पस्छन्‌ । गुफाको प्रवेशद्वार केही बन्द भयो । तिनीहरूसँग पिउने वा खानेकुरा केही थिएन । तिनीहरू बेहोस हुन्छन्‌ । तिनीहरूले कसैको छाया देखे । त्यो घनटाउके खरायो थियो । घनटाउके खरायोको वास्तविक नाम ज्याक थियो । ऊसँग जादुई शक्ति थियो । ज्याकले पिन्टो र पिनलाइ अनुपको घरमा मेराे भाइ जाेन छ,  यदि तिमीहरूले मलाई मेराे भाइसँग भेटाउन मदत गर्याै भने मैले तिनीहरूलाई यहाँबाट निकाल्न मदट गर्छु भन्याे । पिन्टो र पिनले उसलाई आफ्नो भाइलाई भेट्न मद्दत गर्छन् । त्यसपछि उनीहरू पिन्टो र पिनको घरमा जान्छन् । केही समय पिन्टो र पिनको घरमा बसेपछि तिनीहरू अनुपको घरमा जान्छन् । अनुपले आफ्नो जाेनलाई खरायोसँग जान दिन राजी भएन तर धेरै सम्झाइ बुझाइ गरेपछि अनुपले जाेनलाई घनटाउके खरायाेसँग पठाउन राजी हुन्छ । यसरी  जाेन र  घनटाउके खरायाे दुई भाइकाे भेट भएपछि कथा सकिएकाे छ ।


 


Read More
The Day Everything Changed
- Anushree Acharya - 28002, Gra ... 27 November, 2023

I clearly remember that day. How can I forget it? It was the day of my school's opening and my little sister's rice-feeding ceremony and my new Gunio Cholo ceremony. It was supposed to be at Baisakh 17 but the government kept school opening from Baisakh 17 so we had to change the date to Baisakh 16. At first, it was about to be canceled but I was too excited for this and threw a huge tantrum so we could do it. I kind of now regret it. Because of my stubbornness, my parents decided to do the ceremonies on Baisakh 16.  It was the same day my online classes were happening so I was not able to attend the first class. All the guests and all the relatives came on the evening of Baisakh 15 my cousins, and best friends, were also there I was very happy and excited I was screaming around and jumping around and having a lot of fun but who knew that it was just a few hours days of happiness because soon it was about to end. 


 

It was the time for the ceremonies. I woke up at 6 o'clock and I was very surprised and shocked to see so many people in front of my eyes when I woke up because I was not adapted to that situation that so many people were in front of my eyes when I just woke up. My mum, my sister my fupu(father's sister), and many other many of women were in the kitchen cooking food. The palatable aroma was roaming all around the corners of the house. I was very excited. To be honest I kind of felt it was too heavy and my little sister was just 6 months old. But her dress was so heavy that I could not even wear it. My little sister was just continuously crying. I was so sad to see her like that but I had my problems. I wore my dress which was a lot of trouble and I sat in the chair and all types of makeup was going on my face. There was a lot of experimentation going on my face but I loved the last result. My hair was tied in a bun and two little strands of hair were in the front of my face and it was very beautiful.  I was very happy. I was excited I had a lot of mixed feelings. I wore my shoes. It was very beautiful. In the beginning, my little sister's ceremony was going on. It started exactly at 8 a.m. It took around one hour or half an hour to finish. Next was mine. As excited as I was, I was also nervous. There were all kinds of mixed feelings. I was enthralled. At that moment it was the first time my great-grandmother was also there. She was around 93 years old. She was so happy. Next was my turn. For the good I was kept on a chair and there was a type of vessel I don't know what to call it. It was under my feet and everyone came and splashed water and washed my feet. Some of them even drank it and they touched my feet. It was so fun I was laughing inside. My cousin came there and teased me. Then she gave me 100 rupees in my hand and went back to the room. I was waiting for it to finish and I wanted to go to her and hug her and tell her how much fun it was.


 

The ceremonies ended in the evening. Everyone ate dinner and went back to their homes. I asked some of them to stay back but none of them were willing to stay because they had a lot of work to do at their home. After everyone went home I was so so so tired. I changed my dress and went to my mum's and dad's room. There were a lot of envelopes. Everyone brought an envelope with money in it.  Everyone gave my little sister and me envelopes with money. There was a lot of money in it. I was so excited to spend it. My mom and dad kept it in the safe saying it would be better to keep it. I was sad but it was ok because they were older and they knew everything better. I went to my room and slept later on. My big sister also came and slept next to me. I don't even know when I fell asleep. I was so tired at that moment. The next day when I woke up my dad had already left for work and my mom was also getting ready to leave. I asked her the time. My mom said at 8:30 I was so shocked. I overslept because I was so tired. My mom said it was okay, then I went to the restroom and freshened up. But in the morning I got a headache. I thought it was just because I was tired yesterday and in the evening my dad came home. The next day was Saturday. I woke up and I found out that we had guests there. we all talked and after they left, my dad got body aches and high fever. We kept him in a room because Covid was spreading at the highest rate possible.  Then my mum, my little sister, my big sister, and I slept in a room. When I woke up I found out that in the middle of the night, my mum and my little sister also got a fever and they went back to another room. I had joined my online classes. I also got headaches and fevers and got coughs and tonsils and a lot of things. The body aches were the worst of all. My mum and dad went and did the PCR test and it came back positive. They stayed in a separate room. I wished to see my little sister's beautiful smiling face and hear her small cute little voice. I was so stressed and because of that moment, I could not get enough rest. At that time I was very sad and after ten days we started to go inside Mom and Dad's room and after a total of eighteen days, the report came back negative. My mum had already lost her sense of smell and taste. It was a moment I will never be able to forget.


 


Read More
विद्यालयकाे रमाइलाे पल
- Sauravi Thapa - 29030, Grade ... 27 November, 2023

२०८०।७।२३ गते विहिवार

बिहानपख  मोबाइलको घन्टी बजेपछि मेरो  आँखा खुल्यो । त्यसपछि मोबाइल हेर्दा बिहानको ६:०० बजेको रहेछ । त्यसपछि मैले आफ्नो खाट मिलाएँ । खाट मिलाएपछि मैले नित्यकर्म गरेँ । नित्यकर्म गरे पछि मैले आफ्नो लुगा लगाएँ । र विद्यालय जानको लागि तयार भएँ । मैले आफ्नाे कपाल कोरेँ । कपाल मिलाएपछि मैले के छुटेको त छैन भनेर समान हेरे अनि आफ्नो विद्यालयको गाडी आउने ठाउँमा गएँ । त्यसपछि विद्यालयको  गाडीमा चढेर विद्यालय आएँ । विद्यालय आएर हामीले एउटा कक्ष पढ्यौ ।  त्यसपछि हामी खेल खेल्नका लागि भनेर विद्यालयको गाडीमा चढेर खेल खेल्ने ठाउमा गयाैँ । त्यता हामीले धेरै समयको लागि खेल ख्रल्याैँ । हामीले धेरै गोल पनि हान्यौँ । धेरै रमाइलो भएको थियो तर भोक पनि लागेको थियो । त्यसपछि खाना खान हामी विद्यालय आयौँ। खाना खान लाग्दा त १:३० भैसकेको रहेछ ।  हामीले बास्केट बल खेल्न भनेर फेरि विद्यालयको गाडीमा चढेर खेल खेल्न गयाैँ रमाइलो नै थियो धेरै बेर खेल खेले सकेपछि हामीले खाजा पनि खायौँ ।त्यसपछि फेरि खेल खेल्यौँ अनि खेल खेलिसकेपछि फेरि विद्यालय आयौँ । अनि विद्यालयको गाडीमा चढेर घर आएँ । अनि लुगा फेरे र खाजा खाए अनि एकछिन आराम गरेँ । 

२०८०।७।२४ गते शुक्रवार

 शरीरकाे दुखाइ भएपनि खेल खेल्ने उत्साह मनमा बाेकेर म बिहानकाे ६ बजे उठेँ । अनि मैले मेरो खाट मिलाएँ । मैले मेरो नित्यकर्म गरेँ । नित्यकर्म गरेपछि मैले आफ्नो लुगा फेरेँ । १ गिलास तातो पानी पिएँ । त्यसपछि मैले मेरो लुगा फेरेँ । लुगा फेरिसकेपछि मैले मेरो कपाल पनि कोरेँ । कपाल कोरेपछि मैले त्यो दिनको सुरुको कक्षाको कापी हालेँ अनि मेरो झोला मिलाएँ । मैले जुत्ता लगाएँ र विद्यालयको गाडी आउने ठाउमा गएँ । विद्यालयको गाडी आएपछि मैले गाडीमा चढेँ । त्यसपछि गाडीमा चढेर विद्यालय आएँ  अनि विद्यालयमा खाजा खाएँ । त्यसपछि हामीले कुराकानी गर्‍याैँ । अनि सबैजना लाइनमा रहेर गाडीमा चढ्याैँ । अनि खेल खेल्ने ठाउमा गयाैँ । सुरुमा हामी केटीहरूले भकुण्डो खेल्यौँ । मेरो टोलीले अर्को टोलीलाई हरायाैँ  अनि हामीअर्को फिनालीमा पुगेका थियौँ । अन्त्यमा हामीले त्यो टोलीलाई नि हरायौँ । हामो टोली धेरै खुसी भयो। किनभने हामीले जितेका थियौँ। मैले फुटबलमा मात्र हैन अरू २ ओटा खेलमा पनि जितेकी थिएँ । बास्केटबलमा पनि हाम्रै हाउसले जितेको थियो। त्यसपछि हामी विद्यालय आयौँ। अनि खाजा खायौँ ।त्यसपछि विद्यालयमा मेडल दिन थालियो। मैले ३ ओटा मेडल पाएकी थिएँ ।  म धेरै खुसी थिएँ । विद्यालयको गाडीमा चढेर घर आएँ । घर आउँदा मेरो घाँटीमा धेरै मेडल देख्दा मानिसहरू छक्क थिए । अनि मैले घर आएर सबैलाई मैले मेडल पाएको सुनाएँ । सबै जना खुसी थिएँ ।  मैले लुगा फेरेर खाजा खाए अनि चित्र कोरेँ। अनि खान खाएर ९:०० बजे सुतेँ । 


 


Read More
जुनकिरी
- Aarav Timilsina - 28028, Grad ... 26 November, 2023

झिलिमिली बल्छ रातमा, घुम्छ आँगनभरि 

                                बत्ती बनिदिन्छ आफैँ, छ धेरै नै राम्री 

                                 अँध्यारोमा झपझप बल्छ, प्रकाशले भरि 

                                   दुखमा नै साथ दिने, उसको जिम्मेवारी 


 

                                   रात परे उठ्छ घुम्न, घुम्छ चारैतिर  

                               आफैँभित्र उज्यालाे छ छैन केही पिर 

                                 मोति झैँ चम्किरन्छन्  राति  साना किरा 

                                तारासँगै बाल्छन् किरा , मनमा बसेर 

        

                           बिहानीको किरणमा कता हराउँछन् ?

                           बत्ती अनि , प्रकाशमा , कहाँ लुक्न  जान्छन् 

                           पुष्पको रागमा नाच्दै , सुरमा गुन्गुनाउँदै 

                            सुर्यास्तमा निक्लिन्छन् है  आफैँ रमाउँदै 


 

                          किन बल्छन्  कसलाई के थाहा ? यिनी साना  किरा 

                           प्रकृतिका चमत्कार हुन् , प्रकाशका  हिरा 

                           अब मिर्मिर परेपछि , बत्ति निभ्दै जान्छ 

                               पङ्ख फैलाएर , ज्योति आफैसँग लान्छ 


 


Read More