Logo

Student Corner

मुनामदन खण्डकाव्यको पुस्तक समीक्षा

Written by: Bishakha Upadhyay - 30010, Grade VI

Posted on: 30 November, 2023

मुनामदन खण्डकाव्य लक्ष्मीप्रसाद देवकोटाले लेखेका हुन् । यसमा दुई प्रेमिल जाेडीहरूको बारेमा लेखिएकाे छ । मुना र मदन विवाहकाे हुन्छ, यी दुई श्रीमान् श्रीमती हुन् । मुनाका बाबु मरिसकेका छन् । मदनकी ६० वर्ष नाघेकी बुढी आमा छिन् । मदन गरिब परिवारका हुन् । मुना र मदन एकअर्काको मायामा पागल भएका छन् । तिनीहरूलाई कसैले पनि अलग गर्न सकिएन । मदनकी आमालाइ पाटी पाैवा बनाउने ठुलो रहर थियो । मुनालाई पनि सुनकाे चुरा लगाउने ठुलो रहर थियो त्यसैले आफ्नो परिवारको इच्छा पूरा गर्न मदन पैसा र सुन कमाउन ल्हासा गएका थिए । किनभने ल्हासा त्यतिबेला निकै धनी सहर थियो ।  यात्रा कठिन थियो, तर मदनलाई थाहा थियो कि  आफ्नो परिवारलाई खुसी बनाउन जानुपर्छ । मुनाले उनलाई दिनरात ल्हासा नजान बिन्ती गर्थिन् तर उनले आँसु नभई अनुहारमा मुस्कान लिएर विदा दिनुपर्छ भनी मनाउँथे । मदन र उनका साथीहरूको समूह ल्हासा गए । त्यहाँ दुई महिना काम गरेर धेरै पैसा र सुन कमाए । (मदनले पैसा र सुनले आफ्नो परिवारको इच्छा पूरा गर्न, ऋण तिर्न र आफ्नो पुरानो घर मर्मत गर्ने योजना बनाएका थिए। )। यता नेपालमा मुनासँग बिहे गर्नका लागि गुण्डाले सक्दो गरे । गुण्डाले मुनाको भाउजूलाई मुनासँग बिहे गर्न मनाउन पनि भने तर मुना एक इमानदार पत्नी भएकाले मानिनन् । त्यहाँ ल्हासामा मदन र उनका साथीहरू घर फर्कने योजनामा ​​थिए । बाटोमा मदनलाई हैजा (एक घातक रोग) लाग्छ । उनका साथीहरूले उनलाई त्यहाँ छोडेर घर फर्के। भोटेले मदनलाई भेट्टाए र उनलाई निको पार्न सघाएर सकुशल घर पठाए । मदनकाे मृत्यु  भयाे भनेर गुण्डाले मुनालाइ चिठी पठाए । याे खबरले मुनाको हृदयघातका कारण मृत्यु हुन्छ । मदनकी आमा बिरामी थिइन् । मदन घर फर्किने बित्तिकै आमाको मृत्यु हुन्छ । आमा र श्रीमतीकाे मृत्युकाे खबरले मदन शाेकमा पर्छन् । मदनले सबै पैसा र सम्पत्ति आफ्नी दिदीलाई दिएर आफ्नाे प्राण त्याग गर्छन्  l यसरी कथाकाे अन्त्य भएकाे छ ।