Logo

Student Corner

Articles

नेपालको नाममा
- Krishma Thapa - 27005, Grade ... 05 August, 2022


नेपाल छ एक सुन्दर देश
सबै रमाएर सॅंगै रहेका
एकता यहाँको विशेषता
तर न्याय र कानुन ?
पहुँचवालाकाे हातमा ।

कपडालाई  दोष दिने गरिन्छ
अन्याय गर्नेहरू निर्दाेषी
दाेषीहरूले कानुलाई पैसाले किन्छन् 
बच्चा देखि बुढासम्म
सबैले डराउनु पर्ने।।२।।

चिन्ता गर्छिन् आमा
आफ्नी हुर्किंदै गरेकी छोरीको लागि
समाजबाट टाढा राख्न खोजिन्
नराम्रो दृश्यबाट।।३।।

छोरीको लागि एक किसिमको डर
रातदिन हिँड्ने डराइ डराइ
न्याय दिइएको छैन
जुलुस उठ्छ तर न्याय नाइ ।।४।।

दोष दिने गरिन्छ छोटो कपडालाई
के बच्चा के बुढा ?
समाजले हेर्ने  दृष्टिकाेण
डर  पाइला पाइलामा ।५।।

कहिले हुने महिला सुरक्षित
बच्चादेखि  बुढासम्म
अन्यायमा  पिल्सिएकाहरू 
सधैँ अन्यायमा
 न्याय खाई  ।।६।।


Read More
हिड्ने क्याटफिस
- Sanskar Sharma - 29051, Grade ... 05 August, 2022

हिड्ने क्याटफिस ताजा पानीको हावामा सास फेर्ने क्याटफिसको प्रजाति
हो जुन दक्षिणपूर्व एसियाको मूल निवासी हो। सुख्खा जमिनमा घुम्ने
भएकाले यसलाई हिड्ने क्याटफिस भनिन्छ । हिड्ने क्याटफिसको शरीरको
आकार लामो हुन्छ र यसको लम्बाइ लगभग ०.५ मिटर  अर्थात् १.६ फिट र तौल
१.२ किलो २.६ पाउन्ड हुन्छ । हिड्ने क्याटफिस दक्षिणपूर्व एसियाको
एक  प्रजाति हो तर पानीबाट बाहिर निस्कँदा सुकेर मर्ने
जोखिम हुन्छ । यो क्यालिफोर्निया, कनेक्टिकट, जर्जिया, म्यासाचुसेट्स र
नेभाडामा रिपोर्ट गरिएको छ। हिड्ने क्याटफिस फ्लोरिडामा आयात
गरिएको थियो, कथित रूपमा थाइल्याण्डबाट, १९६० को सुरुमा जलीय
कृषि व्यापारको लागि। तिनीहरू जमिन पार गर्न सर्पले जस्तै हिँड्छन् । यो
माछा सामान्यतया पोखरी, दलदल, खोला र खोलाको साथै बाढी आएको
क्षेत्रमा ढिलो चल्ने र प्रायः स्थिर पानीमा बस्छ।


Read More
पशुपतिनाथ
- Ojaswini Lama - 29019, Grade ... 03 August, 2022

पशुपतिनाथ मन्दिरको ऐतिहासिक पौराणिक मान्यता छ । पशुपतिनाथको अर्थ पशु यानि जीव र पति यानि स्वामी हो । यसको मतलब यो संसारको सबै जीवको स्वामी या भगवान हुन् । पशुपतिनाथ। यो मन्दिर काठमाडौंमा अवस्थित छ। यो हिन्दु धर्मावलम्बीहरूको निकै प्रख्यात मन्दिर हो । संसारका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्। पशुपतिनाथको मन्दिर बिहान ४ बजेदेखि खुल्छ र रातिको ९ बजेसम्म भक्तजनहरूलाई दर्शन गर्न खुला हुन्छ । यो मन्दिर शिव भगवानको लागि प्रख्यात छ । विशेष गरी पशुपतिनाथ मन्दिर तिज, शिवरात्री, रक्षाबन्दन आदिमा भक्तजनहरूको घुँइचो लाग्ने गर्छ । शिवरात्रीको दिन मन्दिरलाई झिलिमिली पारेर फूल र बत्तीले सजाउने चलन छ । महाशिवरात्रिको उपलक्ष्यमा भारतबाट पनि कयौँ साधुहरू नेपालमा आउने गर्दछन् ।

पशुपतिनाथ मन्दिरसहित देशभरिका विभिन्न शिव मन्दिर बिहा देखि भक्तजनहरूको घुँइचो लाग्छ ।शिख, बौद्ध, जैन, गणपत आदि सम्प्रदायका भक्तजनहरू पशुपति आस्थाको केन्द्र बनेको छ। जन्मदेखि मरणसम्म मानिसहरू पशुपतिनाथमा धाउने गर्छन् ।‍ मान्छे जन्मँदा भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न आउछन् साथै केहि मान्छे मरे पनि आफ्नो संस्कार गर्न पनि पशुपतिनाथ आउने गर्दछन् । अहिले मानिसहरूको पशुपति क्षेत्रको नदीहरू निकै फोहोर पारेका छन् ।  यो सबै सफा नगरेसम्म यो क्षेत्रकाे विकास गर्न निकै गाह्रो छ । आस्थावान मान्छे वा भक्तजनहरूको पशुपति क्षेत्रमा निकै पूजाआजा गरेर मन्दिरको शोभा बढाएको छ साथै उनीहरूको आस्था पनि बढाएको छ। 


Read More
जस्तो शिक्षा त्यस्तै काम
- Prasanna Dhungel - 28021, Gra ... 02 August, 2022

“आफैले नराम्राे सिकाएँ त्यसकाे फल अहिले नराम्राे पाएँ”, आमाले मनमनै साेचिन् ।
अर्काकाे घरमा काम गरेर आमाछाेराले जीवन चलाउथे । छोराको नाम नवीन थियो र आमाको शोभा । उनीहरू धेरै गरिब थिए । उनीहरूसँग एक छाक खाने पैसा पनि थिएन । उनीहरू एउटा धनी व्यक्तिको घरमा काम गर्थे ।

छोराले एकदिन त्सस व्यक्तिको घरबाट थोरै पैसा चोर्‍याे ।। उनीहरूको धेरै नराम्रो स्तिथि भएकाले आमाले केही भन्नु भएन । उसले भोलिपल्ट पनि पैसा चोरेर ल्यायो तर आमाले गर्नुहुँदैन भनेर सम्झाउनुभएन । हरेक दिन उसले उसले हिजोभन्दा धेरै पैसा चोर्थ्यो । सुरुमा थोरै रकम हराएकोमा धनी व्यक्तिले पनि थाहा पाएनन् तर दिनै पिच्छे अझै धेरै पैसा हराएको उनले थाहा पाए र प्रहरीलाई यस बारेमा खोज तलास गर्न बोलाइयो । प्रहरीहरू आफ्नो काममा असफल रहे । तीआमाले यो घरमा धेरै वर्ष देखि काम गर्दै आएका रहेछिन् त्यसैले उनीहरूलाई कसैले शङ्का गरेन । दिन बित्दै गयो र अझै धेरै पैसा हराउदै गयो  र छोरा पनि ठुलो हुदैँ गयो । आमाले भन्नुभयो  “तँ पनि ठुलो भैस आब हामी यहाँबाट ठुलो रकम चोरेर भाग्नुपर्छ “, छोराले पनि हुन्छ भन्यो ।

धेरै रकम चोर्ने र त्यहाँबाट भाग्ने फैसला गरे । उनीहरूले पैसा चोरे र त्यहाँबाट भाग्न आटेको बेला आमालाई बोलाइयो आमाले छोरालाई भन्नु भयो “ तँ यही बस्दै गर म माथि गएर आइहाल्छु “, छोराले जवाफमा “हजुर माथि जाँदा मलाई समाइयो भने ?”, भनेर भन्यो । आमाले त्यस्तो कै हुँदैन भन्नुभयो र जानुभयो । एकछिन पछि आउदा तल छोरा थिएन, उनलाई एकछिन छोरालाई समात्योकी भनेर शङ्का लग्यो तर, उनले भुइँमा एउटा कागजको टुक्रा देखिन् त्यहाँ “ म समातिएको छैन “ लेखिएको थियो । त्यतिबेला आमाले छोरा एक्लै पैसा लिएर भागेको पत्तो पाइन् । उनलाई सानोमा  आफ्नो छोरालाई न सम्झाएकाेमा पश्चाताप भयो ।


Read More