Logo

Student Corner

Articles

नक्सा
- Ananya Bhurtel - 29042, Grade ... 24 January, 2022

नक्सा भनेको पृथ्वीको समतल चित्र हो। यो कागज वा कपडामा बनाइन्छ। हामी नक्सामा एकै समयमा सम्पूर्ण संसार देख्न सक्छौँ। हामीले पानी र जमिनको जनसङ्ख्याले ढाकिएको संसारका क्षेत्रहरू जान्न सक्छाैँ। हामी नक्सामा देशहरू, राजधानीहरू, नदीहरू, तालहरू र हिमालहरू देख्न सक्छाैँ। यसबाहेक, हामी प्रसिद्ध ठाउँहरू, राजमार्गहरू, रेलवे, कृषि जग्गा आदि देख्न सक्छाैँ। नक्सा दुई प्रकारका हुन्छन् । ति हुन्ः भौतिक नक्सा र राजनीतिक नक्सा। भौतिक नक्साले पहाड, पहाड, नदी, ताल, कुनै ठाउँको उचाइ आदि भौतिक वस्तुहरू देखाउँछ भने राजनीतिक नक्साले देशको सिमाना, राजधानी, सहर र राजमार्गहरू देखाउँछ। ग्लोब पृथ्वीको सानो नमूना हो। यसले पृथ्वीको आकार देखाउँछ। हामी बसेको पृथ्वी पनि गोलो छ। वास्तविक पृथ्वी जस्तैः जमिन र पानी  संसारमा देखाइएको छ। हामी यो पनि देख्न सक्छाैँ कि कसरी दिन र रात पृथ्वीमा हुन्छ। विश्व र नक्सामा विभिन्न रङहरू प्रयोग गरिन्छ। पानीका लागि नीलो, समतल जमिनका लागि हरियो र पहाडका लागि पहेँलो र उच्च पहाडका लागि खैरो रङ हो । संसारमा सात महादेश र पाँच महासागर छन्। एशिया सबैभन्दा ठुलाे र अष्ट्रेलिया सबैभन्दा सानो महादेश हो। हामी एसिया महादेशमा बस्छौं।
 


Read More
मेराे घर
- Nitika Kapali - 30016, Grade ... 24 January, 2022

घर मानिसका लागि अति आवश्यक हुन्छ । हाम्रा पुर्खाहरूले घरका रूपमा जङ्गलमा ओडार, ठुलाठुला रूखका फेदलाई प्रयाेग गरे । अहिलेकाे युगसम्म आइपुग्दा विभिन्न प्रकारका घरहरू बनाएर बसिन्छ । जसमा माटाे र ढुङ्गाका,माटाे र इटाका, वा सिमेन्ट,छट र इटाका आदि हुन्छन् । गाउँघरतिर माटाे ढुङ्गाका पाइए पनि सहरका प्रायः घर सिमेन्ट,छट र इटाकाे प्रयाेगबाट बनाइन्छन् ।  
मेराे घर पनि सहरमा छ । याे काठमाडाैँकाे जयबागेश्वरीमा  छ । मेराे घर चार तले छ । यसमा ११ वटा काेठाहरू छन् । यसमा पहेँलाे रङ लगाइएकाे छ तर काेठाभित्र चाहिँ नीलाे रङ छ। तलका फ्ल्याट भाडामा बस्ने हुनुहुन्छ । उहाँहरूले पसल गरेर बस्नुभएकाे छ । माथिल्ला तलामा हामीले नै प्रयाेग गरेका छाैँ । मलाई मेराे घर र यस वरिपरिकाे वातावरण निकै मन पर्छ ।
 


Read More
मेरा बाबा
- Salvia Kapali - 30026, Grade ... 21 January, 2022

बाबा सबैका महान् हुन्छन् । मेराे बाबा मेरा लागि संसारकाे सबैभन्दा प्यारा हुनुहुन्छ । मलाई बाबाले धेरै माया गर्नुहुन्छ र म पनि बाबालाई सबैलाई भन्दा बढी माया गर्छु । बाबाले मलाई जे भन्याे त्यही किनिदिनुहुन्छ ,घुमाउन लैजानुहुन्छ । मलाई पढ्न नआएमा माया गरेर सिकाउनुहुन्छ । मलाई सधैँ ज्ञानी बन्नुपर्छ है भनेर सम्झाउनुहुन्छ । मलाई बाबाले नै खाेजेर राम्राे विद्यालयमा भर्ना गरिदिनुभयाे । मेराे भविष्यकाे लागि सधैँ चिन्ता गर्नुहुन्छ । म बिरामी परेँ भने धेरै पीर मान्नुहुन्छ । औषधी गर्न लैजानुहुन्छ । मेरा बाबाकाे शनिबार बिदा हुन्छ । त्यस दिन हामी कहिले घरमा त कहिलेकाहीँ बाहिर गएर खुब मस्ती गर्छाैँ । बाबाले सधैँ मसँग नै खाना खानुहुन्छ । बाबासँगै बसेर खाना खाँदा मलाई धेरै खुसी लाग्छ । कहिलेकाहीँ बाबा खाने बेलामा घरमा हुनुभएन भने मलाई खाना नै खान मन लाग्दैन । 
अहिले मलाई बाबाले धेरै ख्याल गरेर हुर्काउनुभएकाे छ । म पछि बाबाकाे बुढेसकालमा सहारा बन्नेछु र बाबालाई सधैँ खुसी राख्ने काेसिस गर्नेछु ।


Read More