Logo

Student Corner

Articles

मेरो विद्यालय
- Raj Manandhar - 31023, Grade ... 24 January, 2022

मेरो विद्यालयको नाम सिफल सेकेन्डरी स्कुल हो । यो सिफलमा छ । मेरो विद्यालय धेरै ठुलो छ । मेरो विद्यालयमा फूलहरू फुलेका छन् । मेरो विद्यालय सुन्दर र सफा पनि छ । मलाई पढाउने गुरु गुरुआमाहरूले धेरै राम्रोसँग पढाउनुहुन्छ । हामी सबै जनालाई धेरै माया गर्नुहुन्छ । मेरो विद्यालयमा पढाइ मात्र नभएर खेलकुद तथा अन्य प्रतियोगिताहरूमा पनि बढी जोड दिइन्छ । त्यसैले पनि मलाई मेरो विद्यालय धेरै मन पर्छ । मेरो विद्यालयमा कक्षा कोठाहरू धेरै राम्रा छन् । ती कक्षाकोठाहरूलाई नेपालका विभिन्न हिमालहरूको नाम दिइएको छ । मेरो विद्यालयमा सुन्दर बगैँचा पनि छ । मेरो विद्यालयमा खानेकुराहरू सफा र मिठाे खान पाइन्छ । यहाँ पानी पनि सफा पिउँन पाइन्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।


Read More