Logo

Student Corner

Articles

किसानकाे रहर कविता समिक्षा
- Sayoon Darlami - 29038, Grade ... 30 November, 2021

किसानकाे रहर कविता कविता महेन्द्रमाला कक्षाः ५ बाट साभार गरिएकाे हाे । याे कविता जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित नेपाली पाठ्यपुस्तकमा पाठ्यसामग्रीका रूपमा पाठ चारमा राखिएकाे छ । किसानको रहर कवितामा कविले किसानको काम र विचारलाई अति नै सुन्दर ढङ्बाट प्रस्तुत गरेका छन्।
यो एउटा किसानको जीवनमा आधारित घटना हो । किसान धर्ती पुत्र हो। उसको सानो खेत, सानो बारी र सानै जहान परिवार छ। खेतबारीमा काम नगरी उनीहरुले खान पाउँदैनन्। हरेकदिन उकाली-ओराली गरिरहेका हुन्छन्। आफ्नो परिश्रमले आर्जन गरेको अन्न भित्र्याउने सपना बोकेर उनीहरु हरेक दुःख भुल्छन्। उनीहरुले आफ्नो जीवन जिउनको लागि आफ्नो खेतमा काम गर्छन्। ऊ हरेक मौसममा आफ्नो खेतबारीमा अन्न उमार्छ र त्यसैबाट आफ्नो गुजारा चलाउँछ। हलो ,जुवा र हातमा कोदाली उसको शोभा बनेको छ । असारमा ऊ धान रोप्छ, पानी लगाउँछ, गोडमेल गर्छ। घामपानी, तिर्खा,भोक केही नभनी उसको पुरै परिवार खेतमा काम गर्छन्। धानको पातमा शीतको थोपा पर्दा उनीहरु रमाउँछन्। धानका बाला सुनजस्तै  देखिन्छ। पाकेको धानका बाला नुहेर भुइँ  छोएको जब देखिन्छ तब गुणी मान्छे जो जहिले पनि आफू झुकेर अरूको सम्मान गर्छ भन्ने कुरा दर्शाउँछ। सेता सुन्दर हिमाललाई दाँतको लहरसँग तुलना गरेका छन्। यसरी हिमाली सुन्दरताको पनि बखान गरिएको छ।
यसरी किसानकाे रहर कविता झ्याउरे लयमा रचना गरिएकाे अत्यन्त उत्कृष्ठ, सरल र सरस तरिकाले रचना गरिएकाे छ । 
 


Read More
शान्तिकाे आत्मकथा
- Prabal Dawadi - 29020, Grade ... 29 November, 2021

१. परिचय
शान्तिको आत्मकथा एउटा सचित्र र रमाइलो कथा हो। यस कथाका लेखक विजयराज आचार्य हुन्। यस कथाको चित्राकर युवक श्रेष्ठ हुन्। यस कथाको प्रकाशक विवेक सृजनशील प्रकाशन प्रा.ली  हाे। यस कथाको मुद्रक सम्झना प्रेस,ठमेल हो। यस कथाको पहिलो संस्कण २०५९ पुस र दोश्रो फागुन मा भएको थियो।

२.कथावस्तु
यस कथामा शान्तिका आमाबुबाले साहुको ऋण तिर्न नसकेर कमैयाको रूपमा तराई झरे । त्यै ठाउँमा शान्तिको जन्म भएको थियो । शान्ति ७ वर्षकी हुँदा उनलाई कमैयाको काम गर्न काठमाण्डौँ पठाइयो। उसको मालिक्निको डेरामाथि घरबेटिकाे एउटा ऊ जस्तै काम गर्ने केटी बस्थी । उसको नाम वसन्ती थियो । शान्तिको मालिक्नीकाे डेरातल मास्टर काका बस्नु हुन्थ्यो। एक दिन मास्टर काकाले दुवै जनालाई बोलाउनुभयो अनि तिमी हरू समय भएको बेला म सँग पढ्न आउनु भन्नुभयो। शान्तिको आफ्नो मालिक्नीलाई भनिन तर बसन्तिले भनी अनि उसको मालिक्नीले कराई अनि उसको शान्ति र मास्टर काकासँग भेट भएन। त्यसपछि शान्तिकी मालिक्नीले घर छाडी । ऊ पनि आफ्नो घर फर्की । ऊ शिक्षक भई । उसलाई एउटा चिट्ठी आयो त्यो वसन्तीको रहेछ उसले म काकाकहाँ गएर पढ्थेँ तर काका सरुवा हुनु भयो आफ्नो गाउँ फर्किनु भयो भनेर लेखेकी रहिछे । शान्तिलाई मास्टर काकासँग भेट्ने ठूलो चाहना थियो।

३.पात्र
यस कथाको मुख्य पात्रका रूपमा शान्ति मास्टर काका वसन्ती र मालिक्नी हरू आएका छन्। यस कथाको खराब पात्र वसन्तकी मालिक्नी र शान्तिकी मालिक्नी हुन् किनभने उनीहरूले मास्टर काकालाई नराम्रो भने र शान्ति र वसन्तलाई पढ्ने अवसर दिएनन्। यस कथाका असल पात्रको रूपमा मास्टर काका आएका छन् किनभने उनले आफ्नो समय मिलाएर शान्ति र वसन्तलाई पढाउँथे।

४.परिवेश
यस कथाको स्थलगत परिवेशको रूपमा शान्तिका बुबा आमा कमैया बसेको घर, शान्ति र वसन्तीले काम गर्ने घर र शान्तिले पढाउने विद्यालय आएका छन्।

५. निष्कर्ष वा सिफारिस
यो कथा म अरूहरूलाई पनि सिफारिस गर्न चाहन्छु किनकि यस कथाले पढाइको महत्व देखाएको छ र हामीले पढ्न को लागि सङ्घर्ष गर्नु पर्दछ भन्ने कुरा सिकाएको छ।
 


Read More
भानुजयन्ती
- Sakshi Singh - 29027, Grade V ... 26 November, 2021

भानुभक्त जन्मिएकाे दिन भानुजयन्ती हाे । याे असार २९ गते पर्छ । नेपालका आदीकविका रूपमा भानुभक्त परिचित छन् । संस्कृतमा रचना गरिएकाे रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषाकाे विकासमा भानुभक्तकाे ठुलाे भूमिका रहेकाे छ । 
भानुजयन्तीमा हाम्राे विद्यालयमा विभिन्न साहित्यिक कार्यक्रमहरू हुन्छन् । यस पटककाे भानुजयन्तीमा हाम्राे विद्यालयमा अनलाईनमा नै कविता वाचन कार्यक्रम भयाे। हामीहरू सबै कक्षाका विद्यार्थीहरू सहभागी भएर फरकफरक कविका कविता वाचन गर्याैँ । हाम्रा कतिपय साथीहरूले आफैँ कविता पनि रचना गरेर सुनाउनुभयाे । नेपाली गुरुआमाले भानुभक्तले रचना गरेकाे कान्तिपुरी नगरी भन्ने कविता वाचन गरेर सुनाउनुभयाे । 
यसरी हामीले भानुजयन्ती भानुभक्तकाे सम्झनामा हर्षाेल्लाससँग मनायाैँ ।


Read More
राम्रो बानी
- Aarjan Khadka - 29003, Grade ... 25 November, 2021

सबै मानिसको फरक फरक बानी हुन्छन् । कसैका  राम्रा र कसैका नराम्रा बानी हुन्छन् । बानी भनेको एक  नियमित प्रवृत्ति वा अभ्यास हो, जुन​ त्याग्न कठिन छ। एक व्यवहार जुन कसैको शारीरिक वा मानसिक स्वास्थ्यको लागि लाभदायक हुन्छ । प्रायः अनुशासन र आत्म-नियन्त्रणलाई राम्रो बानी भनिन्छ।
बानीहरू विकसित भ​एका हुन्छन् वा विभिन्न स्रोतहरू बाट सिकिएका हुन्छन्। राम्रो बानी एक व्यक्तिमा राम्रो शिष्टाचारको विकास गर्न मद्दत गर्छ​। हामीले धेरै सानै उमेरदेखि राम्रो बानीकाे अभ्यास गर्नुपर्छ​। हामीले राम्रो बानी बसाल्नुपर्छ किनकि राम्रो बानी र शिष्टाचारले हामीलाई राम्रो साथी र राम्रो वातावरण दिन्छ।

केही राम्रो बानीहरू हुन्: चाँडै सुत्न र चाँडै उठ्ने, स्वस्थ खाना खाने, अरुको सम्मान, र आदि। हामी समयमा सुत्नु पर्छ र चाँडै उठ्नु पर्छ। हामी सधैँँ ईमानदार हुनुपर्छ र भनेको समयमा काम पुरा गर्ने बानीको पालन गर्नुपर्छ। हामीले सधैँँ खाँचोमा परेकालाई सहयोग गर्नुपर्छ। हामी सधैँँ घर, स्कूल र जताततै राम्रो बानीको पालन गर्नुपर्छ।
 


Read More