Logo

Student Corner

Articles

तिहार
- Yashaswi Pradhan - 30036, Gra ... 19 November, 2021

तिहार हिन्दूहरूकाे दसैँपछिकाे दाेस्राे महान् चाड हाे । नेवार समुदायहरूमा यतिबेला नयाँ वर्षकाे आगमन अर्थात नेपाल संवत् मनाउने प्रचलन पनि छ । तिहार पाँच दिनसम्म मनाइन्छ त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । तिहारकाे पहिलाे दिन कागतिहार हाे । यस दिन कागलाई मिठामिठा खानेकुरा दिएर पूजा गरिन्छ । यसैगरी भाेलिपल्ट दाेस्राे दिन कुकुर तिहार मनाइन्छ । तेस्राे दिन गाेरुतिहार र चाैथाे दिन लक्ष्मीपूजा हाे । लक्ष्मीपूजाका दिन गाईलाईलक्ष्मी माताका रूपमा  पूजा गरिन्छ । त्यस दिन साँझ घरमा दिपावली गरेर धनधान्यकी देवी लक्ष्मीकाे अर्चना गरिन्छ । पाँचाैँ दिन भाइटीकालाई सबैभन्दा महत्वपूर्ण दिनका रूपमा हेरिन्छ । यस दिनलाई दिदीबहिनी र दाजुबहिनीबिचकाे माया कायम गर्ने पर्वका रूपमा हेरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन्छन् र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिन्छन् । यसरी तिहार सम्पन्न हुन्छ । 


Read More
नदी
- Yureka Adhikari - 29049, Grad ... 19 November, 2021

हिमाल बाट झरिकन पहाडलाई हरीया बनाउँछौ 
पानी बनी जीवन दिन्छौ 
खोलानाला सँग भेटी बगिरन्छौ  
ढुङ्गाहरूमा बजारिँदै निरन्तर अघि बग्दछौ 
जहाँ घाम र छायाँ भेटेर रमाउँछन्।
इन्द्रेणीका रङ लहराउँछन्  त्यहाँ हुन्छौ तिमी 
खेल्दै रमाउँदै लहरा अनि पहरासँग जिस्कन्छौ तिमी 
तर रिसाएमा पहाड सिङ्गै लडाइदिन्छौ 
अनि तराई पूरै डुबाइदिन्छौ 
गाउँ-शहर, पाखा-पर्वत डुलिकन सुन्दर बनाउँछौ तिमी 
खेत-बारी डुलिकन अन्न फलाउँछौ तिमी
सबैको घर-घरमा रमी बस्छौ तिमी 
थाक्दैनन् कोहि बयान गरी तिम्राे 
कहिले बनि झरना त खहरे कहिले बनी
कल-कल, छङ्-छङ् आवाज बनाई समुद्र भेट्न जानी
निरन्तर बगिरन्छौ तिमी 
कोहि रोक्न सक्तैन तिमीलाई नत सक्छ छेक्न
तिमी बगेकाे मनाेरम दृश्य सबैले चाहन्छन् देख्न


Read More
हाम्री आमा
- Bishakha Upadhya - 30010, Gra ... 18 November, 2021

आमाले हामीलाई जन्म दिनुभयो| आमाले हामीलाई  धेरै माया गर्नुहुन्छ | हामी ठूलो भएपनि आमाले हामीलाई सानो हुँदा जस्तै माया दिनुहुन्छ | उहाँले हामीलाई यो संसारमा ल्याउनुभयो |हामीलाई जिन्दगी दिनुभयो |आमाको ममताको तुलना कुनै चिजसँग पनि हुँदैन | उहाँले हामीलाई  बोल्न सिकाउनुभयो   र  हिड्न सिकाउनु भयो | उहाँले हामीलाई राम्रो र नराम्रो छुट्याउन सिकाउनुभयाे | हामीलाई राेग लागेको बेलामा आमाले हामीलाई धेरै सहयोग गर्नुहुन्छ । आमाले  हामीलाई कसरी खाने, बस्ने, बाेल्ने सबै  सिकाउनुभयो । आज आमा भएर हामीहरू यहाँ छौं । आमा नभए त हामी यो संसारमा नै हुने थिएनाैँ । आमा हाम्री भगवान हुन् ।  आमाले आफ्नो सन्तानका लागि आफ्नाे प्राण दिन पनि सक्नुहुन्छ ।  हाम्रो लागि आमाको ममता यस्तो हुन्छ भने  हामीले पनि आमालाई दुःख  परेको बेलामा सहयोग गर्नुपर्छ । आमाकाे याेगदानकाे बदलामा हामीले आमाका लागि जीवनभर काम गरे पनि तिर्न सक्दैनाैँ । आमाकाे आँखामा आँसु आउन नदिन हामीले हरसम्भव प्रयास गर्नुपर्छ । आमालाई खुसी बनाउन सक्नु भनेकाे हामीले जिउँदाे देवतालाई पूजा गर्नु जस्तै हुन्छ ।


Read More
हरियो वन नेपालको धन
- Jyotsana Tako - 29041, Grade ... 17 November, 2021

नेपाल विकासाेन्मुख मुलुक हो तर प्रशस्त मात्रामा वनजङ्गल छन् । नेपालमा  ठूला-ठूला जङ्गलहरु छन्। जङ्गलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जङ्गलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुखी हुन् सक्छन्।

वनबाट हामीलाई थुप्रै फाइदाहरू छन्। वनजङ्गलकै कारणले गर्दा समयमा वर्षा भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्षा हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा पनि भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूमीहरू क्षति भइरहने गर्छ।  पर्याप्त वन भएको ठाउँमा भूमीहरू  क्षति हुन पाउँदैन। वनबाट अनेकौं जडिबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई  घाँस  प्राप्त  हुन्छ।  सलाई बनाउने काठ, चन्दन, रबरको लस्सा, मह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ।

वन प्राचिन कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वनजङ्गलमा नै गएर तपस्या  गर्ने  गरेको थुप्रै प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जङ्गली जनावर, पंक्षीहरूको आरक्षण पनि हो।  दुर्लभ जीवजन्तु वनजङ्गलमा नै बस्ने गरेका हुन्छन्।

वनजङ्गलको महत्त्वलाई बुझ्दा बुझ्दै पनि बढ्दो जनसंख्याको कारणले दिन प्रतिदिन जङ्गलको विनाश भइरहेको पाइन्छ। वन  विनाशको  कारणले आइपर्ने  दुःखलाई हरेक मानिसमा बुझाइ  अर्थात् जङ्गलको  महत्त्वको जनचेतना जगाई सबैले वृक्षारोपण गर्ने र यस कार्यमा सहयोग गर्ने हो भने ‘हरियो  वन  नेपालको धन’  भन्ने कुरा सधैँ रहिरहने छ।
 


Read More