Written by: Sambhavya Pandey - 30027, Grade IV
Posted on: 03 December, 2021
हप्तामा सातवार हुन्छन् । हप्ताको पहिलो वार आइतवार हो । दोस्रो वार सोमवार , तेश्रो मङ्गलवार, चौथो बुधवार ,पाँचौँ बिहिवार ,छैठाैँ शुक्रवार र हप्ताको अन्तिम वार शनिवार हो। हप्ताको पहिलो वार आइतवारदेखि कार्यालय , विद्यालय, अस्पताल र अरु संघसस्थाहरू सबै सुरु हुन्छन् । हप्ताको आन्तिम दिन शनिवार कार्यलय , विद्यालय आदि सबै बिदा हुन्छन्। नेपालमा हप्ताको एक दिन बिदा हुन्छ ।
हाम्रो नेपालमा वारअनुसार देवीदेवताका पूजाआर्चना पनि गरिन्छ । जस्तैः आइतवारकाे दिन भगवान सूर्यको विशेष पूजा गरिन्छ,सोमवार भगवान शिवको पूजा गरिन्छ, मङलवार गणेश भगवानको र हनुमानको पूजाअर्चना गरिन्छ । बुधवार श्रीकृष्ण भगवानको पूजाअर्चना गरिन्छ । बिहिवार बिष्णु भगवान र बङ्गलामुखी माताको पूजा गरिन्छ अनि शुक्रवारको दिनलाई सन्तोषि माता,लक्ष्मी माता,वैभवलक्ष्मी र दुर्गा माता आदिको पूजा गर्ने दिन भनिन्छ । त्यस्तै शनिवार शनिदेव ,संकटा र माहांकालको पूजाआर्चना गरिन्छ ।