Logo

Student Corner

पिन्टाे र घनटाउके खरायाे

Written by: Aameen Shakya - 30059, Grade VI

Posted on: 28 November, 2023

पिन्टाे र घनटाउके खरायाे एउटा बाल उपन्यास हो । यस किता का लेखक डा. उज्वल विक्रम खड्का हुन् । यस किताबका  चित्रकार समित  हुन् । यस उपन्यासमा पिन्टो, पिन्टोको भाइ पिन, टाइगर, हेडमास्टर, घनटाउके खरायो,जुरेली,हजुरबा,हजुरआमा,बुबा,आमा,स्याल आदि पात्रहरूको प्रयोग भएको छ । सुरुमा हाम्रो परिचय पिन्टो र पिनसँग हुन्छ । त्यसपछि हामी देख्छौँ कि पिन्टो एउटा सानो गाउँमा आफ्ना बुबाआमा,हजुरबा र हजुरआमा बस्छ । उसको स्कुल उसको घर नजिकै छ । पिन्टो स्कुल नगएको बेला साथीहरूले जुस ल्याइदिन्थे। पिन्टोको परिवार गरिब भए पनि उनीहरू धनीभन्दा बढी  खुसी छन् । उनीहरू आमाबुवालाई नभनी खोलातिर जान्थे । एक दिन आमाबुवालाई नभनी उनीहरू खोलातर्फ लागे । खाेलामा पाैडी खेलेपछि उनीहरू जङ्गलभित्र पसे । त्यो दिन पनि सिकार गर्न स्याल र खरायो भेट्टाउनु उनीहरूका लागि झनै रमाइलो थियो । उनीहरूले खरायोलाई देखे । उनीहरूले खरायाेलाई पछ्याए । खरायाे त्यहाँबाट  हरायाे । त्यसपछि उनीहरू गहिरो जङ्गलमा पुगे । पिन्टाेकाे भाइ पिनले घनटाउके खरायो देख्यो । त्यसपछि उसलाई पछ्याउन खोज्छन्  तर भेट्टाउन सक्दैनन् । 

 जङ्गलमा तिनीहरूले एउटा दुष्ट जुरेली देख्छन् ।  त्यो चराले उनीहरूलाई हैरान बनायो । अन्ततः त्यो हरायो । त्यसपछि तिनीहरूले एउटा हात्ती देख्छन् ।उनीहरू दौडेर एउटा गुफाभित्र पस्छन्‌ । गुफाको प्रवेशद्वार केही बन्द भयो । तिनीहरूसँग पिउने वा खानेकुरा केही थिएन । तिनीहरू बेहोस हुन्छन्‌ । तिनीहरूले कसैको छाया देखे । त्यो घनटाउके खरायो थियो । घनटाउके खरायोको वास्तविक नाम ज्याक थियो । ऊसँग जादुई शक्ति थियो । ज्याकले पिन्टो र पिनलाइ अनुपको घरमा मेराे भाइ जाेन छ,  यदि तिमीहरूले मलाई मेराे भाइसँग भेटाउन मदत गर्याै भने मैले तिनीहरूलाई यहाँबाट निकाल्न मदट गर्छु भन्याे । पिन्टो र पिनले उसलाई आफ्नो भाइलाई भेट्न मद्दत गर्छन् । त्यसपछि उनीहरू पिन्टो र पिनको घरमा जान्छन् । केही समय पिन्टो र पिनको घरमा बसेपछि तिनीहरू अनुपको घरमा जान्छन् । अनुपले आफ्नो जाेनलाई खरायोसँग जान दिन राजी भएन तर धेरै सम्झाइ बुझाइ गरेपछि अनुपले जाेनलाई घनटाउके खरायाेसँग पठाउन राजी हुन्छ । यसरी  जाेन र  घनटाउके खरायाे दुई भाइकाे भेट भएपछि कथा सकिएकाे छ ।