Written by: Prinsha Pradhan - 34020, Grade III
Posted on: 15 July, 2024
कुनै पुतली ठुला ठुला
कुनै छन् सानासाना
कुनै राता पहेँला
कुनै निला हरिया
कुनैका बुट्टा गोला
कुनैका बुट्टा झिलिमिली
पुतली गर्छन् फुर्रफुर्र
मन हुन्छ भुर्रभुर्र
पुतली उठ्छ माथिमाथि
हामी हिँड्छौँ साथी साथी
कस्तो होला त्यो दिन माथि
पुतली हुन्छिन् हाम्री साथी