Logo

Student Corner

Articles

स्वास्थ्य शरीर
- Prisha Acharya - 29040, Grade ... 07 February, 2022

स्वस्थ शरीरमा स्वस्थ दिमाग हुन्छ।’ यो आज पनि सत्य हो। राम्रो शरीर भएको व्यक्तिको दिमाग राम्रो हुन्छ। बिहान सबेरै उठ्नुपर्छ; ताजा हावा सास लिनको लागि हिड्न बाहिर जानुपर्छ, नियमित रूपमा हिड्नुपर्छ। ताजा र सन्तुलित आहार लिनुपर्छ । कसैलाई ईर्ष्या वा रिसाउनु हुँदैन। राम्रो सङ्गत पनि राख्नुपर्छ । एउटा पुरानो भनाइ पनि छ, ‘मानिस आफूले राखेको कम्पनीबाट चिनिन्छ’। राम्रो स्वास्थ्यले कसैको पैसा पनि बचाउँछ।राम्रो किताब पढ्नसकिन्छ । महापुरुषहरूका पुस्तकहरूले पनि पुण्य प्राप्त गर्न मद्दत गर्दछ। राम्रो स्वास्थ्य राख्न मद्दत गर्दछ। किताब पढ्दा नराम्रो संगतमा पर्न कुनै समय छोड्दैन। किताबबाट पनि ज्ञान प्राप्त हुन्छ। यी सबै चिजहरूले खुशी  दिन्छ जुन राम्रो स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। साँच्चै भनिएको छ, “चाँडो सुत्ने र चाँडै उठ्ने कुराले मानिसलाई स्वस्थ, धनी र बुद्धिमान बनाउँछ। व्यायामले मुटु रोग, स्ट्रोक, मधुमेह र पेटको क्यान्सरबाट बच्न मद्दत गर्छ।राम्रो स्वास्थ्य मानव जीवनको एक आवश्यक हो। राम्रो जीवन जिउने उत्तम तरिका भनेको राम्रो स्वास्थ्य र तन्दुरुस्ती कायम राख्नु हो। राम्रो स्वास्थ्य र तन्दुरुस्ती कायम गरेर मात्र जीवनलाई पूर्ण रूपमा बाँच्न सकिन्छ। राम्रो स्वास्थ्य र तन्दुरुस्तीले मानसिक र शारीरिक दुबैलाई बुझाउँछ। राम्रो जीवन जिउने उत्तम तरिका भनेको राम्रो स्वास्थ्य र तन्दुरुस्ती कायम राख्नु हो। राम्रो स्वास्थ्य र तन्दुरुस्ती कायम गरेर मात्र जीवनलाई पूर्ण रूपमा बाँच्न सकिन्छ। राम्रो स्वास्थ्य र तन्दुरुस्तीले मानसिक र शारीरिक दुबैलाई बुझाउँछ।राम्रो स्वास्थ्य र तन्दुरूस्तीकाे आधारभूत तरिका कसरत गर्नु हो। हामीले सधैं यो याद राख्नु पर्छ कि स्वस्थ दिमाग केवल स्वस्थ शरीर भएर मात्र प्राप्त गर्न सकिन्छ।


Read More
परीक्षाकाे डर
- Saadhvi Aryal - 29025, Grade ... 04 February, 2022

हामी सबैलाई परीक्षा भनेपछि एक प्रकारले भारी महसुस हुन्छ । कस्ता प्रश्न आउलान्,उत्तर कसरी लेख्ने हाेला ?आदि कुरा मनमा खेलिरहन्छ । एउटा परीक्षा दिएर घर आएपछि अङ्क कति आउला भन्ने चिन्ता एकातिर रहन्छ भने अर्कातिर भाेलि दिने विषयमा के लेख्ने हाेला ? भन्ने छुट्टै चिन्ता हुन्छ अनि भाेलिपल्टकाे तयारीमा जुट्न लाग्छाैँ । परीक्षा हामी सबै विद्यार्थीलाई यस्तै भएर सकिन्छ । मेराे विचारमा यदि हामी शिक्षकशिक्षिकाहरूले पढाउँदा राम्ररी ध्यान दिने हाे भने हामी त्यसरी चिन्तित हुन पर्दैन हाेला । जुनजुन विषयमा जेजे पढाइ हुन्छ, त्याे त्यही दिन राम्ररी पढियाे भने परीक्षाका लागि पढ्न बाँकी भएर थुप्रिँदैन अनि परीक्षाका दिनलाई पनि साधारण दिन जस्तै गरी बिताउन सक्छाैँ । एकैदिन वा परीक्षाका दिन मात्र पुस्तक पढ्नाले हामीलाई परीक्षाकाे डरले सताउने गर्दछ । हाम्राे देशमा अङ्क र ग्रेडलाई ठुलै महत्व दिने कारणले गर्दा पनि हाेला, हामी सबै विद्यार्थीहरूकाे चाहे  ठुला कक्षाका हुन् वा साना कक्षाका हुन् परीक्षाले साताे लिएकाे हुन्छ । व्यवहारिक ज्ञान व्यवहारिक तरिकाले परीक्षा लिएमा किताबी परीक्षाकाे डरबाट मुक्त भइने थियाे । 


Read More
फुटबल
- Soham Shah - 30034, Grade IV ... 04 February, 2022

मानिसलाई मनाेरञ्जनका लागि विभिन्न खेलहरू खेलिन्छ । कुनै खेल घरबाहिर खेलिन्छ भने कुनै खेल घरभित्र नै खेलिन्छ । कुनै शारीरिक कसरतका साथ खेलिन्छ भने कुनै ल्यापटप,माेबाइलमा पनि खेलिन्छ । 
मलाई सबैभन्दा बढी फुटबल खेल मन पर्छ । फुटबल समूहमा खेल्ने खेल हाे । दुइ वटा समुह बनाएर खेलिन्छ । खुट्टाले मात्र बललाई छुन पाइन्छ । दुइतिर गाेलपाेष्ट हुन्छन् । विपरित समूहकाे पाेष्टमा जसले बललाई छिराउँछ , उसकाे जित हुन्छ । ११ः११ जनाकाे समूह बनेर खेल्दा अर्काकाे पाेष्टमा बल छिराउने र आफ्नाे पाेष्टमा बल छिर्न नदिन निकै मेहनतका साथ खेल्नुपर्छ । फुटबल अन्तराष्ट्रिय रूपमा याे खेल खेलिने हुनाले मानिस याे खेललाई पेशाका रूपमा पनि अँगालेर खेल्ने गर्छन्  । फुटबल खेलाडीले नाम र दाम दुवै कमाउन सक्ने हुनाले सबैकाे लाेकप्रिय खेलका रूपमा परिचित छ ।
 


Read More
स्याउ
- Nitika Kapali - 30016, Grade ... 03 February, 2022

संसारमा धेरै प्रकारका फलफुलहरू छन् । जस्तैः स्याउ,सुन्तला,केरा, मेवा,जुनार, किवी आदि ।   स्याउ फलफुलकाे राजा हाे । मलाई फलफुलमा सबैभन्दा बढी स्याउ मन पर्छ । स्याउ विभिन्न रङका हुन्छन् । कुनै राता, कुनै सेता,कुनै हरिया रङका हुन्छन् । प्रायः चिसाे ठाउँमा पाइने स्याउ असाध्यै मिठाे हुन्छ । स्याउकाे रूख धेरै ठुलाे पनि हुँदैन,सानाे पनि हुँदैन ,ठिक्ककाे हुन्छ । दिनकाे एउटा स्याउ खाएमा बिमारी टाढा भाग्छ भन्ने भनाइ छ । स्याउ शरद ऋतुमा स्याउ खाने समय हुन्छ । भिटामिन सि र फाइबर प्रशस्त हुने स्याउ शरीरका लागि फाइदाजनक हुन्छ । स्याउबाट जुस अनि विभिन्न पेय पदार्थ बनाउन पनि सकिन्छ । स्याउ संसारभर खाइने फल हाे । बच्चा वा बुढालाई सबैलाई स्याउले फाइदा गर्छ। 
 


Read More
माघेसङ्क्रान्ति
- Livana Karmacharya - 30013, G ... 03 February, 2022

माघेसङ्क्रान्ति माघ महिनाको पहिलो दिनलाई भनिन्छ ।
यसलाई मक्कर सङ्क्रान्ति पनि भनिन्छ । यसलाई  देशभरिका मानिसहरुले आ-आफ्ना तरिकाले हर्ष र उल्लासका साथ मनाउने गर्दछन् । यो दिनमा विषेश गरी
घिउ,  चाकु , खिचडी,तरुल, सखरखण्ड, तिलको  लड्डु, खाने गरिन्छ। तराइमा बस्ने मानिसहरूले याे दिनलाई माघीका रूपमा मनाउँछन् ।  यो खानाहरुले हामीलाई न्यनो पार्छ।
मेरो घरमा पनि आमा र म मिलेर यस्तै खानेकुराहरु बनायाैँ । आमा र बाबाले मलाई राताे टिका लगाएर पैसा पनि दिनुभयाे । बनाएका तिलका लड्डु, भुजाकाे लड्डु र घिउ,चाकु,तरूल, सखरखण्ड र खिचडी सबै मिलेर खायाैँ । हामीहरूले माघे सङ्क्रान्ति राम्रोसँग माघे सङ्क्रान्ति मनायाैँ।
 


Read More