Logo

Student Corner

Articles

पुस्तक समीक्षा: अप्पु डट कम
- Sambid Dhakal - 30028, Grade ... 02 February, 2022

परिचयः
प्रस्तुत अप्पु डट कम बालउपन्यास हो। यसलाई कपिल लामिछानेले लेख्नुभएको हो। यसलाई जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो। यस बालउपन्यासमा आठवटा भागहरू छन्  तर  उपन्यास चाहिँ एउटै हो। यस  उपन्यासमा मनमोहक चित्रहरू पनि छन् । यो  उपन्यास सुरुमा त धेरै रमाइलो छ  तर पछिपछि  मलाई यो उपन्यासले भावुक बनाएको छ। यस उपन्यास मलाई निकै मन पर्यो।

पात्रहरूः                                                                
यस उपन्यासमा धेरै पात्रहरू छन् जस्तै अप्पु , सुमु ,  सुरक्षाकर्मी,  पसले, हाकिम, बाबुचा,  बाँदर , चिडियाखानाका जनावरहरू आदि । यस उपन्यासको मुख्य पात्र अप्पु हाे ।  यस उपन्यासमा कुनै पनि खराब पात्रहरू छैनन् र यस उपन्यासमा सबैजना असल पात्र नै हुन् ।  मलाई मनपर्ने पात्र अप्पु हाे किनभने अप्पु जे पनि बन्न सक्छ।    

कथावस्तुः
सुमुलाई गीतसङ्गीत खुब मन पर्छ। ऊ आफ्नाे लामाे गर्धन हल्लाएर गीतसँगीतमा नाच्ने र रमाउने गर्थ्याे । ऊ अनुकाे वाकम्यानबाट गीतसँगीत सुन्ने गर्थ्यो ।उसले आफैँ वाकम्यान किन्ने विचार गरेकाे थियाे । विस्तारै वालगीत बन्द गएपछि ऊ निरास भयाे । त्यसैबला उसकाे मुखमा मासुकाे डल्लाे झुन्डिएकाे थाहा पाउँछ । त्यसपछि ऊ नै अप्पु भएकाे कुरा उसले थाहा पाउँछ र उनीहरूले मित लगाउँछन् ।  सुमुकाे चुच्चाे छाडिदिएपछि अप्पुले विभिन्न रूपमा आफूलाई परिवर्तन गर्छ । त्यसपछि उनीहरू स्वयम्भु घुम्न जान्छन् । उनीहरूलाई त्यहाँ प्रहरीले एकछिन राेकिन भन्छन् तर उनीहरू दाैडिँदै गएर सुनधारामा पुग्छन् । उनीहरूलाई निकै भाेक लाग्छ र त्यहाँ उनीहरूले माे माे खान्छन् । त्यसपछि उनीहरू धरहरामा जान्छन् । त्यहाँ अप्पुले उनीहरूलाई आफ्नाे रूप फेरेर देखाउँछ । त्यहाँ मानिसकाे भिड देखेर प्रहरी आउछन् र बन्दुक पड्काउँछन् । प्रहरीले उसलाई चिन्दैनन् । किनभने त्यतिबेलासम्म रूप फेरेर चिडियाखानातिरै पुगेकाे हुन्छ । एकदिन बाबुचा घुम्न गएकाे बेलामा एकाएक चिडियाखानाकाे हाकिम आउछन् । त्यतिबेला अप्पु नै बाबुचा बन्छ र बाबुचाकाे जागिर बचाइदिन्छ । एकपटक अप्पु, सुमु, बाबुचा र अनुले सगरमाथा आराेहण गर्ने याेजना बनाउछन् तर बाबुचाले एक दिनभन्दा बढी समय दिन नभ्याउने कुरा गर्छ तर अप्पुले एकैदिन घुमेर आउन सकिने याेजना सुनाउँछ । त्ससपछि सबैजना जाने तयारी गर्छन् । त्याे थाहा पाएपछि ललितपुरबासी, प्रहरी, प्रशासन सबैले सम्मानसाथ बिदाई गर्छन् । त्यसपछि अप्पु हेलिकप्टर बन्छ र त्यसमा साथीहरूलाई राखेर सगरमाथा पुर्याउँछ । उनीहरू सगरमाथाकाे चुचुराेमा पुगेर नेपालकाे, अफ्रिकाकाे झन्डा गाड्छन् । सगरमाथामा पनि उसले चमत्कार गर्छ । उनीहरू चिडियाखाना फर्कन्छन् । त्यसपछि अप्पुले आफू घर जाने कुरा सुनाउँछ । याे कुरा सुनेर उसका साथीहरू दुखी हुन्छन्  तर अप्पुले आफ्ना साथीहरूकाे चित्त फर्कन्छ।

परिवेशः
यस उपन्यासमा  अनुकाे घरको कोठा, चिडियाखाना, बाटोघाटो, कोठा छेउको पोखरी, स्वयम्भू, सरस्वती मन्दिर, आनन्दकुटी, गीता मन्दिर, चक्रपथ,सुनधारा, माउन्टेन माेमाे हाउस, धरहरा, सगरमाथा, ललितपुर आदि स्थलगत परिवेशका रूपमा आएका छन् । यस उपन्यासमा मुख्य परिवेशकाे रूममा चिडियाखाना आएकाे छ । यसमा हुन नसक्ने खालका प्रसङ्गहरू पनि आएकाे कारणले गर्दा धेरैजसाे काल्पनिक परिवेशकाे प्रयाेग गरिएकाे छ ।

निष्कर्ष तथा सिफारिसः
अप्पु डट कम एउटा काल्पनिक उपन्यास हाे । यसमा अप्पुले धेरै रूप बदलेर जहाँ पनि पुग्ने जे पनि बन्न सक्ने हुँदा याे अत्यन्त रमाइलाे रहेकाे छ । अत्यन्त राेचक भएकाे कारणले पढ्न सुरु गरेपछि नसकिँदासम्म छाेड्न मन लाग्दैन । त्यसैले याे उपन्यास मैले मेरा साथी र भाइबहिनीलाई पढ्नका लागि सिफारिस गर्दछु ।
 


Read More
नेपाल
- Aadil Poudel - 29001, Grade V ... 01 February, 2022

नेपाल एउटा भूपरिवेष्ठित मुलुक हाे। यहाँका हिमालले मुस्कुराउन सिकाउँछन्। हरियाली पहाडले घाम,पानी,आँधी,हुरीमा अटल भइरहन सिकाउँछ भने तराइले सबै मिलिजुली रहन सिकाउँछ । नेपाल जलस्राेतमा विश्वमै दाेस्राे धनी मुलुक हाे । नेपाल प्राकृतिक रूपमा पनि धनी देश हाे । पर्यटकहरू नेपालका मनाेरम दृश्य हेर्न विश्वबाट नै आउने गर्छन् । नेपालमा एसियाका ज्याेति मानिने गाैतम बुद्धकाे जन्म भएकाले यसकाे महत्व धेरै छ ।  नेपाल सांस्कृतिक रूपमा पनि धनी मुलुक भएकाले यहाँ अनेकतामा रहेकाे एकता देखेर विश्व चकित हुन्छ । धेरै जातजातिकाे बसाेबास भए पनि सबै मिलिजुली बसेका छाैँ । 

विश्वमा नै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, काँडेभ्याकुर चरा नेपालमा अझै पाइन्छ । नेपालकाे हिमाल र पहाड जडिबुटीमा धनी ठाउँ हाे । यस देशमा विभिन्न राजाका पालामा प्रयाेग भएका दरबारहरू पनि छन् जुन नेपालकाे इतिहासलाई बुझ्नका लागि सहयाेगी बनेर रहेका छन्। नेपाललाई धार्मिक रूपमा पनि धनी मुलुक मानिन्छ । हिन्दू धर्मकाे बाहुल्यता भए पनि अन्य धेरै वटा धर्म मान्ने मानिसहरू एकअर्काकाे धर्मका चाडपर्वमा रमाएर बसेका हुन्छन् । विश्वकाे नक्सामा सानाे देखिए तापनि आफैँमा सिङ्गाे राष्ट्र नेपाल एउटा स्वतन्त्र देश हाे ।
 


Read More
मेराे मामाघर
- Kabya Satyal - 30042, Grade I ... 01 February, 2022

मेराे मामाघर धरानमा छ । त्यहाँ मेरा मामाहरू,हजुरबुबा,हजुरआमा हुनुहुन्छ । खेत,बारी, पाखापखेराले धरानलाई सुन्दर बनाएकाे छ । मामाघरमा पनि वरिपरि प्रशस्त खेतबारी छ । मामाहरूले त्यहाँ मकै,गहुँ,धान इत्यादिकाे खेती गर्नुहन्छ । भाेगटे, अम्बा, लिची,आँप जस्ता फलफुल त्यहाँ छन् । माैसमअनुसारका फलहरू मैले मामाघरमा जाँदा खान पाउँछु । म मामाहरूसँग घुम्न पनि जान्छु । गर्मी समयमा काठमाडाैँभन्दा अलि बढी नै गर्मी हुने हुनाले मलाई दिक्क लाग्छ । दशैँ र तिहारकाे बेलामा जाँदा मलाई धेरै रमाइलाे लाग्छ । धरान नेपालकै घुम्न लायक ठाउँ पनि हाे । यहाँ बुढासुब्बा मन्दिर पनि छ । यस मन्दिरमा मागेकाे कामना पूरा हुने विश्वास पनि गरिन्छ । मलाई मेराे विद्यालय बिदा हुनेबित्तिकै मामाघर जान मन लाग्छ । 
 


Read More
जिब्राकाे प्रयाेग
- Aagat Sharma - 29050, Grade V ... 31 January, 2022

आफ्नाे र अरूकाे भलाईका लागि जिब्राकाे प्रयाेग गर्नु पर्छ । हामीले अरूसँग रिस उठेका झर्केर बाेल्छाैँ । पछि हाम्राे रिस शान्त भएपछि हामीलाई पछुताे भए पनि मुखबाट निस्केकाे बाेली फिर्ता हुँदैन र जससँग झर्कियाैँ उनीहरूकाे चित्त दुखाएका हुन्छाैँ । जिब्राे हाम्राे शरीरकाे सबैभन्दा भयानक ठाउँमा रहेकाे हुन्छ । जसका वरिपरि तरबारका धारजस्तै भएका दाँत हुन्छन् । अलिकति पनि दायाँवायाँ हुनेबित्तिकै टाेकिन सक्छ । यसबाट हामीले हाम्राे वरिपरिकाे वातावरण जस्ताे भए पनि त्यसमा आफू सधै घुलमिल भइ आफुलाई सुखी बनाइ बस्नुपर्ने कुरा सिक्छाैँ । 
काग र काेइली एउटै गुँडमा हुर्किएका भए पनि मिठाे स्वरले बाेल्ने काेइली नै सबैकाे प्रिय भएजस्तै हामी मनि नम्र र मिठाे बाेलेर सबैकाे प्याराे बन्न सिक्नुपर्छ । अनि यसकाे प्रयाेग पनि आफ्नाे स्वार्थ नभई अरूकाे भलाईका लागि गर्नुपर्छ ।
 


Read More
मेराे साथी
- Aarambha Dhakal - 30046, Grad ... 31 January, 2022

साथीहरू धेरै हुन्छन् । काेही साथीहरू धेरै मिल्ने हुन्छन् भने काेही सामान्य नै हुन्छन् । मेराे मिल्ने साथीकाे नाम अभि थापा हाे । ऊ दस वर्षकाे भयाे ।  गाेठाटारमा बस्छ । उसलाई पहेँलाे र सुन्तला रङ मन पर्छ ।   उसले गाेलाे किसिमकाे चस्मा लगाउँछ । सफा लुगा चट्ट मिलाएर लगाउँछ । उसले र मैले सँगै किताब पढ्छाैँ । उसले मलाई नआएकाे कुरा सिकाइदिन्छ भने उसलाई नआउँदा पनि मैले सहयाेग गर्छु । हामी बिदाका समयमा पनि अनलाईन मार्फत भेटिएर कुराकानी गर्छाैँ । कहिलेकाहीँ उसले गृहकार्य नगरेर गाली खाँदा ऊ मात्र नभई म पनि दुःखी हुन्छु । म दुःखी रहँदा ऊ पनि दुःखी हुन्छ । ऊ सहयाेगी छ । मलाई उसका सबै बानी मन पर्छ । हामी सधैँभरि मिलेर बस्छाैँ ।
 


Read More
विद्याकाे महत्व
- Siddhartha Malla - 29045, Gra ... 28 January, 2022

विद्यार्थीकाे लागि विद्या गहना हाे  जसरी गहनाले व्यक्तिलाई राम्राे देखाउँछ त्यसैगरी हामी विद्यार्थीहरूलाई राम्राे बनाउन विद्याले सहयाेग गर्छ । विद्याबिना हामीहरूकाे जीवन अधुराे अपुराे हुन्छ । विद्याबिना हामी केही गर्न पनि सकिदैन । हामीले जेसुकै काम गर्न पनि विद्याले सहयाेग गर्छ । खेलकुद देखि लिएर व्यापार गर्न सम्म पनि विद्याकै आवश्यकता पर्छ ।हामीले कार्यालयमा काम गर्न पनि विद्याकै आवश्यकता पर्दछ । हामीले आफ्नाे कार्ययाेजना बनाउन पनि विद्या नै चाहिनछ ।
आजकाे २१औँ शताब्दीमा विद्याकाे महत्व कति छ भन्ने कुरा अहिलेकाे विकाशकाे अवस्थाले नै देखाउँछ । नयाँ नयाँ आविष्कार गर्न तथा नयाँ खाेज अनुसन्धान गर्न पनि विद्याकै आवश्यकता पर्दछ । कुनै काम नयाँ तरिकाले  गर्नु पर्दा विद्याले नै महत्वपूर्ण भूमिका खेलेकाे हुन्छ । आधुनिक खेल जुन माेबाइल वा ल्यापटपबाट खेल्न सकिन्छ त्याे पनि विद्याकै कारण सम्भव भएकाे हाे । मानिस असल बन्न पनि विद्या नभई हुँदैन । असल के हाे खराब के हाे भनी छुट्याउन पनि विद्यकाे आवश्कता पर्दछ । विद्या बिनाकाे मानिसलाई पशुसरह मानिन्छ । त्यसैले विद्याकाे महत्व निकै छ । 
 


Read More