Logo

Student Corner

मेरो परिवार

Written by: Ujjwol Dhakal - 33023, Grade III

Posted on: 15 May, 2023

मेरो परिवारमा पाँचजना सदस्य छौँ । मेरो घरमा आमा, बुबा, हजुरबा, हजुरआमा र म बस्छाैँ । हामी सबै मिलेर काम गर्छौं ।  मिलेर बस्याैँ भने घरका सदस्यहरू सहयाेग हुन्छ । एकअर्कालाई सुख हुन्छ । मेरो बुबाको नाम रमेश ढकाल हो । उहाँ ३७ वर्षको हुनुभयो । उहाँ बेकरीमा काम गर्नुहुन्छ । मेरी आमाको नाम रजनी अर्याल हो । उहाँ ३३ वर्षकी हुनुभयो । उहाँ घरको काम गर्नुहुन्छ । मेरो हजुरबुबाको नाम चैतन्य मिश्र हो । उहाँ ७१ वर्षको हुनुभयो । उहाँले समाजशास्त्रको विद्यावारिधि उपाधि पाउनुभएकाे छ । उहाँ डाक्टर हुनुहुन्छ । मेरी हजुर आमाको नाम मिरा मिश्र हो । उहाँ ६० वर्षकी हुनुभयो । उहाँ गृहविज्ञानकाे डाक्टर हुनुहुन्छ । मेरो हजुरबुबा र हजुरआमा अहिले अमेरिकामा हुनुहुन्छ । म मेरो परिवारका सदस्यहरूसँग धेरै खेलहरू खेल्ने गरेको छु । म कहिलेकाहीँ परिवारसँग घुम्न पनि जान्छु । मलाई मेरो परिवारले धेरै कुरामा सहयोग गर्नुहुन्छ ।