Logo

Student Corner

Articles

शान्तिको गाउँ
- Manaswi Sapkota - 26004, Grad ... 20 December, 2023

सारा एक जिज्ञासु र साहसी बच्चा थिई । ऊ आफ्नो घर नजिकको जङ्गलमा जाँदा रमाइलोका लागि घुम्थी । एक दिउँसो  ऊ सामान्यभन्दा धेरै टाढा, गहिरो जङ्गलमा पुगी । ऊ डराई आखिर ऊ १४ वर्षकी मात्र थिई। उसले जङ्गलले उसलाई घेरेको महसुस गरी र उसले अगाडिको सिधा बाटो मात्र देखी । जति नै हिँडे पनि जङ्गलको अन्त्य भेटिएन । अझ ठुलो र डरलाग्दो मात्र भयो । अँध्यारो हुँदै गइरहेको थियो । घाम लगभग अस्ताइसकेको थियो र सारा झन् डराएकी थिई । सुन्दर हरिया रुखहरू एकाएक अँध्यारो र घुमाउरो देखिन्थे । निलो पानीमा सर्पहरू डुबेको जस्तो देखिन्थ्यो । साराले जङ्गली जनावरको आवाज मात्र सुन्न सक्थी । 

यी घटनाहरूबिच साराले अन्ततः एउटा घर देखी । छिटो हिँड्दै, लगभग दौड्दै ऊ घरको अगाडि पुगी । नजिकबाट निरीक्षण गर्दा साराले धेरै घरहरू देख्न थाली र यी घरहरूको बिचमा एउटा ठुलो आगो थियो । साराले वरपर हेरी र एउटी वृद्ध महिलालाई देखी । उसले सोधी, "म कहाँ छु" ?  आमाले सहजै भनिन् बच्चा तिमी अचम्ममा धेरै टाढा जङ्गलमा पुग्यौ, ठिकै छ राती बसेर भोलि जानु । उनले यो ठुलो मुस्कानका साथ भनिन् र यसले सारालाई सुरक्षित र न्यानो महसुस गरायो । उसको परिचय अन्य गाउँलेहरूसँग भयो । यस गाउँमा कलाकार, सङ्गीतकार, लेखक, डाक्टर, शिक्षक र सबै थिए । तिनीहरू सबै दयालु थिए र सबै आफ्नो बारेमा कुरा गर्न र साराको बारेमा जान्न उत्सुक थिए ।

कथै कथामा एउटा कथाले साराको कान समात्यो । नाना नाम गरेका सङ्गीतकारको कथाले । नाना सानै थिए जब उनले गीत लेख्न थाले । उनले विभिन्न कार्यक्रममा गाए र सबैले सधैँ आफू राम्रो गायक हो भने तर नाना आफैँले त्यस्तो सोच्दैनथे । उनले सोच्थे कि उनको सङ्गीत प्रतिभाको आधारभूत थिएन र त्यो सबै प्रशसाको योग्य छैन । उनले आफैलाई घृणा गर्न थाले । किनकि उनलाई लाग्थियो कि उनले केही महान् बनाउन सक्दैनन् तर वास्तविकतामा त्यस्तो थिएन । नानाले आफूलाई धेरै माया गर्न थालेपछि उनको प्रतिभा मात्र बढ्यो र उनी पहिलेभन्दा राम्रो सङ्गीतकार बने । यो सारासँग साँच्चै अड्कियो किनभने ऊ पनि एक कलाकार थिई । उसको लागि उसको कला कुरूप थियो तर अरूका लागि थिएन । साराले सोच्न थाली कि सायद उसको कला खराब छैन । थप कथाहरू सुनेपछि, सारा सुत्छे। ऊ आमाको घरमा न्यानो र आरामदायी ओछ्यानमा सुत्छे। सुत्नु अघि उसले तातो र स्वादिष्ट खानाले भरिएको प्लेट खान्छे। सारालाई आज सपना जस्तै लाग्छ ।

भोलिपल्ट बिहान उठेर साराले ती आमा हराएको भेट्टाई । घरबाहिर गएर आमालाई चिया बनाउँदै गरेको देखेपछि ऊ त्यही जान्छे । उसले अभिवादन गर्छे र आमालाई गाउँ र यसको उत्पत्तिबारे सोध्छे। आमाले आफूले आफ्नो आत्मालाई निको पार्ने र मन सफा गर्न चाहने मानिसहरूका लागि यहाँको गाउँ बनाएको बताइन् । गाउँमा छनोट भएकाले मात्रै जान सक्ने भएकाले यो ठाउँ गोप्य राख्नुपर्ने उनको भनाइ छ । सारा आफू छनोट भएको तथ्यबाट छक्क पर्छे । ऊ आमासँग थप कुरा गर्छे र तयार भएको चिया पिउँछे। साराले सबैलाई बिदाइ गरेर गाउँ छोड्छे। घर फर्किदै गर्दा उसले हिजोको रात बारेमा सोच्छे। आफूले अनुभव गरेको कुरा साँचो हो कि होइन भनेर सोच्दै घर ऊ पुग्छे । 

उसको घरमा उसको आमाले उसलाई के भयो भनेर सोधिन् र उसलाई अँगालो हालिन् । उसले झुट भन्छे कि ऊ हराएर र रूखको छेउँमा सुती तर उसलाई केही खराब भएन । उसले गाउँको बारेमा बताइन् किनभने यो गोप्य थियो । अब जब जब सारालाई शान्ति खोज्नुपर्छ । ऊ त्यो गाउँमा जान्छे र त्यहाँका मानिसहरूसँग कुरा गर्छे । ऊ आफूलाई र आफ्नो कलालाई बढी माया गर्छे। ऊ जहिले पनि भेट्न जान्छे गाउँलेहरूको पोट्रेट कोर्छे। ऊ त्यहाँ हुँदा साँच्चै शान्तिमा हुन्छे ।


 


Read More
Everyone is God
- Rushina Tamang - 26008, Grade ... 19 December, 2023

God is described as a being that can change the course of beings lower than it. God is a figure that helps, loves, and cares for beings lower than them. God is a being with endless love and forgiveness. God is a source of support, and God helps people achieve their goals by granting their wishes. These are the features of the god that we know, follow, and believe in. Our ancestors have left many traits behind indicating the existence, physical and moral characteristics, and stories of a certain higher being we call God.

People live their entire lives trying to rely on this higher being to solve all their life problems and get them to the perfect paradise afterlife. They spend their lives trying to make sure they stay within the rules created by God, trying to stay as pure as possible with the ideology of walking the path towards light. What people do not realize is that the God that we speak of and their powers and characteristics are within human limits. And why is that? It’s because God hasn’t shown any examples of his powers or hasn’t shown his proof of existence throughout many centuries. So, in order to keep people believing in God’s existence, the creators of this presence had to state that God doesn’t grant you powers; he just helps you get through your problems through hard work and makes sure you have a happy life, bringing you gifts in life as a reward for your hard work.

When we work hard day and night, then of course, we are going to get good results due to our hard work. But what part did God play while we did all that work that we so highly devote the results of our work to them? God’s powers and characteristics are within human limits, as said earlier, which means that any human can be God. As long as a human has a pure heart, a helpful soul, and power that can change another human’s life, they also can become God. Even if you gift a 500 rupee note to a beggar on the street, for that person, you become God. When you save another person’s life, you become God, even when you cook good food, which ensures good health in the future of the person who eats that food, makes you God.

The God that we believe in, we can become ourselves. Some might argue, saying that we can’t become God as we can’t move mountains and move the clouds in the skies. Oh, but when one has the money and power, trust me, they can create mountains and clouds. Everything that has been recorded done by God is not impossible to be done by humans. God has not done any activities that go past the human imagination. Everything God has done has been done within the boundaries of its existence on this planet Earth.

Humans can become gods. They can solve any matter in the world with enough power and money. They can create unimaginable things. They can achieve unimaginable goals. They can change anything that comes their way. And yet, they rely on a higher being to grant them things they can achieve themselves and blame the being for their failing when the being has no part in the process of achieving their goals. Humans need to realize that God exists for mental strength to finish their goals, not as a source of a chance at success.


Read More
जाडोको सौन्दर्य
- Surabhi Ghimire - 26012, Grad ... 18 December, 2023

सेताम्य हिउँ, छायाँ र चिसाे समय,

सिरसिर हवा, तुषाराे र हुस्सु

पर्वतहरू बेलाबेला लिन्छन् बरफको रूप,

बिर्सिएको थियो धेरै, यो समयको साथ।


 

फूलहरूको छायाँ, सुन्दर र शीतल,

चिसाेको आगमन, बदलिएको वातावरण।

सर्दीको सुरुवात, कुहिराेसँगै मधुराे घाम

मुटु नै हल्लाउने याे कस्ताे जाडाे याम ।


 

पहाड र हिमालहरू छान्न थाल्छन् ताताे

टिपेर चिसाेबाट घामलाई काखमा

गुनगुनाउँदा उनीहरू हिमाली भाकामा

तुषारापात ती हरिया पाखाहरूमा ।


 

बालबालिकाहरू बरफमा गोलाबारी,

रमाई रमाई खेल्छन् वारिपारि

सर्दीको मौसम, रमाइलो र आनन्द मानी

रमाएर एक अर्काकाे हात तानी तानी


 

प्रकृतिको रमाइलो, ठाउँहरूमा सञ्चार,

हिउँकाे सुन्दरता र  जीवनमा नयाँ रङ्ग ल्याउँदै।

टम्म र गम्म भएर बरफमा हराउँदै 

म तिमीलाई बिदा गर्न चाहन्छु ।


 


Read More
My Childhood
- Phoebe Shrestha - 26016, Grad ... 15 December, 2023

What a day it was,

When I tried to remove my birthmark with a knife.

A little curve dark and misunderstood,

A mark I thought was unwanted.
 

What a day it was,

When I put the corn inside my nose.

Unable to breathe, I began to cry,

Till suffocation took me nigh.
 

What a day it was, with confidence so high,

When I used to sing a song.

Lyrics flying here and there, voice cracking,

Until my throat began to dry.
 

What a day it was,

When I poked my eyes in a room with dim light.

Tomorrow was my birthday, a day so near,

But instead, I was found in the hospital, in fear.
 

What a day it was when I refused to go to school,

My loud screams echoed, breaking the school’s compound.

Returning home, I proudly told,

‘Phoebe did not agree to go to school,’ confused why people were laughing.
 

All the times I heard my mom called ‘Phoebe, do not do it,’

She repeated, ‘Phoebe, be careful.’

But silly me did not agree until I gave it a try.

If I did, I would always cry.
 

Everything made sense for me till then.

Looking now, it seems so silly,

But in each mistake,

There was a lesson to be learned.
 

When I remember those moments,

I catch myself smiling like a dumb person.

If I could, I would still want to go back,

But sadly, I can’t.
 

I miss my childhood more than anything,

The past I can never get over,

The past where I enjoyed myself, with no pain and no gain,

And the past, which began with a smile on my face.
 

My childhood is the best part of my life,

I have loved and cherished each moment.

A source of laughter, joy, and peace

Comes from my childhood.


Read More
तारा
- Aashiya Shrestha - 27030, Gra ... 15 December, 2023

यी आकाशमा भएका सबै ताराहरू

हाम्रा सपनाहरू झैँ छन्, ताराहरू 

कहिले एउटा झर्छ भने कहिले अर्को झर्छ 

तिम्रो र मेरो सपना आज यी ताराले भरेको 

आकाशको तल छन्,कहिले पूरा हुने हो थाह छैन । 
 

म तिमीलाई हेर्दै रमिता  मनाउँछु

तिमी ताराहरुलाई हेरी आशा राख्नु

तिमी यी ताराभन्दा केही घटी छैनौ 

आकाशभन्दा धेरै त तिमी  सुन्दर छौ 

 यी ताराभन्दा धेरै त तिमी  चम्किन्छौ  ।

 

मलाई मेराे भविष्य तिमीसँग बिताउन मन छ 

मेरा सपना तिम्रासँग जोड्न मन छ 

हामीसँगै जीवन बिताउने दृश्य हेरी बस्छु 

हामीसँगै भएको कथा बनाई बस्छु  ।
 

तिमी जुनलाइ हेर म तिमीलाइ हेर्छु 

तिम्राे  बोली बस् म सुनिरहन्छु 

तिम्राे  चित्र मेरो दिमागमा कोरिरहन्छु 

तिम्रो आवाजको गीत बनाई बस्छु ।
 

यी आकाशमा भएका सब्बै ताराहरू

हाम्रो सपना झैँ छन् 

कहिले एउटा झर्छ भने कहिले अर्को झर्छ 

तिम्रो र मेरो सपना

आज यी ताराले भरेको आकाशको तल छन् 

आकाशको तल छन्  ।


 


Read More
न्यायका लागि विद्रोह
- Sauharda Bajracharya - 26010, ... 14 December, 2023

कुनै एउटा गाउँमा एक शिशुको जन्म भयो । जहाँ मानिसको दैनिक जीवन रङ्गले भरिएको थियो, तर शासक भने अँध्यारो औँसी जस्तै थिए । अर्जुनको जन्मले गाँउमा एउटा खुसीको प्रकाश छाएकाे थियाे । उनी गरिब परिवारमा जन्मे पनि ठुलाे हुँदै जाँदा उनमा असमानता र  न्यायको लागि अटल जोश थियो ।

त्यस देशका राजा चाहिँ भ्रष्टाचारमा डुबेका थिए । गाउँलेहरूको श्रम र मिहिनेतलाई धनीहरूलाई बेचेर राजा आफू मोजमस्ती गर्थे । गाउँलेहरूलाई दमनमा राखेर, धम्की दिएर, धेरै कर उठाएर, राजाले गाउँलेहरूको आवाज दबाएका थिए । अर्जुनले आफ्नो गाउँका मानिसहरूको पीडा देखेका र बुझेका थिए । बुढाबुढीहरूको सङ्घर्ष, गरिबीले रूवाएका बच्चाहरू, राजाको न्यायले छुट्टाएको परिवारहरू र आफूले भोगेका पीडाहरू । राजाको यस्तो निर्दयी शासनलाई हटाउन अर्जुनले आफैँले नै केही गर्ने निर्णय लिए । पुरातन ठुलाठालुले सुनाएका कथाहरूबाट प्रेरणा पाएर अर्जुनले न्यायको लागि साहसी खोज सुरू गरे । उनले आफ्नै गाउँठाउँका आम जनताबाट सहयोगीहरू खोजे । यस्ता मानिस जो परिवर्तन र नयाँपनका खोजीमा थिए । सँगै सबै मिलेर एउटा राजालाई चुनौती दिने र राजाको विरोध गर्ने एउटा  समूह तयार भयाे। 

राजाको दरबारको ढोकामा हातहतियार लिएर जाँदा राजाको सैनिकले रोक्ने र आक्रमण गर्न नमिल्ने भएको कारण उनीहरूले अर्कै रणनीति बनाए । अर्जुन र अरूले गाँउका मानिसहरूलाई आशा र एकताको सन्देश फैलाउन थाले । किसानदेखि विद्वान् सबैलाई क्रान्तिको सन्देशवाहक बनाउन थाले, सबैलाई आफ्नो अधिकारका बारेमा शिक्षा दिन थाले । 

गाउँमा क्रान्तिको आवाज फैलिएझैँ, राजाका सल्लाहकारहरूले उनलाई आउन लागेको आँधीबारे चेतावनी दिए । शासकको मनमा डरको भावना जन्मियो, उनले झन् आफ्नो शक्तिलाई बलियो बनाए । तैपनि यसले झन् क्रान्तिकारीहरूको ज्वालालाई मात्र बढावा दियो । 

अर्जुनले कुेरेको दिन आयो- आन्दोलनको दिन । अर्जुन र उनका सहयोगीहरूले शान्तिपूर्ण आन्दोलन गरे । राजाको दरबार अगाडि । उनीहरूले हातहतियार बोकेनन्, शान्ति र आशा दिने नाराहरू तयार पारे । ‘हिंसाले समस्या मात्र निम्त्याउँछ, शान्ति नै अनन्त समाधान हो ।’

पीडामा परेका मानिसहरू न्यायको माग गर्दै दरबार अगाडि आवाज उठाउँदै थिए । कुनै समयमा सबैभन्दा शक्तिशाली र सर्वोच्च दरबारका ढोकाहरू जनताको आवाजले काँपिरहेका थिए । 

दरबारको ढोका हल्लियो । त्यँही थिए, राजा । सर्वोच्च शासक अुनहार र मन दुवैमा डर भरिएको । अर्जुन अग्लो भएर उभिएँ । आँखाको नजर अटल राखेर । उनले राजासँग शान्तपूर्वक कुरा गरे । उनले राजालाई राजाले आफूले गरेका गल्ती सम्झाए, ती गलत हुन् भने । उनले राजालाई शासन छोड्न भने । राजा शासन छाेड्न सहमत भए । 

हप्ता दिनपछि, अदालतमा मुद्दा सुरू भयो । सबै जनताको टोली भएको कारण, न्यायधीशहरूले भ्रष्ट नभई, न्याय दिनु पर्यो । अदालतले राजाले गरेको काम गलत र आफ्नै राज्यलाई हानी पुर्याएको भने । राजालाई आफ्नो शासन छोड्न आदेश दिइयो । 

अर्जुनको गाँउ एउटा भ्रष्ट र अनुचित शासकबाट मुक्त भयो । गाँउमा स्वतन्त्रता र एकताको नयाँ भावना प्रतिस्थापन भयो । अर्जुन आफू शासन नबनिकन, जनतालाई नै नयाँ शासक चुन्न लगाए । अर्जुन निर्देशन र आशाको एउटा किरणको रूपमा उभिए । त्यसपछि, राजालाई चुनौती दिने व्यक्तिको नामले अर्जुनको कथा वर्षौँसम्म फैलियो ।  


 


Read More
The Evolution of the Inclusive Fashion Movement
- Aayusi Shrestha - 26002, Grad ... 13 December, 2023

In the past, the world of fashion and beauty was often exclusive, leaving many individuals feeling marginalized and pressured to conform to conventional standards. This historical context emphasized a limited and sometimes even prejudiced definition of beauty and style, sidelining those who didn't fit the established molds. It perpetuated outdated beauty norms, restricting self-expression, and imposing societal expectations on people, constraining their ability to embrace their true identities.

However, in recent times, there has been a transformative shift towards inclusive fashion and beauty. This paradigm shift celebrates diversity and empowers individuals from all backgrounds, body types, and personal styles. It underscores the idea that fashion and beauty should be accessible to everyone, regardless of their differences. In this new era of inclusivity, the fashion industry acknowledges the beauty in embracing all body types, from petite to plus size, ensuring that no one is left behind in the style conversation.

Inclusive beauty has also made significant progress, breaking free from outdated beauty norms and recognizing the multitude of forms that beauty can take. Makeup brands have expanded their shade ranges to cater to a broader spectrum of skin tones, promoting the belief that everyone deserves to feel beautiful and seen. Moreover, inclusive beauty celebrates natural beauty, including freckles, scars, and imperfections, conveying the message that perfection is not a prerequisite for beauty.

In addition to this, inclusive fashion empowers individuals to express their identity without being confined by societal expectations. This includes the introduction of gender-neutral attire that knows no gender boundaries. It also incorporates adaptive clothing, which is a crucial development that caters to those with physical disabilities by offering fashionable and functional clothing, contributing to inclusivity and sustainability.

Furthermore, inclusive fashion and beauty provide a platform for celebrating cultural diversity, with traditional clothing and hairstyles from various cultures being embraced and incorporated into mainstream fashion, contributing to cultural appreciation.

While inclusive fashion and beauty have made remarkable progress, there is still much work to be done. As consumers, we can continue to support brands that advocate inclusivity and sustainability, ensuring that the fashion and beauty industries continue to evolve in a direction that celebrates diversity and self-expression.

This movement towards inclusivity in fashion and beauty is not just a passing trend; it's a significant shift in the way we perceive and celebrate beauty and style. It's about recognizing that beauty comes in many forms and that personal style should be a source of empowerment, not restriction. It's about acknowledging the unique attributes and qualities that make each individual special and embracing them.

In conclusion, inclusive fashion and beauty embody the celebration of diversity, offering an opportunity to break free from the conventional molds of beauty and fashion while also fostering greater self-confidence and acceptance. These movements empower individuals to celebrate their unique identities and, collectively, contribute to creating a more diverse and inclusive world for all, marking a stark departure from the exclusionary practices of the past. This transformative journey towards inclusivity represents not only a step forward in fashion and beauty but also in societal values, encouraging a world where everyone can feel beautiful and confident in their own skin.


 


Read More
शैक्षिक भ्रमण बीपी कोइराला सङ्ग्रहालय
- Riti Niraula - 27029, Grade I ... 13 December, 2023

मिति २०८० सालकाे साउन महिनामा हामी कक्षा नौ र दशका विद्यार्थीलाई सिफल स्कुलबाट शैक्षिक भ्रमणमा लगिएको थियो । शैक्षिक भ्रमणको लागि हामीलाई बीपी कोइराला मेमोरियल विज्ञान तथा प्रविधिक सङ्ग्रहालयमा लगिएकाे थियाे । हामी अरू दिनहरूझैँ विद्यालय आयौँ र करिब साढे नौ बजेतिर स्कुलबाट कीर्तिपुरतर्फ लाग्यौँ । हामी सबै जना रमाउँदै र गीत  सुन्दै गइरहेका थियाैँ । हामीमध्ये कोही बसमा निदायाैँ । करिब एक घण्टाको सफरपछि १०:१५ मा हामी कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल विज्ञान तथा प्राविधिक सङ्ग्रहालयमा पुगेका थियाैँ ।

त्यहाँ हामीलाई एक जनाले बीपी कोइराला सङ्ग्रहालय वि.सं. २०७६ सालमा नेपाल सरकारले  स्थापना गरेको जस्ता महत्त्वपूर्ण कुराहरू बताए । त्यसपछि उनले सर्वप्रथम त्यहाँका मेसिन देखाए। उनले देखाए कि बल र दबाबको कारणले गर्दा त्यो मेसिनमा बल राखे त्यो हावामा एउटै ठाउँमा बस्छ । हामीले त्याे मेसिनलाई हेर्न पायाैँ । त्यसबाट हामीले धेरै कुरा सिक्याैँ । त्यसै गरी हामीले अन्य धेरै मसिनहरू पनि हेर्यौ। हामीले हेड अन ए प्येटर भने कुरा पनि देख्याैँ जसले प्रतिबिम्बबारे धेरै कुराहरू सिकायो । त्यसपछि हामीले विभिन्न तरिकाको ऐना, ध्वनि यात्रा, रोबोट, प्रतिक्रिया समय मेसिन, रोबोट आदि हेर्यौँ जसले हामीलाई विज्ञान सम्बन्धी धेरै कुराहरू सिकायो। 

हामीले किताबमा पढेका कुराहरू नै  त्यहाँ प्रत्यक्ष रूपमा देख्यौँ र अझ राम्रो तरिकाले बुझ्न पायाैँ । हामीले त्यहाँ एउटा फुलमाया भन्ने रोबोट पनि देख्यौँ । रोबोट मात्र नभएर हामीले हिँडेर बज्ने पियानो पनि देख्यौँ । कराँतलाई छुँदा झट्का लाग्नु सट्टा आबाज निस्कने मसिङ पनि देख्यौँ । हामीले त्यस्तै अन्य वायुमण्डल, बत्ति, बिजुली, सम्बधी धेरै मेसिनहरू पनि देख्यौँ । हामीले ती मेसिनहरूबाहेक बोट बिरुवाहरू पनि देख्यौँ । त्यहा डि.एन. ए सम्बन्धी पनि धेरै कुराहरू राखिएको थियो । हामीले सामाजिक विषयमा पढेका विभिन्न मूर्तिहरू पनि त्यहा देख्यौँ । त्यसपछि हामीले त्यसा विभिन्न जनावरूका कङ्काल पनि देख्याैँ । यी सबै हेरेपछि हामी बाहिर निस्कियाैँ र केही तस्बिरहरू पनि खिच्यौँ । अनि हामी करिब ११:३० तिर त्यहाँबाट स्कुलतर्फ प्रस्थान गर्यौँ । त्यसपछि हामी त्यहाँकाे सुन्दर दृश्य हेर्दै हाम्राे विद्यालयतर्फ फर्कियौँ । हामी स्कुल आइपुग्दा १२:३० बजेको थियो। हामीले त्यसपछि खाजा खायौँ अनि फेरि पढ्न थाल्यौँ ।

अन्त्यमा यो स्थलगत भ्रमणमा हामीले विभिन्न विज्ञान सम्बन्धी धेरै कुराहरू सिक्ने अवसर पायाैँ । किताबमा पढेका कुरा परीक्षण र अवलाेकन गर्न पाउँदा धेरै रमाइलो महसुस भएको थियो । यस भ्रमणमा देखेका, सिकेका र अनुभव गरेका कुरा  हाम्राे सिकाइका साथी र सहयाेगी बन्नेछन् भन्ने मलाई विश्वास र आशा छ ।


 


Read More