Logo

Student Corner

पशुपतिनाथ

Written by: Ojaswini Lama - 29019, Grade VI

Posted on: 03 August, 2022

पशुपतिनाथ मन्दिरको ऐतिहासिक पौराणिक मान्यता छ । पशुपतिनाथको अर्थ पशु यानि जीव र पति यानि स्वामी हो । यसको मतलब यो संसारको सबै जीवको स्वामी या भगवान हुन् । पशुपतिनाथ। यो मन्दिर काठमाडौंमा अवस्थित छ। यो हिन्दु धर्मावलम्बीहरूको निकै प्रख्यात मन्दिर हो । संसारका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्। पशुपतिनाथको मन्दिर बिहान ४ बजेदेखि खुल्छ र रातिको ९ बजेसम्म भक्तजनहरूलाई दर्शन गर्न खुला हुन्छ । यो मन्दिर शिव भगवानको लागि प्रख्यात छ । विशेष गरी पशुपतिनाथ मन्दिर तिज, शिवरात्री, रक्षाबन्दन आदिमा भक्तजनहरूको घुँइचो लाग्ने गर्छ । शिवरात्रीको दिन मन्दिरलाई झिलिमिली पारेर फूल र बत्तीले सजाउने चलन छ । महाशिवरात्रिको उपलक्ष्यमा भारतबाट पनि कयौँ साधुहरू नेपालमा आउने गर्दछन् ।

पशुपतिनाथ मन्दिरसहित देशभरिका विभिन्न शिव मन्दिर बिहा देखि भक्तजनहरूको घुँइचो लाग्छ ।शिख, बौद्ध, जैन, गणपत आदि सम्प्रदायका भक्तजनहरू पशुपति आस्थाको केन्द्र बनेको छ। जन्मदेखि मरणसम्म मानिसहरू पशुपतिनाथमा धाउने गर्छन् ।‍ मान्छे जन्मँदा भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न आउछन् साथै केहि मान्छे मरे पनि आफ्नो संस्कार गर्न पनि पशुपतिनाथ आउने गर्दछन् । अहिले मानिसहरूको पशुपति क्षेत्रको नदीहरू निकै फोहोर पारेका छन् ।  यो सबै सफा नगरेसम्म यो क्षेत्रकाे विकास गर्न निकै गाह्रो छ । आस्थावान मान्छे वा भक्तजनहरूको पशुपति क्षेत्रमा निकै पूजाआजा गरेर मन्दिरको शोभा बढाएको छ साथै उनीहरूको आस्था पनि बढाएको छ।