Logo

Student Corner

Articles

भ्यागुताहरूको दौड प्रतियोगिता
- Anjila Sherpa - 30063, Grade ... 26 July, 2023

एकादेशमा एउटा घना जङ्‌गल थियो। त्यो जङ्‌गलमा धेरै भ्यागुताहरू बसोबास गर्थे। भ्यागुताहरूले एकआपसमा दौड प्रतियोगिता गर्ने निर्णय गरे। अर्को दिन सबै भ्यागुताहरू जम्मा भए । दौड सुरु भयो । भ्यागुताहरू दौडेर पहाडको टुप्पामा पुग्नुपर्ने सर्त थियो। भ्यागुताहरू उकालामा उफ्रँदै कुद्न थाले । जङ्‌गलमा धेरै जनावरहरू दौड प्रतियोगिता हेर्न आएका थिए। उकालो चढ्दा भ्यागुताह‌रूलाई गाह्रो भएको थियो । भ्यागुताहरू पनि हामी सक्दैनौँ भनेर हार माने।
एउटा भ्यागुताले खेल छाेड्नुहुँदैन भनेर  सबैलाई सम्झायो तर अरू भ्यागुताले साथ दिएनन् । त्यो भ्यागुता पहाडकाे टुप्पोमा पुग्यो र दौड जित्यो । हामीले यो कथाबाट थाहा पायाैँ कि लक्ष्य प्राप्तिका लागि अरूको कुराले विचलित नभई अगाडि बढ्‌नुपर्छ ।


Read More
कर्तव्यबोध
- Sambridhi Gelal - 29063, Grad ... 25 July, 2023

सबै मानिसको आआफ्नै अधिकार र कर्तव्य हुन्छ। मानिसले आफ्नो कर्तव्य, पूरा गर्‍याे भने, उसले अधिकार पाउँछ। सामान्य शब्दमा, कर्तव्य भनेको जिम्मेवारी हो र सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। साना ठुला, नेता, डाक्टर, विद्यार्थी, किसान, मन्त्री, प्रधानमन्त्री, पाइलट, सबैको आ-आफ्नै कर्तव्य हुन्छ I उदाहरणमा, शिक्षकले राम्रोसँग पढाउनुभएन   भने विद्यार्थीले बुझ्दैन र विद्यार्थीले राम्रोसँग नपढे, उनीहरूले पछि आफ्नो र साथै देशको विकास गर्न सक्दैन । त्यसै गरी नेताले राम्रो सेवा, असल नियतले आफ्नो काम, कर्तव्यबोध र काम गरेनन भने देशको विकास हुँदैन। नागरिकले पनि आफ्नो कर्तव्य पूरा गरेन भने समाज विकसित हुन सक्दैन, त्यसैले सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ l
हरेक नागरिक आफ्नो देशतर्फ वफादार. र सहयोगी हुनुपर्छ र त्यस नागरिकसँग देशप्रेमको भावना हुनुपर्छ। हरेक राज्यको आफ्नै नियम हुन्छ जस्तै, कर समयमा तिर्ने, राज्यको सम्पत्तिको संरक्षण गर्ने, राज्यको कानुन र  नियम तथा ट्राफिक नियमको पालना गर्ने, आफू बस्ने समाज सफा राख्ने, आदि । यी नियमहरूको पालना गरे हामी एक असल नागरिक बन्न सक्छौँ र राज्यको पनि विकास हुन्छ । विद्यार्थीको पनि आफ्नै कर्तव्य हुन्छ शिक्षक शिक्षिकाले पढाइएको राम्रोसँग पढ्ने र शिक्षक शिक्षिकाले दिएको जान बुझ्ने, विद्यार्थीको सबैभन्दा महत्वपूर्ण कर्तव्य हो । पढाइ बाहेक विद्यार्थीले बुझ्नुपर्ने कर्तव्य भनेको ठूला मान्यजनलाई अभिवादन गर्ने र आफूभन्दा सानालाई माया गर्ने, अभिभावकले दिएको सल्लाह मान्ने, सबैसँग मिलेर बस्ने, अनुशासित भई बस्ने, परिवार, समाजका काममा सहयोग गर्ने, विद्यालयको नियमको पालना गर्ने, सामुदायिक क्रियाकलापमा सहभागी हुने, आदि हुन् र यी नियमको पालना गरे, हामी एक असल विद्यार्थी बन्न सक्छौँ l त्यसै गरी राज्यको पनि आफ्नै कर्तव्य हुन्छ l राज्यको जनताप्रति, कर्मचारीप्रति,, राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय प्रति छुटाछटै कर्तव्य हुन्छ । राज्यले जनताका लागि जनचेतना जगाउँछ, रोजगारी सिर्जना गर्छ, गुणस्तरीय शिक्षा, स्वास्थ्य, प्रधान गर्छ र अन्तर्राष्ट्रिय निकारप्रति राज्यको व्यपहारिक सम्बन्ध, पर्यटकिय सम्बन्ध आदि रहेको छ l
जुनसुकै उमेर समूहको, पेसा, वर्ग, जाति, धर्मको भए तापनि सबैको आ-आफ्नो कर्तव्य हुन्छ। आफ्नो आफ्नो ठाउँमा बसेर आफ्नो कर्तव्य गर्न कसैले छाडनु वा बिर्सिन हुँदैनl एक असल नागरिकको कर्तव्य भनेर आफ्नो देश तर्फ जिम्मेवार, देशप्रमी, राज्यको सम्पत्तिको संरक्षण गर्ने,  हुनुपर्छ र एक असल विद्यार्थी हुनका लागि हामी मिहिनेत गरी पढनुपर्छ र ठुला मान्यजनले भूनेको कुरा मान्नुपर्छ। यदि हामीले यी कर्तव्यको पालना गर्‍याैँ भने देश विकसित हुन्छ त्यसैले हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ l


Read More
देशप्रति मेराे कर्तव्य
- Rushav Paneru - 28018, Grade ... 24 July, 2023

प्रत्येक व्यक्तिको आफ्नो देशप्रति जिम्मेवारीहरू छन् किनभने तिनीहरू लगभग आफ्नो सम्पूर्ण जीवन देशमा  बिताउँछन् र आफ्ना पुर्खाहरूलाई छोड्छन् । एउटा घरलाई विचार गर्नुहोस् जहाँ परिवारका धेरै सदस्यहरू सँगै बस्छन् तर परिवारको सबैभन्दा वरिष्ठ सदस्य वा घरको प्रमुखले खुसी र शान्त वातावरणको लागि तोकिएका सबै नियमहरू पालना गर्नुपर्छ। तसर्थ, हाम्रो राष्ट्र भनेको एउटा घरजस्तै हो  । जहाँ विभिन्न धर्मका मानिसहरू मिलेर बस्छन्, तर देशको विकासका लागि सरकारले तोकेका केही नियम पालना गर्नुपर्छ । नागरिकको वफादार कर्तव्यहरूले सबै सामाजिक समस्याहरू हटाउन, वास्तविक स्वतन्त्रता प्राप्त गर्न र राष्ट्रलाई विकसित राष्ट्रहरूको श्रेणीमा राख्ने लक्ष्य राख्दछ।

 

‘हामीले समयलाई नष्ट गर्‍याैँ भने समयले हामीलाई नास गर्छ’ भनाइअनुसार सार्वजनिक वा निजी कार्यालयमा कर्मचारीहरू समयमै आइपुग्नुपर्छ र इमानदारीपूर्वक आफ्नो काम पूरा गर्नुपर्छ। समय कहिल्यै स्थिर रहँदैन; यो कहिल्यै रोँकिदैन, र हामीले यसबाट सिक्नुपर्छ। हामीले हाम्रो जीवनको लक्ष्य प्राप्त नगरेसम्म बस्नुहुँदैन। हाम्रो राष्ट्रलाई वास्तवमै महान् राष्ट्र बनाउनु हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण लक्ष्य हो ।

 

हामीले गर्ने हरेक गतिविधिले हामीमा सकारात्मक र नकारात्मक प्रभाव पार्छ- यदि हामीले सकारात्मक रूपमा काम गर्छौं भने, हामीलाई फाइदा हुन्छ, र यदि हामीले नकारात्मक रूपमा काम गर्छौं भने, हामीले दुःख पाउँछौं। स्वहि बमोजिम, हामी आफ्नो देशमा पीडित हुनबाट जोगिनको लागि प्रत्येक र हरेक कदम सही दिशामा चाल्ने प्रतिबद्धता किन गर्दैनौँ ? असल नेता छनोट गरेर देशमा शासन गर्ने सबैलाइ अधिकार छ । तसर्थ, हामीले अरूलाई वा सरकारी अधिकारीहरूलाई किन दोष दिन्छौँ, हामीले हितअनुरूपको दायित्त्व पूरा नगरेकाले अरूलाई होइन, हामीलाई मात्र दोष दिनुपर्छ। हामी हाम्रो आफ्नै दिनचर्यामा मात्र संलग्न भएका छौँ  र अरूको जीवन, अतिरिक्त क्रियाकलाप, राजनीतिक मुद्दाहरू, आदिसँग अन्तरक्रिया गरेका छैनौँ। हामीले विकसित देशको सट्टा विकासशील देशको रूपमा वर्गीकरण गरेर गल्ती गर्‍याैँ ।

 

यो एउटा ठूलो समस्या हो; हामीले यसलाई सजिलै जान दिनुहुँदैन। हामी लोभी र स्वार्थी हुनुहुँदैन; हामी बाँच्नुपर्छ र अरूलाई स्वस्थ र शान्त जीवन बाँच्न दिनुपर्छ। हाम्रो देशको उज्ज्वल भविष्य हाम्रै हातमा छ । अझै हाम्रो लागि समय र मौका छ, हामी अझ राम्रो गर्न सक्छौँ। खुला आँखाले बाँच्न थाल्नुहोस् र देशप्रतिको सच्चा कर्तव्य पूरा गर्नुहोस्। राम्रो सुरुवातको लागि हामीले आफ्नो हृदय, शरीर, दिमाग र वरपरको क्षेत्रलाई सफा राख्नुपर्छ।


Read More
मलाई मन पर्ने खेल
- Aaryan Regmi - 30037, Grade V ... 24 July, 2023

संसारमा धेरै खेलहरू खेलिन्छन् तर मलाई मनपर्ने खेल फुटबल हो। यो खेल हामी खुट्टाले खेल्छौँ । हरेक टिममा ११ जना खेलाडी हुन्छन् । हामी फुटबल ठुलो हरियो मैदानमा खेल्छौँ । यसमा हामी विभिन्न रङका जर्सी लगाउँछौँ । यो खेल धेरै देशले खेल्छन् । याे खेल जित्नेले धेरै थरीका पुरस्कार पाउँछन् जस्तै : गोल्डेन बुट, गोल्डेन बल, बर्लक गोल्डेन फिट आदि । यस खेलमा मलाई मनपर्ने खेलाडी मेस्सी र मनपर्ने देश पनि अर्जेन्टिना हो । यो टिमले सेतो र निलो रङगको जर्सी लगाउँछ  । यो टिमले ३ अाेटा वन वर्ल्ड कप जितेको छ । यस खेलमा गोलकिपर भन्ने पनि हुन्छ  । गोलकिपरले भनेकाे सबैले मान्नुपर्छ । फुटबलमा एउटा (Goat) भन्ने शब्द हुन्छ जुन शब्दले ग्रेटेस्ट अफ अल टाइम भनेर बुझाउँछ। विभिन्न टिमले विभिन्न रङकाजर्सी लगाएका हुन्छन् । यो खेलसँग सम्बन्धित धेरै वटा अनलाइन गेम पनि बनेका छन् । फुटबल खेल्दा शरीर फुर्तिलाे हुन्छ ।


Read More
Change in Character
- Prasiddha Shrestha - 28008, G ... 21 July, 2023

Once there was a peaceful village surrounded by hills. The village wasn't that large. Roughly 100 people lived there. The village was usually very quiet and they maintained peace for a long time  until this one family arrived. James, with his mom and dad, decided to move to that village. The whole family were very aggressive and loud in nature, especially James. He was a very sensitive child. He would instantly realise his mistakes and try to correct them instantly but often he would fail.

 

The village had a community library. James would often visit the library and he would recklessly go through the books. The librarians often would not allow him to enter but sometimes he would get past them and manage to get inside the library. Sometimes he would try to borrow books from the library but the librarians did not trust him so he would often not get the comic books or horror books that he wanted. In a library there is a common rule that you should not disturb others but he would shout at others within the library. He would be constantly violating rules in the library as well .

 

This type of activity was considered normal for him by the villagers but he would be breaking rules not on the inside of the library but also outside in the community garden as well. The problem was not with him being mischievous because he was a child but his parents also did not teach him good behaviour around others. He was also old enough to learn how to behave in front of others but still did not realise anything. Due to this behaviour and his aggressive and loud nature he also didn't have any friends. He would often be roaming around the village bunking the school to pass the time.

 

After some time he started getting alot of scolding and beating of the villagers. Just due to his reckless behaviour the once peaceful and quiet village had turned very aggressive and loud. Soon he also realised the change in the behaviour of the villagers and slowly he started to realise his mistake and how he treated everyone so wrongly like they were nothing. From that day on he tried to change himself but still it was very hard to change his behaviour and the villagers were also used to a very reckless form of behaviour from him so they also had no expectations.

 

Realising his mistakes he started to take part in community service, activities and various programs. His efforts were clearly seen by the villagers who changed their perspective about him. He now starts to realise that his actions really had very bad consequences upon the behaviour and state of the village . Seeing that he started to realise his mistakes. He started to make lots of friends. Everyone wants to be friends with him. He started to spread positivity around everyone. That day he realised that actions have consequences. He realised that his mistakes have the greatest effects on others.

Moral : Actions has consequences


Read More
जलवायु परिवर्तन र प्राणीकाे भविष्य
- Yavna Sharma - 29066, Grade V ... 21 July, 2023

जलवायु परिवर्तन प्राकृतिक चक्र भएतापनि यसले हाम्रो ग्रहलाई नराम्रो असर गरिरहेको छ । मानव गतिविधिहरू जस्तै वन फँडानी, जीवाश्म इन्धन जलाउने, र वायुमण्डलमा हरितगृह ग्यासहरू उत्सर्जन गर्ने अन्य अभ्यासहरूको कारणले हुन्छ। जलवायु परिवर्तनले मौसमको ढाँचा, समुद्री धारमा परिवर्तन ल्याइरहेको छ र वन्यजन्तुको बासस्थानलाई असर गरिरहेको छ। नेपालमा सातौँ कक्षाको विद्यार्थीको रूपमा, मेरो ध्यान जनावरहरू र जलवायु परिवर्तनले उनीहरूको भविष्यलाई कसरी असर गरिरहेको छ भन्ने कुरामा केन्द्रित छ।

 

जनावरहरू हाम्रो प्राकृतिक वातावरणको महत्त्वपूर्ण भाग हुन्, र तिनीहरूले हाम्रो ग्रहको पारिस्थितिक प्रणालीकाे सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । जलवायु परिवर्तनले जनावरहरूको निश्चित प्रजातिहरू लोप हुन सक्छ, नयाँ क्षेत्रमा बसाइँसराइ गर्न वा नयाँ परिस्थितिहरूमा अनुकूलन गर्नु पर्ने हुन सक्छ। प्रजाति र परिस्थितिअनुसार यी परिवर्तनहरू सकारात्मक वा नकारात्मक हुन सक्छन्।

 

जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा धेरै प्रजातिहरूलाई आफ्नो प्राकृतिक बासस्थानमा बाँच्न समस्या हुनेछ। उदाहरणका  लागि, ध्रुवीय भालुहरू पहिलेदेखि नै ध्रुवीय बरफका टोपीहरू पग्लिने कारण संघर्ष गरिरहेका छन्, जुन उनीहरूको शिकार र प्रजनन को लागि आवश्यक छ। बरफ पग्लिँदै जाँदा, तिनीहरूको बासस्थान कम हुँदै गइरहेको छ, र तिनीहरू या त बसाइँ सर्ने वा बाँच्नको लागि नयाँ तरिकाहरू खोज्नुपर्छ । यो अन्य जनावरहरू जस्तै एडेली पेन्गुइनहरूसँग पनि भइरहेको छ, जो प्रजननको लागि समुद्री बरफमा निर्भर छन् । यदि बरफ पग्लियो भने, तिनीहरूको खानाको स्रोत कम हुनेछ, र तिनीहरूले खाना खोज्नको लागि आफ्नो प्रवास सुरु गर्नुपर्ने छ।

 

अर्कोतर्फ, केही जनावरहरूले जलवायु परिवर्तनबाट लाभ उठाउने छन्। उदाहरणका लागि, लामखुट्टे न्यानो वातावरणमा फस्टाउँछन् र रोगहरू सजिलै फैलाउन सक्छन् । यसले विश्वव्यापी रूपमा रोगहरूबाट हुने मृत्युमा उल्लेखनीय वृद्धि हुन सक्छ । कोयोट्स र सेतो पुच्छर हरिणजस्ता अन्य जनावरहरूले आफ्नो दायरा विस्तार गर्न र नयाँ क्षेत्रहरूमा जान सक्छन्। केही तातो पानीका प्रजातिहरू चिसो क्षेत्रहरूमा बसाइँ सर्न सक्छन्, जसले ती क्षेत्रहरूमा खाद्य श्रृङ्खलालाई असर गर्न सक्छ।

 

जलवायु परिवर्तनले जनावरहरूलाई अन्य तरिकामा पनि असर गरिरहेको छ । उदाहरणका लागि, महासागरको अम्लीयपनलेले केही सामुद्री जनावरहरूलाई खोल वा एक्सोस्केलेटनहरू बनाउन गाह्रो बनाइरहेको छ । यसले तिनीहरूलाई बाँच्न र पुन: उत्पादन गर्न गाह्रो बनाउन सक्छ । मौसमको ढाँचामा हुने परिवर्तनले माइग्रेसन ढाँचा, प्रजनन चक्र, र खानाको उपलब्धतालाई पनि असर गर्न सक्छ।

 

नेपालका विद्यार्थी भएको नाताले हिमालयमा बसोबास गर्ने जीवजन्तुहरूमा जलवायु परिवर्तनको असरबारे म चिन्तित छु। हिमालय हिम चितुवा, हिमालयन भालु र रेड पाण्डा जस्ता धेरै लोपोन्मुख जनावरहरूको घर हो । हिउँ चितुवाको बासस्थान हिँउ पग्लिएर घट्दै गएकाले लोप हुने जोखिममा छ । उनीहरूको बासस्थानको विनाशका कारण उनीहरूलाई उपलब्ध शिकारको मात्रा पनि घट्दै गएको छ। यी परिवर्तनहरूले हिमालयन भालु र रातो पाण्डाहरूलाई पनि असर गरिरहेको छ, जो एउटै बासस्थानमा निर्भर छन्।

 

निष्कर्षमा, मैले सिकेको छु कि जलवायु परिवर्तनले जनावरहरूलाई धेरै तरिकामा असर गरिरहेको छ। केही प्रजातिहरूले जलवायु परिवर्तनबाट लाभ उठाउने छन्, जबकि अरूले पीडित हुने छन्। यो आवश्यक छ कि हामीले वातावरणमा हाम्रो प्रभावलाई कम गर्न र यी कमजोर पारिस्थितिका कारण प्राणीकाे रक्षा गर्न कदम चाल्न आवश्यक छ। हामीले हाम्रो कार्बन फुटप्रिन्ट कम गर्न, नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोग गर्न र जलवायु परिवर्तनका प्रभावहरूबारे आफूलाई शिक्षित गर्न आवश्यक छ। हामीले हाम्रो ग्रहको प्राकृतिक स्रोतहरू आगामी पुस्ताका लागि सुरक्षित छन् भनी सुनिश्चित गर्न सँगै काम गर्न आवश्यक छ।


Read More
My Wonderful Trip To Gorkha
- Ashra Shrestha - 30055, Grade ... 21 July, 2023

On Baisakh 15, 2080, I went to Gorkha with my grandparents for our Kulpuja, which occurs yearly. My parents went two days before me, as I had gone to Baglung with my grandparents to attend my uncle’s wedding ceremony. It took almost 10 hours to reach Gorkha from Baglung. The road from Pokhara to Abukhaireni was under construction, so there were numerous traffic jams and a dusty road. During the journey, I experienced motion sickness and felt exhausted. But as we took a left turn from Abukhaireni towards Gorkha, I felt fresher in its clean environment. My grandparents and uncles were excited and overwhelmed to see the road and village developments, as they had also been there for a long time.
At 6 p.m., we reached Gorkha. It was my first visit to Gorkha. The fresh air and green environment made all my exhaustion seem insignificant. We ate our dinner and went to sleep. The next morning, we got ready for our Diwali Pooja. After we finished our Pooja, as per our culture, we ate a feast together. This is one of the occasions when all of our relatives come together for the holy work of our Kulpuja. After finishing all our rituals, we sat in our house compound, talking. My father was sharing with us his beautiful childhood memories. Although the house was not the same, it is now a new concrete home built after the 2072 earthquake. I could see happiness in his face. It was already 11 p.m., so we all went to sleep.
In the morning, the bus was waiting to pick us up and take us back to Kathmandu. On the way, we all went to Gorkha Durbar and Baba Gorakhnath temple. After that, we all came back to Kathmandu. My first visit to Gorkha was a very nice and unforgettable tour. It was a wonderful trip to Gorkha.


Read More
आमा
- Eshita Lal - 28015, Grade VII ... 20 July, 2023

तिमी त हौ सुख शान्ति र देवीदेवताकी देवी
तिम्राे नाम सुनी सबै आफ्ना शिर झुकाउँछन्
तिमी नै हौ माता, जननी सबै नाम मात्र हुन्
तिमी सुख शान्तिकी देवीकाे रूप हौ त कि

 

आफ्ना दुख कष्ठ नहेरी नानीलाई खेलाउछ्याै
नानी रुन्छे भनी खेलहरू सबै खेलाउउछ्याै
नानी रुन्छ भनी राति झिम्झिमाउँदै निदाउँछ्याै
नानी भोकाउँछिन भनी हातमा दुध लिई बस्याै ।

 

नानीलाई बिहान विद्यालय गई पुर्‍याउछ्याै
बेलुका आफ्नो नानी लिन बिद्यालय जान्छ्याै
बिहान बेलुका नानीलाई खाना खुवाउँछिन्
नानी चिसो भई आफ्नो मायाले जिउ तताउछिन्

 

आँखामा छन् यिनका माया र मोहका भाव
जति टाडा गएपनि सन्तानलाई भुल्दिनन्
कहिलै हार नमानी हुर्काउछिन कसै गरी
साना देखि ठुलो भई छाेड्दिनाै  साथ कसै गरी


Read More