Logo

Student Corner

Articles

मेरो परिवार
- Ujjwol Dhakal - 33023, Grade ... 15 May, 2023

मेरो परिवारमा पाँचजना सदस्य छौँ । मेरो घरमा आमा, बुबा, हजुरबा, हजुरआमा र म बस्छाैँ । हामी सबै मिलेर काम गर्छौं ।  मिलेर बस्याैँ भने घरका सदस्यहरू सहयाेग हुन्छ । एकअर्कालाई सुख हुन्छ । मेरो बुबाको नाम रमेश ढकाल हो । उहाँ ३७ वर्षको हुनुभयो । उहाँ बेकरीमा काम गर्नुहुन्छ । मेरी आमाको नाम रजनी अर्याल हो । उहाँ ३३ वर्षकी हुनुभयो । उहाँ घरको काम गर्नुहुन्छ । मेरो हजुरबुबाको नाम चैतन्य मिश्र हो । उहाँ ७१ वर्षको हुनुभयो । उहाँले समाजशास्त्रको विद्यावारिधि उपाधि पाउनुभएकाे छ । उहाँ डाक्टर हुनुहुन्छ । मेरी हजुर आमाको नाम मिरा मिश्र हो । उहाँ ६० वर्षकी हुनुभयो । उहाँ गृहविज्ञानकाे डाक्टर हुनुहुन्छ । मेरो हजुरबुबा र हजुरआमा अहिले अमेरिकामा हुनुहुन्छ । म मेरो परिवारका सदस्यहरूसँग धेरै खेलहरू खेल्ने गरेको छु । म कहिलेकाहीँ परिवारसँग घुम्न पनि जान्छु । मलाई मेरो परिवारले धेरै कुरामा सहयोग गर्नुहुन्छ ।


Read More
मेरो दैनिक जीवन
- Sarun Maharjan - 33029, Grade ... 24 March, 2023

 

म बिहान पाँच बजे उठ्छु । बिहान उठेर हात मुख धुन्छु अनि म खाना खान्छु । म पन्ध्र मिनेट टिभी हेरेर स्कुल जाने लुगा लगाउन जान्छु । लुगा लगाएर म स्कुल बस रोक्ने ठाउँसम्म पुग्छु । गाडी चढेर म पुग्छु । म स्कुलमा तीनवटा कक्षाहरू सिध्याएर म खाना खान्छु । खाना खाइसकेपछि म चौरमा खेल्छु । फेरि मेरा कक्षाहरू सुरु हुन्छन् । चारवटा कक्षा सकेर हामी खाजा खान्छौँ । खाजा खाइसकेपछि अन्तिम कक्षा लिएर हामी घर जानको लागि तयार हुन्छौँ । हामी विद्यालयको गाडीमा चढ्छौँ । घर पुगेपछि हातमुख धोएर म गृहकार्य गर्न थाल्छु । गृहकार्य सकेपछि म खाना खान्छु । खाना खाएर म पढ्न बस्छु । यसरी मेरा दैनिक कार्यहरू भइरहेका हुन्छन् ।
 


Read More