Logo

Student Corner

Articles

खेलकुद सप्ताह
- Pranav Pandey - 31016, Grade ... 07 February, 2023

हाम्रो स्कुलमा खेलकुद सप्ताह पाँच दिनसम्म चलेको थियो । पहिलो दिनमा हामीले दौड खेल खेल्यौँ । यस खेलमा मेची र कोसी सदन विजयी भयाे । दोस्रो दिनमा हामीले दौड र गणित दौड खेल खेल्यौँ । यसमा कर्णाली, मेची र कोसीले बराबर अङ्क ल्यायाे । तेस्राे दिनमा हामीले भकुन्डाे पनि खेल्यौँ । भकुन्डाे खेलमा मेची सदन विजयी भयाे । चौथो दिनमा हामीले बोरा दौड खेल्यौँ र बाङ्गोटिङ्गो दौड पनि खेल्यौँ । यसमा कोसी र महाकाली विजयी भयो । अन्तिम दिनमा बेलुन फुटाउने र डोरी तान्ने खेल खेल्यौँ । यसमा मेची र कोसी सदन विजयी भयो । त्यसपछि हामी विद्यार्थीहरूलाई प्रमाणपत्र र पदक दिइयो । मलाई हाम्रो स्कुलकाे खेलकुद सप्ताहमा निकै रमाइलो भयो । 


Read More
इन्टरनेट
- Sabhya Marashini Pradhan - 30 ... 06 February, 2023

हामी आजकल इन्टरनेटबिना बाँच्न सक्दैनौँ।
यो धेरै महत्त्वपूर्ण छ किनकि हामी यसका साथ सबै कुरा प्रयोग गर्छौं।
यदि हामीलाई केही थाहा छैन भने हामी सधैँ सक्छौँ
यसमा खोजेर जान्न ।
इन्टरनेट एक प्लेटफर्म हो जहाँ हामी खेल खेल्न सक्छौँ, चिजहरू खोज्न सक्छौँ, मानिसहरूसँग जाेडिन सक्छौँ ।
हामी समाचारहरू पढ्न, भिडियोहरू हेर्न,इत्यादि पनि गर्न सक्छौं।
ह्याकिंग जस्ता नराम्रा बानी इन्टरनेटका केही बेफाइदाहरू पनि छन्। जब कसैले ह्याक गर्छ, तिनीहरू पक्राउ पर्छन्, र जब कोही इन्टरनेटको लतमा हुन्छन्, पढाइमा खराब हुन्छन्।
हामीले गुगलमा नजानेको कुरा खोज्न सक्छौँ।
भनौँ: "म गणितको समस्या समाधान गर्न सक्दिन" (केवल एउटा उदाहरण)। म "कसरी गणित समस्या हल गर्ने" टाइप गर्न सक्छु र म त्यहाँ लेख्न सक्छु। तर हामीले हाम्रो कक्षाहरूमा यो गर्नुहुँदैन, किनकि त्यसले सिकाइमा बाधा पुग्छ।
 


Read More
खेलकुद सप्ताह
- Himamsu Bal - 31009, Grade IV ... 01 February, 2023

हरेक वर्ष झैँ यो वर्ष पनि हाम्रो स्कुलमा खेलकुद कार्यक्रम आयोजना भएको थियो । हामी सबैजना खेल खेल्न उत्साहित थियाैँ । हामीहरू सबैलाई विभिन्न समूहमा बाँडिएर खेल कार्यक्रम सञ्चालन भएको थियो । कपर्दी, पचास मिटर दौड,  बेलुन फुटाउने खेल, डाेरी तान्ने, बाङ्गोटिङ्गो दाैड, बोरामा पसेर दौडने आदि खेलहरू हामीले खेल्याैँ । खेल कार्यक्रम एक हप्तासम्म चलेको थियो । सबै खेल समाप्त भएपछि अन्तिम दिन विजेता टिमलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । मैले पनि दुईवटा विधामा पदक र प्रमाणपत्र पाएँ । मलाई धेरै रमाइलो भयो । खेल खेल्दा धेरै मज्जा पनि हुने रहेछ । हामीले एकहप्ता कक्षामा गएर पढेनाैँ । हाम्रा कक्षाहरू नै सञ्चालन भएन ।
 


Read More