Logo

Student Corner

Articles

वारहरू
- Sambhavya Pandey - 30027, Gra ... 03 December, 2021

हप्तामा सातवार हुन्छन् । हप्ताको  पहिलो वार आइतवार हो । दोस्रो वार सोमवार , तेश्रो मङ्गलवार, चौथो बुधवार ,पाँचौँ बिहिवार ,छैठाैँ  शुक्रवार र हप्ताको अन्तिम  वार शनिवार  हो। हप्ताको  पहिलो वार आइतवारदेखि  कार्यालय , विद्यालय, अस्पताल र अरु संघसस्थाहरू सबै सुरु हुन्छन् । हप्ताको  आन्तिम दिन शनिवार  कार्यलय , विद्यालय आदि सबै  बिदा हुन्छन्। नेपालमा हप्ताको एक दिन बिदा  हुन्छ । 
हाम्रो  नेपालमा वारअनुसार देवीदेवताका पूजाआर्चना पनि  गरिन्छ । जस्तैः आइतवारकाे दिन  भगवान सूर्यको  विशेष पूजा गरिन्छ,सोमवार भगवान शिवको पूजा गरिन्छ, मङलवार गणेश भगवानको र हनुमानको पूजाअर्चना गरिन्छ । बुधवार श्रीकृष्ण भगवानको पूजाअर्चना गरिन्छ । बिहिवार बिष्णु भगवान  र बङ्गलामुखी माताको पूजा गरिन्छ अनि शुक्रवारको दिनलाई  सन्तोषि माता,लक्ष्मी माता,वैभवलक्ष्मी र दुर्गा माता आदिको पूजा गर्ने दिन भनिन्छ । त्यस्तै शनिवार  शनिदेव ,संकटा र माहांकालको पूजाआर्चना गरिन्छ ।
 


Read More
महिनाहरू
- Sambhavya Pandey - 30027, Gra ... 02 December, 2021

नेपालमा जम्मा १२ वटा महिनाहरू छन् । बैशाख महिना पहिलाे महिना हाे भने चैत्र अन्तिम महिना हाे । बाह्र वटा महिनाहरू यसप्रकार छन्ः बैशाख, जेठ, असार, साउन, भदाै, असाेज, कात्तिक, मङ्सिर, पुस,माघ, फागुन र चैत्र । हाम्रा हरेक महिनामा कुनै न कुनै चाड परेकाे हुन्छ । बैशाख महिनामा नयाँ वर्ष मनाइन्छ । बैशाख र जेठ महिनामा आमाकाे मुख हेर्ने दिन,बुद्ध पूर्णिमा , र उभाैँली पर्व पर्छन् । असार महिनामा दही चिउरा खाने दिन, तुलसी राेप्ने दिन पर्छनन् । साउन महिनामा गुरुपूर्णिमा र रक्षाबन्धन पर्दछन् । भदाै महिनामा कृष्ण जन्माष्टमी, तीज, बुवाकाे मुख हेर्ने दिन आदि  पर्दछन् । असाेज महिनामा प्रायःजसाे हाम्राे सबैभन्दा ठुलाे चाड विजया दशमी र कात्तिक महिनामा तिहार पर्दछ । मङ्सिर महिनामा  विवाह पञ्चमी पर्दछ । पुस महिनामा ल्हाेसार र हामी विद्यर्थीका लागि ठुलाे चाड सरस्वती पूजा पर्दछन् । माघे सङ्क्रान्ति माघमा पर्छ भने  फागुन महिनामा महाशिवरात्री,फागुपूर्णिमा पर्दछन् । अन्तिम महिना चैत्रमा घाेडेजात्रा र चैते दसैँ पर्दछन् । हामी हरेक महिनाका चाडपर्वमा उत्तिकै रमाउँछाैँ र रमाएरै महिनाहरू बिताउँछाैँ । 
जेठ, असार र साउनमा दिनहरू लामा र रात छाेटा  हुन्छन् अनि यी दिनहरूमा गर्मी बढी हुन्छ  भने मङ्सिर,पुस र माघमा दिनहरू छाेटा रात लामा हुन्छन् साथै यी महिनामा ठन्डी बढी  हुन्छ ।  फरक महिनाअनुसार ऋतुहरू पनि फरकफरक नै हुन्छन् । चैत्र ,बैशाखमा वसन्त ऋतु,जेठ,असारमा ग्रीष्म ऋतु, साउन,भदाैमा वर्षा ऋतु , असाेज, कात्तिकमा शरद ऋतु  मङ्सिर , पुसमा हेमन्त ऋतु र अन्त्यमा माघ,फागुनमा शिशिर ऋतु पर्दछन् ।
 


Read More
हिमाल
- Aarjan Khadka - 29003, Grade ... 02 December, 2021

सधैँ हिउँ पर्ने विश्वभरिकै अग्लो पहाडको समूहलाई हिमाल भनिन्छ । हिमाल नेपालको उत्तरी भागमा रहेको छ । यहाँ धेरै जाडो हुन्छ । यहाँ धेरै जाडो हुने भएकोले मानिस, जनावर र चराचुरुङ्गीहरु पनि बस्दैनन् । नेपालका अग्ला पहाडहरू हिउँले ढाकिएका छन् तर तिनीहरूको तल्लो भाग घाँस र बोटबिरुवाले ढाकिएको छ ।

नेपालमा संसारभरिकै अग्ला हिमालहरु छन् । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालामा नै छ । यसको  करिब उचाइ ८८४९ मिटर हो । संसारको धेरै मानिसहरुले यस हिमालको चुचुरामा पुग्ने प्रयास गरेका थिए । सगरमाथामा सबै भन्दा पहिले पाइला टेक्ने नेपालको तेन्जिङ नोर्गे शेर्पा र न्यू जि ल्यान्ड  एडमन्ड हिलारी थिए । नेपालमा सौन्दर्यको श्रेय दिने यी हिमालहरूले पर्यटनको क्षेत्रमा मुख्य भूमिका खेलेको छ। हिमाल हेर्न धेरै पर्यटक नेपाल आउने गर्छन् । नेपालको हिमाली क्षेत्रमा धेरै दुर्लभ जडीबुटीहरू पाइन्छन्। हामी तिनीहरूलाई सिधै औषधिको रुपमा प्रयोग गर्न सक्छौँ वा तिनीहरूबाट महत्त्वपूर्ण औषधिहरू बनाउन प्रयोग गर्न सकिन्छ। हिमालमा जमेको हिउँ पग्लेर ठुला-ठुला खोलाहरु बगेका छन् । त्यसैले हिमाल पानीको स्थायी स्रोत हो । हिमालको हावापानी र वातावरण ताजा र स्वस्थ छ । त्यसैले हिमाल क्षेत्रका बासिन्दाहरू सधैँ जोसिलो र बलिया हुन्छन्।

हिमालले नेपालको इज्जत बढाउँछ र मानिसहरुको मन लोभ्याउँछ । यसको प्राकृतिक सुन्दरताले विश्वभरिको मानिसलाई आकर्षित गर्दै आएको छ । हामीले हिमाललाई संरक्षण गर्नु पर्छ किनभने यसले हाम्रो देशको इज्जत बढाएको छ ।
 


Read More
खेल सप्ताह
- Agrim Rijal - 29005, Grade V ... 01 December, 2021

यस पटक हाम्राे विद्यालयमा कात्तिक ९ गतेदेखि खेल सप्ताह सुरू भएकाे थियाे । हामी यी दिनहरूमा धेरै रमाउँदै विभिन्न खेलहरू खेल्याै । मैले पनि धेरै खेलहरूमा सहभागिता जनाएकाे थिएँ । कुनै कुनै खेलमा मैले पनि जित हासिल गरेँ । हामी खेल्ने क्रममा खेलका नियमअनुसार कुनै खेल एकल रुपमा खेल्याैँ भने कुनै सामुहिक रूपमा खेल्याैँ । खेल सप्ताहभरि फुटबल, बास्केटबल, क्रिकेट, ताताे आलु, गुच्चाचम्चा दाैड इत्यादि खेलहरू खुब उत्साहका साथ खेल्याैँ । खेल सप्ताहमा आफू खेल्दा मात्र नभई अरू खेलेकाे हेर्दा पनि निकै रमाइलाे हुन्छ ।यस समयमा  विद्यार्थीहरू मात्र नभई शिक्षकशिक्षिकाहरू पनि धेरै रमाउनुहुन्छ ।


Read More
वायुप्रदूषण
- Siddhartha Chaulagain - 30033 ... 30 November, 2021

प्राकृतिक वातावरणमा धुलाे र धुवाँका कणहरू, कार्बन्डाइअक्साइड, कार्बनमाेनाेअक्साइड जस्ता ग्याँसहरू प्रकृतिमा मिसिएर प्रकृतिमा भएकाे शुद्ध र ताजा हावा अशुद्ध र अस्वच्छ हुनु नै वायुप्रदूषण हाे । 
वायुप्रदूषणका कारण श्वासप्रश्वासमा कठिनाइ हुन गई फाेक्साेकाे क्यान्सर हुन सक्छ । त्यसै गरी मुटुराेग,आँखा, छाती र टाउकाे सम्बन्धी समस्याहरू आदि जस्ता स्वस्थ्य समस्या देखिन सक्छन् । वायुप्रदूषणका कारण नेपालमा धेरै सङ्ख्यामा मानिसकाे ज्यान गइरहेकाे छ । विशेष गरी काठमाडाैँमा प्रायःजसाे धुलाे र धुवाँले ढाकेर घाम पनि देख्न नसकिने ,तुवाँलाे लागेजस्ताे देखिने, धुम्म भइरहने हुन्छ । तराइ र काठमाडाैँमा धेरै मात्रामा वायुप्रदूषण भएकाे कारणले गर्दा प्रदूषित देशकाे सुचीमा नेपाल पनि परेकाे छ ।
वायुप्रदूषणमा कमी ल्याउनका लागि हामीहरूले कार्बन्डाइअक्साइडकाे उत्पादन कम गर्ने , धुवाँ बढी फाल्ने यातायातका साधनहरू हटाउनुपर्छ । सडक वरिपरि रूख राेप्नुपर्छ । यसै गरी उद्याेगधन्दा र कलकारखाना व्यवस्थित तरिकाले खाेल्ने गर्नुपर्छ ।
 


Read More