Logo

Student Corner

Articles

चरा
- Aaryan Regmi - 30037, Grade I ... 10 February, 2022

चरा यस धर्तीका सुन्दर प्राणी हाे। चराहरू कुनै साना,कुनै मझाैला र कुनै ठुला किसिमका हुन्छन् अनि फरकफरक रङका पनि हुन्छन् । संसारमा धेरै किसकमका चराहरू मध्ये अष्ट्रच सबैभन्दा ठुलाे चरा हाे । याे उड्न सक्दैन । हाम्राे देशकाे राष्ट्रिय चराकाे नाम डाँफे हाे । चराहरू प्रायः ससाना कीराफट्याङ्ग्रा खाएर बाँच्ने गर्छन् । चिल,गिद्ध जस्ता चराहरूले ससाना चराहरू अनि मरेर कुहिएका जनावरका मासु पनि खान्छन् । चराहरू पनि ठाउँअनुसार फरक फरक हुन्छन् । हिमाली भेगमा वा चिसाे ठाउँमा पाइने चरा र गर्मी ठाउँमा पाइने चराहरू फरक फरक हुन्छन् । कतिपय चराहरूकाे बासस्थान नमिलेका कारणले लाेप हुने अवस्थामा पुगेका छन् । 
कतिपय चराहरू मानिसहरू जस्तै बाेल्न सक्ने पनि हुन्छन् । सुगा,मैनालाई त्यसै कारणले मानिसहरूले पिँजडामा राखेर घरमा पनि पालेका हुन्छन् । खुला आकाशमा उड्ने पन्छीलाई सुनकै पिँजडामा राखे पनि त्याे खुसी हुन कदापी सक्दैन । 
लाेप हुन लागेका चराचुरूङ्गीकाे वासस्थानकाे संरक्षण गर्न सके तिनीहरू लाेप हुनबाट जाेगिएर याे सुन्दर संसारलाई अझ सुन्दर बनाउने थिए ।


Read More
Cyberbullying and Bullying
- Ananya Bhurtel - 29042, Grade ... 10 February, 2022

Cyberbullying is a topic that we do not talk about. People do not take this topic seriously because this is a topic we do not care about. Cyberbullying is a serious case around the world.  Do we know how many people are suffering from this? Not only cyberbullying, bullying, anti-bullying I can go on and on.  Why do people bully? People bully others just for fun, it might be for you but for the person being bullied it is not, it really is not fun for him/her. Bullying is repeated aggressive behavior that can be physical, verbal, or relational, in-person or online. Hitting and pushing are physical bullying. Teasing, insulting, taunting are verbal bullying. Spreading lies and rumors are also one type of bullying. I have been through it. I know the pain. If somebody bullies you, do not sit and cry in the corner but stand and speak up for yourself. Fight back and we should help those who are suffering from bullying instead of not sitting and watching. I feel so sorry for the people getting bullied every day. Our English teacher gave us a book called “The New Kid”. This book is about a boy who got bullied because he could not walk or talk properly. It is not fair that people say when somebody suffers because of their luck. Like we say  भाग्यमा लेखेको हो. No, it is not true. They are getting bullied because people are bullying them . Bullied has killed over one million people each year by suicide. It is not funny. People are sick and tired of getting bullied and think the best way to get out is by dying. Being bullied can leave you feeling helpless, humiliated, depressed, or even suicidal. But there are ways to protect yourself or your loved ones at school and online and deal with a bully.


Read More
विद्यालयकाे महत्त्व
- Manasbhi Niroula - 29015, Gra ... 09 February, 2022

विद्यालय भनेकाे बालबालिकालाईदिइने ज्ञानकाे राम्राे आधार हाे । यसले बालबालिकालाई ज्ञान पाउने अवसर दिन्छ । बालबालिकाले विद्यालयका माध्ययमबाट धेरै कुरा सिक्ने अवसर दिन्छ । विद्यालयकाे कारणले हामीहरूले धेरै बालबालिकासँग घुलमिल हुने अवसर पनि दिन्छ । विद्यालयका कारणले विद्यार्थीहररूले राम्रा बानीव्यवहार सिक्छन् र राम्राे जागिर पाउने अवसर पनि पाउँछन् ।विद्यालयले हामीलाईअरूकाे इज्जत र सम्मान गर्न सिकाउँछ ।यसका माध्यमले हामी असल नागरिक बन्न सक्छाैँ । हामी फरकफरक भाषा सिकाउने विद्यालयले जमिनदेखि आकाश अनि अन्तरिक्षकाे बारेमा समेत जानकारी दिन्छ । नयाँनयाँ किताब पढ्न सिकाउँछ । स्वस्थ जीवन, खानपानका बारेका विद्यालयले नै सिकाउँछ । श्रम गर्न र सीप सिक्न प्रेरणा दिने, समयकाे महत्व बुझेर आफ्नाे लक्ष्य प्राप्त गराउन विद्यालयले नै सिकाउने हुनाले यसकाे निकै महत्व रहेकाे छ ।
जीवन र जगत बुझ्न र बुझाउनका लागि सधैँ अग्रणी भूमिका खेल्ने विद्यालय र यससँग जाेडिएका हरेक पक्षकाे निकै ठुलाे महत्त्व रहेकाे छ । 


Read More
काेराेना भाइरस
- Sabhya Marasini Pradhan - 300 ... 09 February, 2022

कोरोना भाइरसको कहर आएपछि हाम्रो विद्यालयले समयभन्दा अगाडि नै परीक्षा लिएर छुट्टी दियो । कोरोना भाइरसको कारणले गर्दा सबैजना धेरै डराइरहेका थियौँ । खेल्नको लागि धेरै टाढा जानु त पर्दैन थियो, तर कसैसँग भेट हुन्छ भनेर आमाहरूले भित्रै मात्र खेल्न दिनुहुन्थ्यो । धेरै जसो समय हामी माक्स लगाएर बस्थ्यौँ । अनि केही सामान छोएपछि हामी स्यानिटाइजरको प्रयोग गर्ने गर्थ्यौँ । मामाघरमा मेरो धेरै समय घरभित्रै दादा र दिदीसँग खेलेर बित्ने गर्थ्यो । कहिलेकाहीँ हामी माक्स लगाएर साइकलमा घरको नजिकै नजिकै घुम्न पनि जाने गर्थ्यौँ ।  लकडाउनको एक महिना पछि हाम्रो अनलाईन कक्षा सुरू भयो ।  
सुरूसुरूमा त अलि अनौठो  लाग्थ्यो । कम्प्युटरको अगाडि बसेर पढ्नु असहज लाग्थ्याे,तर पछि बानी पर्दै गयो । आजकल त स्कुलमा गएर कहिले पढ्न पाउने होला जस्तै लाग्छ । हाम्रो कक्षा ३ को पढाइ पुरा वर्ष घरबाटै पढेर नै बित्यो । अब त कोरोना भाइरसको भ्याक्सिन  पनि आइसकेको छ । सायद अब कक्षा ४ बाट चाहिँ  स्कुल  गएर पढ्न पाइन्छ होला । घरमै बसेर पढ्दा स्कुलमा साथीहरूसँग खेलेको, कक्षामा बसेर पढेको धेरै याद आउने रहेछ।कक्षा ४ मा पुगेपछि त विद्यालय गएर नै पढ्न पाइएला भनेकाे काेराेनाका नयाँनयाँ प्रजाति आएर फेरि पनि त्रासमा नै बाँचिरहनु परेकाे छ । अब त देशका धेरैजसाे मानिसहरूले काेराेना बिरुद्धकाे खाेप लगाएका छन् अब केही सहज स्थिति हुन्छ भन्ने आशा छ । 


Read More
Zodiac Signs
- Shreevaani Dhungel - 29044, G ... 09 February, 2022

Zodiac signs are usually the sign according to your birth date. They reveal a person’s personality. We base a lot of our decisions on our respective zodiac signs.  However, it isn’t considered to be scientific enough in today’s world.
When I was little, I did not know what astrology was or what your zodiac sign was. When I was growing up, I finally figured out what it all meant and how it worked. From that point on I was instantly clicked. I loved reading my horoscope and whenever I did read it, nine out of ten times it would be right, and that’s why I loved reading my horoscope. It was just something I did every morning, and then I would go throughout my day. These signs are mostly used as sun signs, which many astrologers use to tell people’s horoscope. So I am a Taurus as my Zodiac sign tells me that,
My animal is a bull and my ruling plan is Venus. I have the fifth most dangerous Zodiac Sign in the world.
The types and their dates are listed below:
So we have 12 zodiac signs. I am going to show their names and dates so you can find out.
Aries (March 21 – April 19)
Taurus (April 20 – May 20)
Gemini (May 21 – June 20)
Cancer (June 21 – July 22)
Leo (July 23 – August 22)
Virgo (August 23 – September 22)
Libra (September 23 – October 22)
Scorpio (October 23 – November 21)
Sagittarius (November 22 – December 21)
Capricorn (December 22 – January 19)
Aquarius (January 20 – February 18)
Pisces (February 19 – March 20)
Did you find them out?
 


Read More
राजकुमारको सराप
- Aadhya Shri Poudel - 30001, G ... 08 February, 2022

एउटा अलखनन्दन नाम गरेको सहर सुन्दर थियो । त्यहाँ राजा र रानी खुसीसाथ बसिरहेका थिए । उनीहरूका सन्तान थिएनन् । तर एक दिन रानीले एउटा छोरालाई जन्म दिएपछि उनीहरूको खुसीको सिमा रहेन । दरबारमा राजकुमारको जन्म भएपछि आफ्ना प्रजाहरूलाई दरबारमा बोलाएर भोज खुवाउने निधो भयो । प्रजालाई भोजखुवाउन बोलाउने निम्ताको जिम्मा मन्त्रीलाई लगाए । भोजको दिनमा विभिन्न सहरबाट मानिसहरू,व्यापारीहरू,  काम गर्नेहरू,पण्डितहरू, जादु गर्नेहरू आएका थिए । भोजको दिनमा विशेष प्रकारको एउटा परिकार बनाइएको थियो । उक्त परिकार सबैलाई रानीले आफ्नो हातबाट खुवाइन् । तर रानीले एक जना महिलालाई दिन बिर्सिन् । उक्त महिला नराम्रो स्वभावकी थिइन् । उनलाई सबैले सरापे भनेर चिन्दथे । विशेष परिकार उनलाई नदिएको भनेर उक्त सरापेले राजकुमारलाई सराप दिइन् । ‘जहिले जहिले राजकुमारले हाछ्यु गर्छ, त्यस बेलामा दरबारमा भएका मध्ये एक जना मानिस हराउँछ र त्यो हराएको मानिस घडी, पर्दा, टिभी, पङ्खा, रुख जस्ता चिजमा परिवर्तन हुन्छ।’  भोजको दिनमा सरापे दरबारबाट बाहिर निस्केपछि राजकुमारले हाछ्यु गर्दा एक जना राम्रो जादुगर घडीमा परिवर्तन भयो । त्यो देखेर सबै दरबारमा आएकाहरू तर्सिन थाले । त्यसको समाधान खोज्नतिर पनि लागे । राजको दरबारमा एउटा इमान्दार नाेकर थियो । जसको नाम मोती थियो । उसले सबै कुरा पत्ता लगाएर त्यस सरापको समाधान खोज्यो ।
जब राजकुमारको विवाह हुन्छ जब उक्त सरापेले दिएको सरापबाट राजकुमार मुक्त हुन्छन् र सारा सहरमा खुसीयाली छाउँछ, सरापमा परेर विभिन्न वस्तुमा परिवर्तन भएकाहरू पनि आफ्नो स्वरुपमा आउँछन्। मोतीले यति भनिसकेपछि राजाले पुरोहितहरूसँग सल्लाह गरेर एउटा विधि पुराएर अर्को राज्यकी राजकुमारीसँग विवाहको मिति तय गरेर राजकुमारको विवाह गरिदिन्छन् र सारा सहर ससाप मुक्त हुन्छ ।


Read More
श्रीपञ्चमी
- Sambhavya Pandey - 30027, Gra ... 07 February, 2022

श्रीपञ्चमी  यो वर्ष यहीँ आउदो माघ २३ गते आइतबार परेको छ । प्रायः जसो श्रीपञ्चमी माघ महिनामा पर्छ ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा मनाइन्छ । यो दिन लाई वसन्त पञ्चमी पनि भनिन्छ ।
यो दिन लाई हामी सरस्वती पूजा पनि भन्छौ । यश दिन हामी विद्यार्थीहरुले  सरस्वती माता लाई पूजा गर्छौँ । सरस्वती माताले हामीलाई विद्या, ज्ञान , बुद्धि ,सङ्गीत र सिर्जना  प्रदान गर्नुहुन्छ । सरस्वती मातालाई सेतो फुल मन पर्छ । माताले एक हातमा विणा र अर्को हातमा पुस्तक लिनुभएको हुन्छ । यो दिन विद्यालय नपठाइएका  साना साना बालबालिकाहरूलाई  स्कुल पठाएर अक्षरारम्भ गराउने चलन छ । यसै दिन साना बच्चाहरुको  कान र नाक पनि छेडिन्छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । यो दिन सरस्वती मातालाई  विद्यार्थीले मात्र होईन कलाकार , साहित्यकार  पत्रकार  शिक्षक ले पनि  आआफ्नो  कला साधनलाई  पूजा  गर्छन् कलम ,किताब कापी  आदिको पूजा गर्नु पर्छ।           


Read More