Logo

Student Corner

Articles

खेलकुद
- Bibechana Dangol - 30009, Gra ... 07 March, 2023

खेल र कुद भन्ने दुइ शब्द मिलेर खेलकुद शब्द बनेको हो I खेलकुद हामी सबैको लागि आवश्यक छ I खेलकुद भन्नाले शारीरिक ब्यायामका लागि गरिने एक प्रकारको खेल्ने ,कुद्ने र उफ्रने काम भन्ने बुझिन्छ I नियमित रुपमा खेलकुदमा समय दिने व्यक्ति एकदम फुर्तिलो र निरोगी हुन्छ  I  खेलकुदबाट व्यक्तिको स्वास्थ्य राम्रो हुने मात्र होइन धन,मान, सम्मान र प्रतिष्ठा पनि बढ्छ  I खेलकुदबाट देशको नाम विश्वभरि चिनाउन सकिन्छ  I आजको समयमा खेलकुद दिन-प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ  I खेलमा एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्दा हुनुपर्छ  I 
घरभित्र खेलिने खेल र घर बाहिर खेलिने खेल गरी दुइ किसिमका खेल हुन्छन् I चेस , क्यारेम बोर्ड, लुडो, तास ,टेबुल टेनिस आदि घरभित्र खेलिने खेलहरु हुन् I घरभित्र खेलिने खेललाई धेरै ठाउँ चाहिदैन I  घरभित्र खेलिने खेलहरूले मानिसको सोच्ने , समस्या समाधान गर्ने र तर्क गर्ने क्षमता वृद्धि हुन्छ I यी खेलहरू खेल्दा पानि पर्दा , धेरै गर्मि  हुँदा , हावा हुरी लाग्दा पनि असर गर्दैन I यी खेल खेल्न धेरै मानिस चाहिदैन I घर बाहिर खेलिने खेललाई धेरै ठाउँ र खेलाडीहरू चाहिन्छ I यी खेलहरू खेल्न धेरै मेहनत गर्नुपर्छ I फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, पौडी आदि घरबाहिर खेलिने खेलहरू हुन्  I यी खेलहरूले शारीरिक तथा मानसिक विकासका लागि सहयोग गर्छन् I
आजको समाजमा कतिपय खेलहरू विभिन्न देशहरूबिच खेलिन्छन् I विश्वकप, ओलम्पिक खेलहरू लोकप्रिय बन्दै गइरहेका छन् I यस्ता प्रतिस्पर्धाहरूबाट विश्वका सबै जाति, धर्म, सम्प्रदाय र सबै वर्गका जनताको महान उत्सवका रुपमा विश्वकप, र ओलम्पिक खेलहरूलाई लिने गरिन्छ I यसै खेलकुदको विकासबाट राष्ट्रले कमाएको नाम र दामले खेलाडीहरू मात्र नभई पूरा देश नै विश्वसामु  चिनिन थालेको छ  I राष्ट्रको शिरलाई उच्च बनाएको छ I समग्रमा हरेक व्यक्तिले आफ्नो मात्र नभई गाउँ, समाज र राष्ट्रले नै धेरै फाइदा हासिल गर्न सक्छन् भने खेलाडीले आफ्नो ध्वजापताकालाई विश्वसामु फहराउन सक्छन I खेलमा जित वा हार जेपनि हुन सक्छ I जित हार जेसुकै भएपनि त्यसलाई सहजै स्विकार्नुपर्छ र  खेलको मर्यादालाई भुल्नुहुँदैन I दुवै पक्षबिच स्वस्थ प्रतिस्पर्दा हुनुपर्छ र कसैले पनि संयम गुमाउनुहुँदैन I अनि मात्र खेलाडी र खेलकुदको महत्त्व रहन सक्छ I

 


Read More
पुस्तक समीक्षाः कालाे माला
- Ridika Gurung - 31024, Grade ... 03 March, 2023

‘कालो माला’ पुस्तक निकै रमाइलो पुस्तक हो । यस पुस्तकका लेखक मधुसूदनप्रसाद घिमिरे हुनुहुन्छ । कालो माला कथाभित्र चराका विभिन्न कथाहरू छन् । यस पुस्तकभित्र बकुल्लाको तपस्या, काग र कोइली, कालाे माला, तित्राको मुखै बैरी, राजाको खोजीमा र हाँसको हिँडाइ जस्ता कथाहरू छन् । यी सबै कथाहरूमध्ये मलाई ‘बकुल्लाको तपस्या’ भन्ने कथा धेरै मन परेको कथा हो । यो कथा पढ्दा रमाइलो लाग्छ । कथामा एउटा बकुल्ला नदीको किनारमा तपस्या गरेर बस्छ । त्यहाँ पानी बगिरहेको हुन्छ । त्यत्तिकैमा केही चराहरू पनि उड्दै उड्दै आउँछन् । साथीहरूले बकुल्लालाई “तिमी किन यहाँ बसेको ?” भनेर सोध्दा उसले “म तपस्या गरेर बसेको” भन्छ । वास्तवमा ऊ त्यहाँ तपस्या गरेर बसेको होइन खानाको खोजीमा बसेको हुन्छ । माछा पानीमा बगेर आएपछि उसले ती माछाहरू आफ्नो मुखमा हाल्छ र केही माछा खोलाको पारी किनारामा पुर्‍याउँछ । बकुल्लाले साथीहरूलाई झुक्याएको हुन्छ । साथीहरूले पनि उसको चाल बुझ्छन् र आफ्नो बाटो लाग्छन् । बकुल्ला चाहिँ नदीको किनारमा तपस्या नै बसेर गरेर बसेकाे बहाना गरिरहन्छ ।
 


Read More
My Paranormal Sights Part-I
- Sampanna Dhungana - 30029, Gr ... 03 March, 2023

Hi, I'm Mason, a 15-year-old from Las Vegas. I have a story to share with you about a paranormal experience I had. When I was 7, my family and I went on a trip to Germany. We stayed in a mansion, which had a dark backstory. The mansion was previously owned by a family of four: Steve and Anna Williams and their two children, Annie and Stark.


One day, Annie died unexpectedly, and Stark wanted to investigate how she died. The family looked at the cameras and found out that Annie had stabbed herself in the back twice and once in the head. They cried a lot. The next day, the family heard doors slamming and a child laughing in Annie's room. Steve couldn't stand it, so he killed Anna and Stark by shooting them in the chest with five bullets. He was arrested and electrocuted in the electric chair. The mansion was then abandoned.


When my family and I stayed in the mansion. We heard strange noises and experienced paranormal activity. One night, when I was chilling in my room I heard a thud in my parents' room, but when I went to check, there was no one there. The next morning, when we were having breakfast in the dining hall, we all heard a child laughing in my room. My dad went to my room to check it and he saw a hand hanging over the wall and he screamed, but when me and mom looked, there was nothing there. We were so scared that we immediately  left Germany and returned to America. We went to see a therapist, but nothing happened. Later we came to know  that the ghost of the mansion was still following us. TO BE CONTINUED…….
 


Read More
बालअधिकार
- Sambid Dhakal - 30028, Grade ... 02 March, 2023

बालअधिकार भनेको बालबालिकाको अधिकार हो। यो अधिकार सबै बालबालिकाले पाउनुपर्छ। यसै अधिकारको नाममा  बालदिवस पनि मनाइन्छ। यो दिवस भदौ २९ गते मनाइन्छ। बालअधिकार विपरीत कामहरू जस्तै पिट्ने, हप्काउने, गाली गर्ने आदि  गर्नुहुँदैन। बालबालिकाप्रति माया देखाउनुपर्छ। त्यसैगरी बालबालिकाले खान, लाउन, बस्न खेल्न आदि पनि पाउनुपर्छ। यी कुराबाट बालबालिकालाई वञ्चित गराउनुहुँदैन। सबै मानिसले बालबालिकाप्रति माया जगाएर  बालअधिकारका तथा बालबालिकाको हकको लागि आवाज उठाउनुपर्छ। सानैबाट बच्चाहरूले बालअधिकारकाे हक पाएनन् भने भविष्यमा  देश पनि बिग्रिने सम्भावना हुन्छ। गरिब तथा दुःखी बच्चाहरूलाई सहयोग गर्नु  हामी सबैको कर्तव्य हो। बालबालिका बिरामी हुँदा ठुला मानिसले हेरचाह गर्नुपर्छ। १८ वर्ष उमेर नपुगेका किशोर किशोरीहरूलाई नेपालको कानुनी मान्यताअनुसार  बालबालिका भनिन्छ। यो उमेर भनेको बालबालिकाको पढ्ने, खेल्ने, मनोरञ्जन गर्ने आमा बुबाको पूर्णतया माया पाउँने विद्यालय जान पाउने  उमेर हाे तर दुर्भाग्यवश बालबालिकाहरू ग्रामीण समाजमा आर्थिक अवस्थाका कारण विद्यालय जान पाएका छैनन् ।  खेल्ने र  रमाउने उमेरमा उनीहरू अर्काको घरमा भाँडा माझ्ने कारखानामा मजदुरी गर्ने बाटाका फाेहाेरहरू टिपी आफ्नो दैनिकी गर्ने आदि काम गर्न बाध्य छन्। वास्तवमा यो निकै गलत हो। उनीहरूलाई मनोरञ्जन भन्ने कुरा निकै परको कुरा भएको छ । वास्तवमा यसरी बालबालिकाहरूलाई मजदुर बनाउनुहुँदैन यो त कानुनभन्दा ठिक विपरीत कुरा हो ।  उनीहरूलाई घरको आर्थिक अवस्था कमजोर छ भने सरकारले निःशुल्क शिक्षा दिने व्यवस्था गर्नुपर्छ ।  उनीहरूलाई खेल्ने  कुद्ने व्यवस्था गर्नुपर्छ।  त्यतिमात्रै होइन कति बाल-बालिकाहरू अपहरित भएर होटलहरूमा काम गरिरहेका छन्, भने कति बालबालिकाहरू मुम्बइको कोठीमा बेचिएका छन् ।   निर्मला पन्त, भागिरथी आदि लगायतका बालिकाहरू बलात्कृत भएर मृत्युको मुखसम्म पुग्न विवश भएका छन् । देशकाे कानुन कमजोर भएका कारण दाेषीहरूले सजाय पनि पाएका छैनन् । नेपालको पश्चिमी भेगमा १०/ ११ वर्षका साना साना बालबालिकाहरू महिनावारी हुँदा छाउगोठमा बस्न विवश छन् ।   छाउगोठमा बस्दा उनीहरू सर्प बिच्छी जस्ता विषालु किरा अथवा जनावरहरूले डसी मर्न  पुग्छन् र उनीहरू अकालमै मृत्युको मुखमा पुग्नुपर्ने अवस्था छ ।  उनीहरूलाई अँध्यारो कोठामा राख्दा कति बालिकाहरूको त  डरले गर्दा आफ्नो मानसिक अवस्था नै कमजोर हुन पुगेकाे छ ।  वास्तवमा  यस्ताे गर्नुहुँदैन । अन्धविश्वासका कारण आफ्ना छोरीहरूलाई अकालमै गुमाउँन विवश बनाउने यस्ता आमा बुबाहरूलाई पनि उचित शिक्षादीक्षा दिएर र  कठोर कानुन बनाएर यस्ता नकारात्मक प्रवृत्तिहरूलाई हटाउन आवश्यक छ । आजका  बालबालिकाहरू भाेलिका देशका भविष्य हुन् ।भोलिका देशका भविष्य र खम्बा आजका बालबालिकाहरूले उचित शिक्षादीक्षा राम्रो संस्कार पोसिलो खाना पाएनन् भने भोलिको देश पनि राम्रो हुन सक्दैन ।  त्यसैले बालबालिकाहरूलाई पोसिलो खानेकुरा हुनु उत्तिकै आवश्यक रहेको छ ।  त्यसैले उनीहरूको मनोबल  बढाउँन बेलाबेलामा खेलकुद, मनोरञ्जन, घुमघाम जस्ता कुराहरूमा पनि सहभागी गराउनुपर्छ, जसले गर्दा उनीहरूको शारीरिक र मानसिक विकासमा ठुलो सहयोग पुग्छ ।
बालबालिकाहरूलाई नयाँ नयाँ सिर्जनात्मक कार्यहरूमा पनि सहभागी गराउन आवश्यक छ उनीहरूका नयाँ नयाँ सिर्जनाहरूले नै भोलिको देश सिर्जनशील उर्जाशील र परिवर्तनशील हुन सक्छ । बालबालिकाहरूका लागि सुरक्षित ठाउँमा बस्न पाउने पनि एउटा अधिकार हो । आजका बालबालिकाहरू असुरक्षित भए भने उनीहरूको मानसिक अवस्थामा असर पर्न सक्छ त्यसैले उनीहरूलाई अभिभावकको साथमा सुरक्षाको अनुभूति गराई बस्न पाउनु आवश्यक छ। कतिपय बालबालिकाहरू अपहरणमा परी  अकालमै ज्यान गुमाउनुपरेको छ त्यसैले अभिभावकले राम्रो रेखदेख गर्नु र सुरक्षाको अनुभूति गराई विद्यालय लाने घर ल्याउने अनि एक्लै नछोडिदिने जस्ता कुराहरूमा ख्याल गर्नु आवश्यक छ । बालबालिकाहरूलाई तँ यस्तो उस्तो भनेर गालीगलाैज गर्नुहुँदैन । साना साना बालबालिकाहरूलाई एक्लै छाड्नु पनि  हुँदैन एक्लै छाड्दा उनीहरूको अप्ठ्याराेमा पर्न सक्छन् ।  त्यसै गरी उनीहरूले कहिलेकाहीँ मनोरञ्जन पनि खोज्छन् मनोरञ्जनका लागि उनीहरूलाई मोबाइल, ल्यापटप  जस्ता  साधनहरू मात्र दिएर समय बिताउन लगाउनुहुँदैन । यस्ता कार्यले गर्दा उनीहरूको स्वास्थ्य अवस्था पनि बिग्रन्छ, त्यसैले उनीहरूलाई खुला ठाउँमा शारीरिक अवस्था बलियो हुने तरिकाले खेल्न, कुद्न र रमाइलो गर्न  छाडिदिनु आवश्यक छ । आजका बालबालिकाहरू असल भए भने मात्र भोलिको परिवार समाज र राष्ट्र असल बन्न सक्छ । असल  बनाउनकै लागि उनीहरूलाई असल संस्कार दिनु आवश्यक रहेको छ । आज फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालले गर्दा बालबालिकाहरूलाई नकारात्मक साेचतिर लगिरहेका छन् । त्यसैले अभिभावकले आफ्नो सन्तान कुन बाटोतिर जाँदै छ, कस्ता खालका साथीको सङ्गत गर्दै छ भन्ने कुरालाई ख्याल गरेर सबै असल मार्गदर्शक बन्नुपर्ने हुन्छ ।  कति बालबालिकाहरू सानै उमेरदेखि लागुपदार्थ सेवन गरेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् ।त्यसैले बालबालिकाहरूलाई खराब सङ्गतले बिगार्ने  हुँदा सही गलत निर्णय गर्न सक्ने नहुँदासम्म आफूले धेरै समय दिनु आवश्यक छ ।  त्यसैले बालबालिकाहरूलाई आफ्नो साथमा राखेर, उचित शिक्षादीक्षा दिएर, बेलाबेलामा मनोरञ्जन, गराएर पोसिलो खाना खुवाएर उनीहरूको भविष्यका लागि निरन्तर खट्नुपर्दछ । 
 


Read More
कथा समीक्षाः काग र कोइली
- Sambhabi Mainali - 31037, Gra ... 01 March, 2023

काग र कोइली एउटा जङ्गलमा काग गुँड बनाएर बस्थे । एक दिन तिनीहरूले सँगै अन्डा पारे । कागले आफ्नो अन्डा काेरल्याे र बच्चा हुर्कायो तर काेइलीले भने आफ्नो बच्चा हुर्काउन सकेन । कोइलीले विचार गर्‍याे मैले अन्डा पारेपछि काेइलीको गुँडमा लगेर राखिदिन्छु अनि काेइलीलाई अनि म नोकर बनाएर मेरो बच्चा हुर्काउन लगाउँछु । त्यसपछि फेरि काग र कोइलीसँगै अन्डा पार्ने हुन्छन् । अन्डा पारेपछि कोइलीले आफ्नो अन्डा कागको गुँडमा लगेर राखिदिन्छ । यो कुरा कागले पत्तो पाउँदैन पछि कोइलीका बच्चा चिनिन थाल्छन् । त्यसपछि कागले अन्तै गुँड बनाउँछ । कोइलीले पनि कागकाे छिमेकमै गएर फेरि गुँड बनाउँछ । भनिन्छ आजकाल पनि कागले काेइलीका अन्डा हुर्काउँछ । कोइलीले कुहूँ…कुहूँ.. गरेर कराएको मेरा आमा बुबाको हो ? भन्न खोजेको हो भन्ने विश्वास छ ।
 


Read More
नैतिकता
- Rishab Karki - 30024, Grade V ... 28 February, 2023

 एउटा गाउँमा रामु नामको एउटा केटाे थियो। सबै मानिसले उसलाई सधैँ भेदभाव गरिरहन्थे । ऊ कुनै काम गर्न जाँदा वा कुनै सामान लिन जाँदा उसलाई रिस उठाउँने र गाली गर्ने गर्थे । एकदिन धारामा “रामु तिमीले पानी हाम्राेपछि मात्र लिन सक्छौ’’ यस्ता खाल्का वचन गर्थे।  पहिला उसको किसानलाई पानी भर्न देऊ । एकदिन उसले एक जना बुढो मानिसलाई देख्यो । जसलाई गाउँलेहरूले भेदभाव गरेका थिए । ऊ उसलाई मद्दत गर्न गयो तर गाउँले पनि उसलाई देखेर हाँस्थे, किनभने ऊ गरिब केटा थियो । बुढा मान्छेले कामकाे अवस्था र ठाउँको अवस्था सोधे । उनले भने कि गाउँलेहरू सधैँ गरिब वा तल्लो जातको मान्छे देख्दा यस्तो अपहेलना गर्छन् । उनीहरूलाई नभन्नु तर गाउँलेहरूले पनि जिस्क्याउँछन् । एकदिन त्यस गाउँमा एउटा केटाे आयो  । उसले राम्रो लुगा लगाएको थियो । त्यसैले गाउँलेहरू उसको नजिक गए, अभिवादन गरेर सोधे ‘के हो तिम्रो नाम ? उसले जवाफ दियो पल गाउँलेले भने, 'तिमी यहाँ किन छौ कसैले मेरो बुबालाई लिएर गएको छ । गाउँलेले भने ' तिम्राे बुबाको नाम के हो ?  पल उसले  जवाफ दियाे । मानिसलाई सानाे छ भनेर अनि गरिब छ भनेर हेप्नुहुँदैन ।  समयले घुँडा टेक्न सक्छ । सबै जना उसलाई हेर्न थाले । रामु आफ्नो घर गएर  बुबासँग सहरमा जानुहोस् त्यहाँ भेदभाव हुँदैन भन्न थाल्याे । उसले भगवानलाई धन्यवाद दिँदै आफ्नो सहर जाने निर्णय सबैलाई सुनायाे । उसले साथीलाई फोन गर्‍याे । अनि रमेश गएर यो हाम्रो गाडीमा राख । गाउँलेले उसलाई माफी दिइसके । हाम्रो उपचारको लागि रामुले माफी माग्यो र माफी पायाे पनि । तिमीहरूले ममाथि भेदभाव गरेको बेला कसैले मलाई मद्दत गरेकाे थिएन । तिमीहरू सज्जन छैनाै । कथाले कर्मको नैतिकता सधैँ सिकाउँछ ।
 


Read More
पुस्तक समीक्षाः कालाे माला
- Sadagi Koirala - 31026, Grade ... 27 February, 2023

‘कालाे माला’ पुस्तकका लेखक मधुसूदनप्रसाद घिमिरे हुनुहुन्छ । यो पुस्तक हामीले कात्तिक महिनामा पढेका थियौँ । यस पुस्तकभित्र छवटा कथाहरू छन् । यसका सबै कथाहरू एकदमै सरल र रमाइला छन् । बुझ्ने भाषा पनि निकै सरल छ । यस  किताबभित्र सबै चराहरूका दन्तेकथा छन् । कालो माला पुस्तकका कथामा धेरै रङ्गीचङ्गी चित्रहरू पनि छन् । यस कथामा नैतिक शिक्षा पनि दिइएको पाइन्छ । मलाई यस किताबभित्रका कथाहरूमध्ये ‘काग र कोइली’ कथा धेरै मन पर्‍याे किनभने यस कथाले हामीलाई राम्राे शिक्षा दिएको छ । काग र कोइली कथामा कागले कोइलीका बच्चा हुर्काउँछ तर कागले आफूले काेइलीका बच्चा हुर्काएको भन्ने थाहा पाउँदैन । जब काेइलीका बच्चा ठुला हुँदै जान्छन् रङ परिवर्तन हुँदै जान्छ अनि मात्र कागले कोइलीको बच्चा हुर्काएको रहेछु भन्ने चाल पाउँछ । कागले आफूलाई निकै बाठा ठान्दछ तर काेइलीले झुक्याएको उसले थाहा पाउँदैन आजसम्म पनि कागले काेइलीका बच्चा हुर्काउँछ भन्ने चलनचल्ती रहेको छ ।
 


Read More
Can Money Buy You Happiness?
- Bishakha Upadhayay - 30010, G ... 27 February, 2023

Money is a valuable object that is used to buy and sell things. It is just a piece of paper with unique designs made by a country's bank. If somebody asks if money can buy happiness? The answer can depend on different personalities, which we all need to respect and accept. Personally, I think that money can buy you happiness.
Based on research, most families around the globe with a yearly income of over $300,000 agree that money can buy you happiness. Your income can impact your happiness levels, according to studies. After all, money fulfils our basic needs like food, shelter, clothes, and more.
Some may strongly disagree, but let us be honest. Does money hurt your feelings? No, right? People say love and happiness are the best feelings on earth, and those who experience them are the luckiest people. But have you ever met poor people? Have you seen them smiling? If love was the best feeling on earth, then would a poor person be able to fulfil their basic needs? If happiness was all you needed in life, then poor people would be the happiest, and the wealthy would be sad. If you are madly in love with your family, and you have no food to eat or no shelter to rely on, what are you going to do?
In conclusion, I believe that money can buy you happiness. While money may not be the only source of happiness, it can certainly contribute to it. Money can help fulfil our basic needs and provide us with security and comfort. It is up to us to strike a balance between our material and emotional needs and find happiness in both.
 


Read More