Logo

Student Corner

Articles

सिफल नाइट
- Aaron K C - 31004, Grade III ... 13 January, 2022

हाम्रो विद्यालयमा मङ्सिर १० गते सिफल नाइट भन्ने कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा एकदेखि कक्षा तीनसम्मका विद्यार्थीहरूले भाग लिएका थिए । त्यस कार्यक्रममा विभिन्न प्रस्तुतिहरू समावेश भएका थिए । त्यहाँ देखाइएका प्रस्तुतिहरू यसप्रकारका छन् नृत्य, संगीत, स्वस्तिवाचन, याेग आदि, मैले कार्यक्रममा मिठा मिठा खानेकुराहरू पनि खाएँ ।  म कार्यक्रममा नाच्ने, गाउने दुवैमा सहभागी हुन पाएँ । मैले मेरा प्रस्तुति देखाउन पाउँदा म धेरै खुसी भएको थिएँ ।  कार्यक्रममा एकदमै मनोरञ्जनात्मक भएको थियो । कार्यक्रममा धेरै अभिभावक ज्यूहरू उपस्थित हुनुभएकाे थियाे ।
 


Read More
हाम्रो पालामा
- Aarushi Prasai - 32002, Grade ... 13 January, 2022

मङ्सिर महिनामा हाम्रो विद्यालयमा हाम्राे पालाम भन्ने कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हजुरबुबा आउनुभएको थियो । हजुरबुबाले हामीलाई धेरै ज्ञानगुनका कुराहरु बताउनुभयो । हजुरबुबाको पालामा भएका कुराहरू हामीलाई सुन्न धेरै रमाइलो लाग्यो । धेरै पहिले काठमाडाैँमा गाडी धेरै रहेनछन् । मानिसहरूलाई जुत्ता लगाउन पनि धेरै गाह्रो हुने रहेछ । सरकारी जागिर  खाने मानिसहरूकाे तलब २ रुपियाँ बाट सुरु हुने रहेछ । स्कुलहरू कम भएकाले सबैले पढ्न नपाउने रहेछन् । हजुरबुबाले हामीलाई निकै ज्ञानगुनका कुराहरू सिकाएर जानुभयो । उहाँले हामीलाई धेरै पढ्ने सल्लाह दिनुभयो । बिहान छिटो उठ्नुपर्छ । बेलुका छिटो सुत्नुपर्छ । अरूको सामान चोर्नु हुँदैन । अरुकाे सामान चलाउनु हुँदैन आदि कुराहरु हामीलाई बताउनुभयो ।
 


Read More
हाम्रो पालामा
- Vani Sharma - 32021, Grade II ... 12 January, 2022

म सिफल स्कुलमा पढ्छु । हाम्रो स्कुलमा ‘हाम्रो पालामा’ भन्ने कार्यक्रम मासिक रूपमा भइरहन्छ । मङ्सिर महिनामा हाम्रो पालामा भन्ने कार्यक्रममा प्रेमनिधि हजुरबुबा आउनुभएको थियो । उहाँले हामीलाई पहिला पहिलाका कुराहरू बताउनुभयो । पहिला काठमाडौँ उपत्यकामा धेरै गाडीहरू रहेनछन् । जुत्ता पनि मरेका जनावरका छालाबाट बनाइने रहेछ । काठको जुत्ता पनि पाइने रहेछ । एक पैसाले धेरै खानेकुराहरू किन्न सकिने रहेछ । त्यतिबेला स्कुलहरू पनि निकै कम रहेछन् । यस्ता कुराहरू सुन्दा हामीलाइ निकै अचम्म लागेकाे थियाे । हजुरबुबाले हामीलाई धेरै पढ्नुपर्छ,  बिहान छिटो उठ्नुपर्छ, चोर्नु हुँदैन भन्ने कुराहरू सिकाउनुभयो ।


Read More
सिफल नाइट
- Aarohi Poudel - 31035, Grade ... 10 January, 2022

हाम्रो विद्यालयमा मङ्सिर १० गते शुक्रवारको दिन सिफल नाइट कार्यक्रम सम्पन्न भएको थियो । त्यस कार्यक्रममा मैले नृत्य र संगीतमा भाग लिएकी थिएँ । मलाई सबैभन्दा बढीको नृत्य राम्रो लाग्यो । त्यस कार्यक्रममा कक्षा १ देखि कक्षा ३ सम्मका सबै विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रममा सबैजना साथीहरूका अभिभावक पनि आउनुभएको थियो । उक्त कार्यक्रममा गुरुआमाहरूले पनि आफ्ना केही शब्दहरू राख्नुभएको थियो । काेही साथीहरूले कविता वाचन पनि गरे । कसैले स्वस्तिवाचन गरे । कार्यक्रम सगरमाथा हलमा सम्पन्न भएकाे थियाे । कार्यक्रम भने निकै रमाइलो भएको थियो ।


Read More
हाम्रो पालामा
- Hariom Dahal - 32008, Grade I ... 10 January, 2022

मङ्सिर महिनाको १३ गते हाम्रो स्कुलमा हाम्रो पालामा भन्ने कार्यक्रममा मैले भाग लिएको थिए । कार्यक्रममा  हजुरबुबाले हामीलाई उहाँका पालामा भएका कुराहरू बताउनुभयो । उहाँको पालाका कुराहरू सुन्दा मलाई धेरै अचम्म लाग्यो । त्यतिबेला एक पैसामा त धेरै खानेकुराहरु किन्न पाइने रहेछ । जताततै सामान किन्न नपाइने रहेछ । जुत्ता भने सधैँ लगाउन नपाइने रहेछ । हजुरबुबाले हामीलाई ज्ञानी बन्नुपर्छ भन्नुभयो । भगवान सबै ठाउँमा हुनुहुन्छ । भगवानलाई छलेर हामीले कुनै पनि काम गर्न सक्दैनाैँ, भन्ने कुराहरू पनि बताउनुभयो । बिहान छिटो उठ्नुपर्छ । पढ्ने कुराहरू बिहान पढ्नुपर्छ । बेलुका पनि छिटो सुत्नुपर्छ । नराम्रो काम गर्नुहुँदैन, भन्ने कुराहरू  हामीलाई सिकाउँनुभयो ।


Read More