Logo

Student Corner

Articles

पुस्तक समिक्षा | पन्टु र परी
- Sushant Pokharel - 32020, Gra ... 18 May, 2023

पन्टु र परी हामीले पुस महिनामा पढेकाे किताब हाे । यस कथाका पात्रहरू ः पन्टु, आमा, भाेटु र परी हुन् । पन्टु, आमा र भाेटु बगर जाँदै थिए । पन्टु र भाेटु बगरमा साथीहरूसँग खेल्न गए । त्यतिबेला उनीहरूले एउटा कहिल्यै नदेखेकाे जीवलाई देखे । पन्टुले उसलाई बाेकेर ल्याउँछ । राति पन्टु र भाेटुले आफूसँग भएकाे जीव उडे जस्ताे लाग्याे । त्याे जीवकाे बुबा र आमा त्याे जीवलाई लिन आउनुभएकाे रहेछ । बल्ल पन्टुले उनीहरू परी रहेछन् भन्ने कुरा थाहा पाउँछ । परीका आमा बुबालेे पन्टु र भाेटुलाई धन्यवाद दिएर परीलाई लिएर जान्छन् । भाेलिपल्ट बिहान सबैले परीकाे खाेजी गर्छन् । त्यही बेला उनीहरूले धन्यवाद लेखिएकाे एउटा सुनकाे डल्लाे भेट्टाउँछन् । यसरी कथाकाे अन्त्य भएकाे छ ।


Read More
पुस्तक समिक्षा | साँच्चैकाे हिराे हाे कृष्णबहादुर | लेखक ः कार्तिकेय
- Drishtanta Raj Sapkota - 3204 ... 16 May, 2023

याे कथाकाे पहिलाे पानामा ठाउँकाे चित्रण गरिएकाे छ । एउटा सानाे बालकले नागपाेखरीकाे पार्कमा बसेकाे सबै मानिससँग पैसा भिख मागिरहेकाे हुन्छ । त्यसै क्रममा मपात्रले त्याे बालकलाई सय रुपैयाँ दिन्छन् र त्याे बालककाे क्रियाकलाप हेर्छन् । त्याे केटाेले पैसा आफ्नी आमाकाे औषधी किन्‍नकाे लागि मागेकाे हुन्छ । कथाकाे म पात्रले त्यस केटाेकाे सबै कुरा नियालेर हेरिरहेका हुन्छन् । त्याे काेठाकाे धेरै जसाे कुराहरू पुराना र बिग्रीएका थिए । केही क्षणपछि त्याे केटाे आमाले मकै खान नसक्ने हुनु भएकाले पाउराेटी लिनका लागि भनेर जान्छ । फर्केर आएपछि आमालाई दवाइ खुवाउँछ । यसरी एउटा बालककाे बिरामी आमा र आमाप्रतिकाे माया देखेर मपात्रकाे आँखा आँसुले भरिन्छ । केही छिनपछि मपात्र “ओहाे ! बाबु म त तिम्राेमा आएँ नि है ?” भन्दै निस्किन्छन् । केटाेले पनि आमालाई घचघच्याउँदै पैसा दिने अङ्‍कल भन्दै मपात्रतर्फ देखाउँछ । केही समयपछि कृष्णबहादुर पत्रिका बेच्ने काम गर्न थाल्छ । कृष्णबहादुर दिनकाे डेढ सय कमाउँछ । ऊ  बेलुका बेलुका पढ्न जान थालेकाे छ । अहिले उनकी आमाकाे राेग पनि निकाे भइसकेकाे छ । अहिले उनीहरूकाे जीवन शैली परिवर्तन भइसकेकाे छ । कथाका मपात्रले आफ्नाे सन्तानलाई कृष्णबहादुर साँच्चैकाे हिराे हुन् भनी बताउँदा रहेछन् ।


Read More
लघु चलचित्र समिक्षा राजु र म
- Pratyush Lohani - 31019, Grad ... 15 May, 2023

‘राजु र म’ नामक चलचित्र बालबालिका र उनीहरूका अधिकारक बारेमा आधारित रहेको छ । यसको लेखन तथा निर्देशन गायत्री रावलले गर्नुभएको हो । यस चलचित्र धेरै अवार्डबाट सम्मानित भएको छ । याे चलचित्र राजु र म नामक कथामा आधारित छ । याे सानो बाल चलचित्र हेरेपछि मैले बालबालिकाको अवस्था र बाल अधिकार बारेमा जान्ने मौका पाएँ । चलचित्रले आर्थिक अवस्था कमजोर भएका चरम गरिबीमा हुर्किएका आमा र बुबाको माया नपाएका धेरै बालबालिकाहरूको प्रतिनिधि पात्र राजुको अवस्थाबारे बताएको छ । यो साँच्चै दुःख लाग्दो छ । यस चलचित्रले हामीजस्ता राम्रो शिक्षा पाउन सफल बालबालिकाहरू र राजु जस्ता आधारभूत शिक्षाबाट बञ्चित बालबालिकाहरू रहेको कुरा थाहा पाउँदा साँच्चै मन दुःखी हुन्छ । चलचित्र हेरेपछि राजुहरूजस्ता बालबालिकालाई अशिक्षा गरिबी र भोकमरीबाट कसरी बाहिर ल्याउन सकिन्छ भनेर म सोच्न बाध्य भएँ । चलचित्रमा देखाइएका जोखिमपूर्ण काम गर्दै गरेका, सडकको किनारमा सुतिरहेका, भोका नाङ्गा खानाका लागि तड्पिरहेका, घरबारविहीन बालबालिकाहरूको अवस्था सुधार्न आवश्यक रहेको अनुभव मैले गरेँ । राजुजस्ता बालबालिकाहरू बाल्यकालमा गरिने खेलकुद, परिवारको माया र राम्रो सङ्गतबाट टाढा हुन्छन् । यस्ता बालबालिकाहरू सरसफाइ र सामान्य स्वास्थ्यबाट समेत टाढा हुन्छन् । यस्ता बालबच्चाहरूले आफ्नाे परिचय पनि प्राप्त गर्न सकेका हुँदैनन् । यो अवस्था साँच्चै दुःखदायी अवस्था हो । यो चलचित्रले हामीलाई बालअधिकारबारे पनि बताएको छ । बालअधिकारले बालबालिकालाई बाँच्न पाउने अधिकार, बासको अधिकार, परिवारसँग बस्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, खेल खेल्न पाउने अधिकार, सुरक्षाको अधिकार, परिचयकाे अधिकार र शिक्षाको अधिकार सुनिश्चित गर्दछ भन्ने कुराको शिक्षा पाइयो । यी बालअधिकारलाई संयुक्त राष्ट्रसंघले समेत प्रत्याभूति गरेको छ ।


Read More
मेरो जाडोको बिदा
- Raj Manandhar - 31023, Grade ... 24 March, 2023

 

मेरो जाडोको बिदा पुस नाै गतेदेखि सुरु भएको थियो तर म चित्रकलामा छनोट भएको हुनाले म विद्यालय जानु पर्थ्यो । म विद्यालय नाै बजे गएर चार बजे घर फर्किन्थेँ तर सोमबारको दिन तेक्वान्दोको जाँच भएको हुनाले हाम्रा कक्षाका सबै विद्यार्थीहरू विद्यालय आएका थिए । मैले चित्रकला चार दिनमा बनाउन सकेको थिएँ  र म बिहीवारदेखि विद्यालय जान परेन । बिदाको बेलामा मैले आफ्ना सबै गृहकार्यहरू गरेँ । त्यसपछि म मामाघर गएँ । मेरा बाबा र मामुको बिदामा मलाई रमाइला ठाउँहरूमा घुमाउन लैजानुभयो । फुर्सदकाे समयमा घरमै बसेर मैले स्केटिङ खेल्न पनि सिकेँ । मेरो जाडो बिदा मलाई एकदम रमाइलो लाग्यो ।


 


Read More
My Trip To Chandragiri
- Sambhavya Panday - 30027, Gra ... 24 March, 2023

 

I visited Chandragiri Hill for the first time in November with my family. We all gathered early in the morning, excited for the trip ahead. A small car picked us up from home, and we travelled by bus from Maitidevi to Dillibazar, Putlisadak, Sahidgate, Kalki, and Thankot before arriving at the cable car station.

 

Since it was a Saturday, we paid 799 rupees per person for a cable car ticket. The cable car route is 2.5 km, and it took us only 9 minutes to reach the hilltop from the bottom. There were 41 cable cars: 38 for people and three for goods. We marvelled at the beautiful view of the Himalaya ranges from Everest to Annapurna. We even caught sight of the Kathmandu Valley from the top of Baleswar.

 

At the hilltop, we visited the Mahadev Temple and the statue of Shri 5th Maharaj Prithvi Narayan Shah. We took many photos, including one where I snapped my fingers like the king. My brother and sister played many games, and we all enjoyed some free games and ziplining. There was also face painting, and I had a picture of Luffy drawn on my face. We had momos, juice, french fries, and cheese popcorn while enjoying the pleasant weather.

 

We took the cable car back down since it was time for us to leave.  The cable car is open from 8am to 9pm, with a break from noon to 1 p.m. and from 5:30 to 6:15.

 

Overall, it was an enjoyable experience, and I would love to go back again, especially during the snow season.  Chandragiri is known for snowfall in November and January, and many people visit there to play in the snow.  If I get a chance, I would love to experience that too.


 


Read More
अ लोस्ट लिटल गर्ल
- Pritha Khanal - 30022, Grade ... 23 March, 2023

 

धेरै समय अघि, जाडोको दिनमा, एमा नामकी सानी केटी आफ्नो बुबासँग विमानमा बसिन्, झ्यालबाट बाहिर हेर्दै थिइन् । बाहिर भारी पानी परिरहेको थियो। उनी करिब छ वर्षकी मात्र थिइन् र उनीहरू किन यति धेरै मानिस विदेश जानु वा चीन जानुपर्‍यो भनेर  बुझिनन्।

"दादा," उनले विमान अवतरण गर्ने क्रममा भनिन्, र उनको बुबाले जवाफ दिनुभयो, "हो, मेरो एम्जी, के भयो?" "के अब हामी अवतरण गर्दैछौँ?" उसले कानेखुसी गरी, अलिकति डर लाग्यो। विमान त्यतिबेला अवतरण भयो, र उनी र एम्माले आफूलाई चीनमा फेला पार्दै विमानबाट ओर्ले।

एम्माले आफ्नो डर लुकाउन खोजे, तर उनको बुबालाई थाहा थियो कि उनी डराएकी थिइन्। "चिन्ता नगर्नुहोस्, एम्मा, तपाईंले नयाँ साथीहरू बनाउनुहुनेछ, र तपाईंलाई भाषा थाहा छ, त्यहाँ डराउनु पर्ने के छ?" उसले एमालाई भन्यो।

"तपाईं सही हुनुहुन्छ, दादा, तर के नयाँ बच्चाहरूले मलाई मन पराउँदैनन् त ?" उनले एक सास लिएर जवाफ दिइन्।

"तिमी धेरै सोच्दै छौ, एम्मा, मूर्ख नहुनुहोस् !" उनको बुबाले जवाफ दिनुभयो।

"तपाईँले सही भन्नुभयो दादा, त्यो मूर्ख थियो। यदि केही बच्चाहरूले मलाई मन पराउँदैनन् भने, अरूले माया गर्ने छन्, र म उनीहरूसँग साथी बन्न सक्छु," उनले आफ्नो अनुहारमा मुस्कान राख्दै जवाफ दिइन्।

त्यो मुस्कान धेरै दिन टिक्दैन भनेर उनलाई थाहा थिएन। होटलमा पुगेपछि, एम्माले आफ्ना नयाँ सहपाठीहरूलाई चकलेट वितरण गर्ने निर्णय गरिन्। उनले आफ्नो बुबासँग अनुमति मागेर उनले भनिन् कि उनी जान सक्छिन्, तर होटलबाट धेरै टाढा छैन। एमा सहमत भएपछि पसलमा आफ्नो मनपर्ने चकलेट नदेखेसम्म उनी हिँडिनन् र आफ्ना सहपाठीहरूलाई दिनका लागि किन्ने निर्णय गरिन् । यद्यपि, उनी होटलबाट धेरै टाढा गइन् र फर्कने बाटो सम्झिन सकेनन्।

एम्माले आफ्ना पाइलाहरू फर्काउने प्रयास गरे, तर तिनले तिनीहरूलाई सम्झिन सकेनन्। उनी डराउन थालिन् र हराएकी थिइन्, उनी कसरी होटलमा फर्कने बाटो फेला पार्ने भनेर सोच्दै। उनले आफ्नो बुबाको सल्लाह सुने र होटल नजिकै बसेकी थिइन्। त्यसपछि उनले होटलको नाम सम्झिन् जुन यो जुइ हो डे थियो। त्यसपछि उनले सबैलाई होटल कहाँ छ भनेर सोध्न थालिन् । यसैबीच, उनका बुबा बिरामी परेका थिए। उनी होटलबाट बाहिर निस्किए र कराउन थाले "एम्मा!" सबैले उसलाई पागल जस्तो देखे । एकजनाले प्रहरीलाई पनि बोलाए । यति धेरै हल्ला गरेको भन्दै पुलिस आए र उनलाई पक्राउ गरेपछि एम्मा होटलमा फर्किन्। "दादा" उनी चिच्याइन् "के हुँदैछ!" उसले आफ्नो बुबालाई सोध्यो, उसको बुबाले भन्नुभयो "एम्मा, म धेरै खुसी छु तिमी फर्केर कहाँ थियौ?" निर्दोष व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई लाज लाग्यो। फेरि जारी राखौंला ।


 


Read More