Logo

Student Corner

Articles

प्रेरणा कथा समीक्षा
- Shuvee Lamichhane - 29033, Gr ... 13 December, 2021

प्रेरणा कथा कक्षा पाँचकाे नेपाली पाठ्यपुस्तकमा रहेकाे प्रेरणादायी कथा हाे  । यस कथामा डाेल्मा र कृष्ण प्रमुख पात्रका रुपमा छन् । यी दुवैले असल पात्रकाे भूमिका निभाएका छन् । 
कृष्णले काठमाडाैँका अनाथ र सडकबालबालिकाकाे प्रतिनिधित्व गरेकाे छ । 
कथाबस्तु 
याे कथा यसरी सुरू हुन्छः काठमाडाैँकाे नयाँ सडकमा डाेल्मा शिक्षकलाई कसैले बाेलाउँछ । डाेल्माले त्याे केटालाई चिन्दिनन् । पछि मात्र केटाले आफूलाई चिनाउँदा डाेल्माले चिन्छिन् । एक वर्ष अगाडि सडकमा एकदुई रुपिँया मागेर खाने कृष्णलाई डाेल्माले दुईसय रुपिँया दिएकी थिइन् । त्यही पैसाले जुत्तामा पालिस लगाउने सामान किनेर अहिले पैसा कमाउन थालेकाे रहेछ र डाेल्मा गुरूआमालाई फिर्ता गर्न लागेकाे रहेछ ।त्यही केटाकाे नाम कृष्ण थियाे । डाेल्मा शिक्षकले कृष्णलाई त्याे पैसा आफूजस्तै केही र काेही नभएकालाई दिनु र आफ्नाे कथा सुनाइ प्रेरणा दिनु भनेर फिर्ता दिनुभयाे । 
परिवेश
प्रेरणा कथाकाे मुख्य परिवेश काठमाडाैँकाे नयाँ सडक वरिवरिकाे छ । त्यहाँकाे पिपलबाेट, नेपाल बैङ्क लिमिटेड, गाेरखापत्र छाप्ने ठाउँ आदि यसका परिवेशका रुपमा आएका छन् ।
 


Read More
Jophar Vorin
- Aadar Timalsena - 29046, Grad ... 13 December, 2021

Jophar Vorin, also known as Joseph Vorin, was a bizarre man who arrived in a small village in the district of Lebas, near Frankfort-on-the-Oder, Germany, in 1850. He was quickly arrested due to the absence of his passport or Id. When the police tried to contact him he said he was from a country named Laxaria in a continent named Sakria and he said all the continent names of his world were pretty different from the normal earth. He said Aflar, Astar, Auslar, Euplar and when the police asked him what was his perspective to come in this country and he said he wants to find his brother who was lost, at first he travelled through the ocean and his ship was broke and he was near to the country so he floated through the sea to there. After that incident he became famous for the more investigation he was called in Berlin. So he started travelling with tight security in a van but while going through a jungle he started to get excited and he escaped from a running van, police immediately tried to catch him they saw him running, followed him but what police saw was a guy vanishing and police say he vanished right in front of them but some people say that they have seen some stranger person coming and vanishing. Scientists say that he was in a time loop and he was suddenly teleported in this world and the continents were true as well the country he said but some say police were lying and he got away so police made it up.


Read More
आफ्नाे बारेमा
- Ananya Bhurtel - 29042, Grade ... 10 December, 2021

मेराे नाम अनन्या भुर्तेल हाे । म कक्षा ५ मा पढ्छु । मलाई नाच्न र स्टन्टहरू गर्न मन पर्छ । मलाई सबै मानिसहरूसँग कुराकानी गर्न मन पर्छ । म साथीहरूसँग मिलनसार नै छु । मलाई फूलकाे वासना धेरै मन पर्छ । म चित्र काेर्न पाउँदा धेरै रमाउँछु । 
मलाई मासु खान मन पर्दैन । वास्तवमा मासुकाे स्वाद मिठाे वा नमिठाे भनेर मन नपर्ने हाेइन कि मलाई प्राणीकाे माया लागेर खान मन पर्दैन । हामीहरू जुन जनावरकाे मासु खान्छाैँ त्यसकाे पनि आत्मा हुन्छ, परिवार ,आमाबाबा वा छाेराछाेरी हुन्छन् । तिनीहरूलाई रूवाएर हामी कसरी अघाउन सक्छाैँ ? त्यसैले मलाई परिवारले जति नै धेरै कर गरे पनि म मासु कहिल्यै खाने छैन । 
मलाई पछि गएर सबैकाे सेवा गरेर आफ्नाे र देशकाे नाम उच्च बनाउने मन छ ।
 


Read More
नेपाल
- Snigdha Chaudhary - 30047, Gr ... 10 December, 2021

नेपाल एउटा हिमाली देश हाे । यहाँका मानिसहरू अधिकांश रूपमा नेपाली नै बाेल्दछन् । यहा धेरै जातजातिका मानिसहरूकाे बसाेबास रहेकाे छ । कतिपय जातजातीहरूकाे आफ्नै भाषा पनि रहेका छन् ।  तिनीहरूका फरकफरक संस्कृति रहेका छन् । फरकफरक संस्कृति ,भाषा भेष भए तापनि यस देशका मानिसहरू एकआपसमा मिलेर बस्छाैँ । हामीहरू कसैले पनि एकअर्कालाई सम्मान गरेर बस्छाै । त्यसैले नेपाललाई थरीथरी फूलहरूकाे एउटै साझा फूलबारीका रूपमा पनि लिन सकिन्छ ।  यस देशकाे राष्ट्रिय चरा डाँफे हाे भने राष्ट्रिय फूल लालीगुराँस हाे । यसैगरी राष्ट्रिय जनावर गाई हाे भने राष्ट्रिय हतियार खुकुरी हाे । 
नेपालका दुई विशाल छिमेकीहरू छन् । ती भारत र चीन हुन् । यिनीहरू ठुलाठुला छन् त्यसैले नेपाललाई दुई ढुङ्गाबिचकाे तरूल पनि भन्ने चलन छ । हामीहरूले आफ्नाे देशलाई धेरै माया गर्नुपर्छ ।
 


Read More
काेराेनाकाे समय
- Bishop Chalise - 29010, Grade ... 09 December, 2021

काेराेना भाइरस विश्वमा द्रुत गतिमा फैलियाे । संसारका धेरै देशलाई यसले शिथिल बनायाे । तसर्थ विश्व समुदाय नै घरमा बस्न बाध्य भयाे । हाम्राे विद्यालयकाे पठनपाठन र खेलकुद बन्द भयाे । गर्मी महिनाका उराठलाग्दा दिनकाे हाम्राे दैनिकी झनै उराठलाग्दाे बन्याे । त्यही समयमा हाम्राे विद्यालयले घरैबाट पढ्ने कार्यक्रमलाई अगाडि ल्यायाे । घरमा बसेर हामीले गुगल मिटकाे सहयाेगमा अनलाइन कक्षा लियाैँ । कक्षा लिन पाउँदा खुसी त लागेकाे थियाे तर बेलाबेलामा बत्ती जाँदा र इन्टरनेट जाँदा हाम्राे कक्षा बिचमै राेकिन्थ्याे तर पनि हामीले  सिक्न पाएका थियाैँ । जसकाे फलस्वरूप हामीले शिक्षाकाे नयाँ स्वरूप पायाैँ । हामी एक तरिकाले त्रसित र दिक्दार भइसकेका थियाैँ । अर्काेतिर आफ्नाे भावना साट्नकाे लागि साथीहरूसँग भेट्न पाएका थिएनाैँ । यस्तै दुविधाहरूकाे विचमा हाम्राे विद्यालय खुल्याे । हामी सावधानी अपनाएर विद्यालय जान थाल्याैँ । करिब २ महिना हामी विद्यालयमा खेल्न र पढ्न पायाैँ । काेराेनाले फेरि नयाँ रूप लिएकाे छ । सङ्क्रमित बढ्दै गएका छन् । मर्ने मानिसकाे सङ्ख्या पनि बढ्दै छ । यस्ताे अवस्थामा के हुने हाे हामी सबै अलमलमा छाैँ । 


Read More